ब्यानर-१

बद्रीनारायण धामलाई सहयोग गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

बद्रीनारायण धामलाई सहयोग गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३, वैशाख काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बद्रीनारायण धामको मंगलबार अवलोकन गरेपछि उनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । “बद्रीनारायण धामको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि पनि सहयोग गरेको थियो, यसलाई निरन्तरता दिन ध्यान दिने छु,” उपप्रधानमन्त्री सिंहले भने। समाजका हरेक व्यक्तिले बद्रीनारायण धामको विकास र विस्तारमा लाग्नुपर्ने उनको भनाइ थियो । धाम निर्माणको कामलाई पूर्णता दिन सबै आ(आफ्नो क्षेत्रबाट लाग्नसमेत उनले आग्रह गरे। समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ थियो ।...
चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल

चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२३, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् । मंगलबार काठमाडौँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको बताएका हुन् । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको उनको भनाई थियो । त्यसको परिणाम चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय भएको जिकिर गरे । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको कुरा मैले पटक पटक भन्ने गरेको छु । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणा...
जमिन भासिएर गाडी बेपत्ता भएको स्थानमा भूगर्भ विभागले थाल्यो अध्ययन

जमिन भासिएर गाडी बेपत्ता भएको स्थानमा भूगर्भ विभागले थाल्यो अध्ययन

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२३, वैशाख काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सिमानामा पर्ने गैरी गाउँमा जमिन भासिएर गाडी नै बेपत्ता भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ । मंगलबार बिहान हेटौडा पुगेको भूगर्भविद् नारायण अधिकारी र कृष्ण पाण्डेसहितको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन सुरु गरेको हो । विभागका भूगर्भविद् नारायण अधिकारीले टोलीले घटनास्थलको भौगोलिक अवस्था, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र र घटनाको कारणबारे बारेमा अध्ययन गर्ने जानकारी दिए । टोलीले घटनास्थलको सतह मुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी गरेको छ । गत शुक्रबार हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमाना नजिकै गैरीगाउँको भित्री सडकमा रोकिराखेको अवस्थामा माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी जमिन भासिएर एक्कासी बेपत्ता भएको थियो ।...
पानीजहाज विधेयकको मस्यौदा प्रतिवेदन तयार

पानीजहाज विधेयकको मस्यौदा प्रतिवेदन तयार

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३, वैशाख काठमाडौं । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकको मस्यौदा प्रतिवेदन तयार भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधेयकको मस्यौदा प्रतिवेदन तयार पारेको हो । जसमाथि आज समितिले छलफल समेत गर्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।
अझै तीन दिन मौसमी प्रणाली सक्रिय हुने

अझै तीन दिन मौसमी प्रणाली सक्रिय हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२३, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी, गण्डकी र सुदूरपश्च...
सूचनालाई मौलिक हकमा व्यवस्था गर्ने दक्षिण एशियाकै पहिलो देश नेपाल : राष्ट्रपति

सूचनालाई मौलिक हकमा व्यवस्था गर्ने दक्षिण एशियाकै पहिलो देश नेपाल : राष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हकलाई संविधानमै मौलिक हकको रूपमा व्यवस्था गर्ने दक्षिण एशियाकै पहिलो देश नेपाल भएको बताउनुभयो । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको काम कारबाही नागकिप्रति जवाफदेही हुनै पर्ने बताए । लोकतन्त्रको लाभ नागरिसम्म पुर्‍याउन उनीहरूको सशक्तीकरण आवश्यक रहेको भन्दै सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित नभएसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नरहेको जिकिर गरे। पारदर्शिता र जवाफदेहिता, सहभागितामुलक लोकतन्त्रको आधारभुत आवश्यकता भएको उल्लेख गरे। ‘‘हाम्रो संविधानको धारा २७ ले सूचनाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको हो । सूचनाको हकलाई संविधान...
उपत्यका विकास प्राधिकरणमा बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको धर्ना

उपत्यका विकास प्राधिकरणमा बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको धर्ना

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, वैशाख काठमाडौं । कपन डुबान समस्या समाधानको माग गर्दै बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएका छन् । नगर प्रमुख मिठाराम अधिकारी नेतृत्वको टोलीले कपन डुबान हुनुमा प्राधिकरण जिम्मेवार रहेको भन्दै धर्ना दिएको हो । नगरपालिकाका प्रवक्ता तथा १० नम्बर वडाध्यक्ष नवराज भट्टराईले उपत्यका विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानीलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएकाले धर्ना दिइएको बताए । ‘विरोध कार्यक्रममा विशेष गरी कपन क्षेत्रको डुबान समस्या समाधानमा प्राधिकरणको चरम लापरबाहीप्रति आक्रोश व्यक्त गरेका हौं,’ भट्टराईले भने । नगरपालिकाका अनुसार कपन क्षेत्रमा डुबान समस्या हल गर्न झण्डै तीन वर्षअघि ठेक्का दिइएको आयोजनाले दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य...
प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् । संघीय संसद्‍मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । यसअन्तर्गत राष्ट्रिय सभामा पनि आजदेखि नै छलफल सुरु हुँदैछ । यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आज देखि छलफल हुन लागेको हो । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनेछ । राष्ट्रिय सभामा आज र भ...
आजको मौसम : यी प्रदेशमा चट्यांगसहित मध्यम वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्यांगसहित मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२२, वैशाख काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक...
संवैधानिक परिषद्सम्बन्धी विधेयक स्वीकृत

संवैधानिक परिषद्सम्बन्धी विधेयक स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१, वैशाख काठमाडौं । राष्ट्रिय सभाको आज (आइतबार) को बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत भएको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे। यसअघि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सञ्चार मन्त्री गुरुङले परिषद्को बैठक तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको उपस्थितिमा कोरम पुगेको मानेर निर्णय गर्ने प्रावधान विधेयकमा राखिएको छ। उनका अनुसार तत्काल बहाल रहेका सबै परिषद् सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था कायमै रहेको छ। यसमा सबै सदस्य उपस्थिति नभएमा वा उपदफा ६ बमोजिम...