आजको मौसम : चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायको प्रभावले देशभर साधारणतयादेखि पूर्णतया बदली रही बागमती,गण्डकी,लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक– दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  साथै कोशी, बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागमा अनुसार राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

विभागले जनाए अनुसार हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ।गण्डकी,लुम्बिनी,कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा,बागमती र मधेश,प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।