ब्यानर-१

शिक्षकका मागलाई  शीघ्र सम्बोधन गर्नुपर्छ : अध्यक्ष दाहाल

शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छ : अध्यक्ष दाहाल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२, चैत काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको भेटमा उनले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताएका हुन् । ‘अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन् । उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,’ विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भने, ‘मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ ।’ शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको ...
आजको मौसम : मुख्यतया सफा

आजको मौसम : मुख्यतया सफा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पह...
चैतभित्रै वडा अधिवेशन सक्न एमालेको निर्देशन

चैतभित्रै वडा अधिवेशन सक्न एमालेको निर्देशन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१, चैत काठमाडौं । नेकपा एमालेले चैतभित्रै सबै वडाको अधिवेशन सक्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । केन्द्रीय संगठन विभागका इन्चार्ज काशीनाथ अधिकारीले आन्तरिक सूचना जारी गर्दै चैतभित्र वडाहरूको अधिवेशन सक्न निर्देशन दिएका हुन् ।‘तीन महिने जरा अभियान वैशाखमा सकिँदैछ । तर वडा अधिवेशन चैतभित्रै सक्न सूचना पठाइएको छ । वडा अधिवेशन सँगसँगै गर्नु पर्ने अरू काम पनि अगाडि बढाउन भनिएको छ । वडा स्तरमा केन्द्रित हुनेगरी एमालेले गत माघदेखि तीन महिने अभियान चलाइरहेको छ । उक्त अभियानका क्रममा चैतभित्र गरिसक्नुपर्ने कामलाई अधिकारीले १० बुँदामा सूचीकृत गरेका छन् । जसमा सदस्यता नवीकरण, संगठनात्मक शुद्धीकरण, जनताका समस्या पहिचान र समाधान, प्रभावकारी प्रचार, कार्यालय व्यवस्थापन लगायत छन् ।...
साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१, र्चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन् । “लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम,मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको संघर्षको कथा भन्छ,” स्रष्टा क्षेत्री र उनको सृज...
आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहे...
वसन्तपुरमा होलीको रौनक

वसन्तपुरमा होलीको रौनक

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२९, फागुन काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली) पर्व रङ्ग खेलेर मनाइएको छ। काठमाडौं उपत्यकाको वसन्तपुरमा फागु पूर्णिमाको ठुलो उत्सव छ। यहाँ स्वदेशी मात्र होइन विदेशी पनि उत्तिकै रमाइरहेका छन्। सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठुलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएको छ। वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्।...
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२९, फागुन काठमाडौं । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्‍यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । “एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उनले भने, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।”त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ चार फन्को मारेपछि भर्खरै काठमाडौँमा अवतरण भएको फ्लाइट राडर्डले जनाएको छ । सँगै बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केहीबेरदेखि...
होलीमा काठमाडौँका ९० स्थानमा चेकजाँच

होलीमा काठमाडौँका ९० स्थानमा चेकजाँच

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२९, फागुन काठमाडौं । होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौँ उपत्यकामा आज (बिहीबार) बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरू उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ ।साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ ।...
आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२९, फागुन काठमाडों । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जनरचट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । “बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एकरदुई स्थानमा वर्षाको सम्भावना रहेको छ”, मौसमविद् झाले भने, “प्रि(मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जनरचट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।”बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्र...
बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश र स्थानीय तहलाई दिन सकिँदैन : अर्थमन्त्री

बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश र स्थानीय तहलाई दिन सकिँदैन : अर्थमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८, फागुन काठमाडों । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई दिन नसकिने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचनाको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताए। उनले सङ्घीय सरकार र संसदले विकास निर्माणका लागि नीति निर्माण गर्ने र बजटको सम्पूर्ण अधिकार तल्लो तहलाई दिँदा देश नबन्ने जिकिर गरे । उनले भने, ‘‘बजेट चाँही पालिका र वडामा बाडौं । प्रदेश र स्थानीय तहलाई दिऔँ, विकास निर्माणका कामका नीतिहरू हामीले बनाऔँ भन्ने जुन कुरा छ । सभामुख महोदय झट्ट सुन्दा आकर्षक लाग्ला तर यसरी देश बन्दैन । हामीले संविधानमा तीन तहको सरकारको प्रबन्ध गरेका छौं ।,’’ अर्थमन्त्री पौडेलले भने ‘‘तीन तहमा न...