ब्यानर-१

एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइन : महामन्त्री शर्मा

एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइन : महामन्त्री शर्मा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२६ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् । आज काठमाडौँमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे । कांग्रेस र एमालेबिच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाई थियो । महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महसुस होला भनेर कांग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महशुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए ।...
पाँच प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी

पाँच प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको छ । पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले आयोजना गरेको बन्द कार्यशाला तीन दिन अघि सुरु भएको हो । रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरूका लागि काठमाडौँमा दुई दिने कार्यशाला आयोजना गरेको थियो । सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी उक्त कार्यशालामा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। ‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन भने उनीहरूलाई केन्द्रीय प्रतिनिधिले ...
भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिदा सेवाग्राही समस्यामा

भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिदा सेवाग्राही समस्यामा

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२६ साउन, बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा ‘सिटिस्क्यान मेसिन’ सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् । बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताए । “यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्यो”,उनले भने,“भोलिपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनु पर्यो ।” अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि सिफारिस भएका बिरामी आउने गर्दछन् । सिटिस्क्यान मेसिन बिग्रिएको करिव एक महिना भइसकेको छ । अस्पतालका प्रमुख डा प्रकाश थापाले सिटिस्क्यान मेसिन नियमित रुपमा सञ्चालनमा ल्याउन प्रयासरत रहेको जानकारी दिए । उनले शुक्रवार भेरी अस्पताल नेपालगञ्जमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन प...
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, वातावरण, समाचार
२६ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।...
आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२६,साउन, काठमाडौं  । मनसुनी वायुको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र मधेस प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्...
सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगु संक्रमण पुष्टि

सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगु संक्रमण पुष्टि

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
२५ साउन, सोलुखुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन् । उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन। तर, पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछि उहाँ चिन्तित हुन्छन् । उनले भने, ‘म गाउँ छोडेर अन्यत्र गएको छैन । पछिल्ला वर्षमा लामखुट्टे देखिन थालेको छ ।’ विशेष गरी गर्मीका समयमा भित्रि मधेश, पहाडी क्षेत्रमा देखिने लामखुट्टे अहिले उच्च हिमाली भेगमा पनि विस्तारै फैलिदै गएको छ । सल्लेरी सहितका क्षेत्रमा अहिले लामखुट्टेको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । सुरु सुरुमा यातायातका साधन मार्फत भित्रिएका लामखुट्टे यहीको वातावरणसँग घुलमिल हुँदा र हिमाली क्षेत्रमा तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी ठाउँमा मात्रै बाँच्न सक्ने लामखुट्टे हिमाली भेगमा देखिन थालेको सल्लेरीका ...
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि

श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२५ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन् । “विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए”, उनले भनिन् । सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्ला फर्काइनु एयरलाइन्सको लापरवाही भएको बताइन् ।...
आज नागपञ्चमी,नाग पूजा गरिँदै

आज नागपञ्चमी,नाग पूजा गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२५ साउन,काठमाडौं ।प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि,मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ।नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ ।वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् ।घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ।उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा ना...
कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं ।आज बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसी सर्वसम्मत पास गरेको छ । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन समितिले प्रस्ताव पेस गरेको थियो । प्रस्तावमाथि छलफलपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् । साथै उनले प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिइन् ।...
पर्यटनमन्त्रीद्वारा हेलिकोप्टर दुर्घटनास्थल निरीक्षण

पर्यटनमन्त्रीद्वारा हेलिकोप्टर दुर्घटनास्थल निरीक्षण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना स्थलको निरीक्षण गरेका छन् । बिहीबार बिहान मन्त्री पाण्डेसँगै मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतले नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्य चौर पुगेर हेलिकोप्टर दुर्घटना स्थलको निरीक्षण गरेका हुन् । मन्त्री पाण्डे बुधबारै दुर्घटना स्थलमा जाने तयारीमा थिए । तर, हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय भएकाले सम्भव नभएको उनको सचिवालयले जनाएको छ । बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली पाइलट र चार चिनियाँ नागरिक गरी पाँच जनाको मृत्यु भएको थियो ।...