वातावरण

दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
६, असोज काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर यही साताबाट सार्वजनिक यातायातकोअग्रिम टिकट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको र व्यवसायीसहितको बैठकले चाडपर्वमा यात्रुको सुविधाको लागि ७ बुँदे सहमति गरेको छ । मन्त्रालय र व्यवसायीबीच भएको सहमतिअनुसार घटस्थापना अगाडि नै सबै सडक मर्मत गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिइएको छ । बीपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र चलाउन एवम् रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गृह मन्त्रालयमा अनुरोध गरिएको छ ।...

अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
६, असोज काठमाडौं । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ । बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ । बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए । ...
मुगु चिनाउने तस्बिर र भिडियो प्रदर्शनी

मुगु चिनाउने तस्बिर र भिडियो प्रदर्शनी

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
६, असोजव काठमाडौं । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त यस पटक मुगु जिल्लाको प्रदर्शनी सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौँमा तस्बिर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रदर्शनी सुरु गरिएको हो । शनिवार प्रदर्शनीको अवलोकन गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले यो तस्बिर, भिडियो प्रदर्शनीले कर्णाली प्रदेशको प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए । उनले कर्णाली पर्यटकीय हिसाबले मात्र नभएर प्राकृतिक रूपले पनि अथाह सम्भावना बोकेको प्रदेश भएको बताए । प्रदर्शनीमा जिल्लामा अवस्थित धार्मिक, पुरातात्त्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी ३० वटा तस्बिरका साथै कर्णाली झल्कने भिडियो प्रदर्शनी र उत्पादि...
सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६, असोज काठमाडौं । सुनको मूल्यले  आज पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु। एक हजार सात सयले वृद्धि भएको छ । शुक्रवार प्रतितोला रु। एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु। एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ ।असोज १ गतेको तुलनामा आजको मूल्य सूची अनुसार छापावाला सुन तोलामा रु। दुई हजार एक सयले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु. पाँचले वृद्धि भएको छ । शुक्रवार प्रतितोला रु। एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु। एक हजार नौ सय २० निर्धारण भएको छ ।...
अपांगता भएकाहरूलाई घरमै नागरिकता

अपांगता भएकाहरूलाई घरमै नागरिकता

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६,असोज तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपांगता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपांगता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिए। उनले वैशाखयता मात्र जिल्लाका १४ जना अपांगता भएका व्यक्तिहरूलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरिसकेको बताए। “नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा व्यक्ति स्वयं उपस्थित हुनुपर्छ तर कार्यालयसम्म आउन नसक्ने अपांगता भएकाहरूलाई भने जनप्रतिनिधिमार्फत अपांगता पहिचान गरी वडाले नै सबै कागजात बनाइसकेपछि घरमै नागरिकता प्रदान गर्ने गरिएको छ”, प्रमुख जिल्ला अधिकारी अर्यालले भने। अपांगता भएको छोरालाई नागरिकता बनाउन सदरमुकाम लिन नसक्दा उमेर पुगेको आठ वर्षपछि टोलीले घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको मे...
पर्यटन प्रवर्द्धनका लागि  बृहत् ताल निर्माण सुरु

पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण सुरु

ताजा अपडेट, वातावरण, समाचार
६, असोज तनहुँ । तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरी ताल निर्माणको काम प्रारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको उनले बताए। “आँधीमूललाई धार्मिक गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित यहाँ ताल निर्माण सुरु गरिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म तालले आकार लिने र दोस्रो चरणमा बाँकी पूर्वाधार निर्माणको काम अगाडि बढाउने छौँ”, अध्यक्ष चुमानले भने । उनले यहाँ पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार निर्माण र विद्युत् उत्पादनका निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको सुनाए । आँधीमूल...
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

ताजा अपडेट, वातावरण, समाचार
६, असोज काठमाडौं । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) विश्व वातावरण कानुन आयोगले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ का केही व्यवस्था हटाउन माग गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै संशोधनमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा थप गरिएको दफा ५ क र ६ (१ क) को व्यवस्था हटाउनुपर्ने माग गरेको हो । संशोधित व्यवस्थाबाट नेपालले संरक्षण क्षेत्रमा पुर्‍याएको योगदानलाई कुण्ठित गर्दै विश्वभरि नकारात्मक सन्देश जाने भन्दै सो व्यवस्था हटाउन माग गरिएको विज्ञप्तिमा उल्लेख छ । आयोगका अध्यक्ष एवं पूर्वन्यायाधीश डा। रवि शर्मा अर्यालले राष्ट्रिय निकुञ्ज वा आरक्ष क्षेत्र आफैँमा संवेदनशील रहेको र अन्तर्राष्ट्रिय मूल्य, मान्यता र परिभाषा विपरीत ती क्षेत्रभित्र पनि अर्को अति संवेदनशील क्षेत्र तोकी सङ्कुचन गर्न खोजिएकाले उक्त व्यवस्था हटाउनुपर्...
महिला सहभागिताको माग गर्दै प्रदर्शन

महिला सहभागिताको माग गर्दै प्रदर्शन

ताजा अपडेट, वातावरण, समाचार
५, असोज दैलेख, । राज्यका महत्त्वपूर्ण निकायको प्रमुख पदमा महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरिएको छ । अन्तरपुस्ता महिलाबादी मञ्चको आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशील तथा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिले राज्यका महत्त्वपूर्ण निकायमा महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै दैलेखमा प्रदर्शन गरेका हुन् । नेपालको संविधान २०७२ ले राज्यका सबै संरचनामा महिलाको समानुपातिक समावेशी नेतृत्व हुनु पर्नेमा जोड दिएको भए पनि राजनीतिक दलले संविधानलाई बेवास्ता गर्दै राज्यका महत्त्वपूर्ण निकायमा महिलालाई पठाउन कन्जुस्याइँ गर्ने गरेका कारण देशभर प्रदर्शन गरिएको महिला अधिकारकर्मीले बताएका छन् । महिला अधिकारकर्मी सुनिता चन्दले संविधानमा व्यवस्था गरिएको अधिकारलाई राजनीतिक पार्टीले मिच्ने गरेको आरोप लगाउनुभयो । उनले संविधानमा व्यवस्था गरियो त्यसमा प्रमुख वा उपप्रमुख पदमा एक महिला ...
मुक्तिनाथमा सोह्र श्राद्धको बेला दर्शनार्थीको घुइँचो

मुक्तिनाथमा सोह्र श्राद्धको बेला दर्शनार्थीको घुइँचो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
५, असोज गण्डकी । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष ९सोह्र श्राद्ध०का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् । यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा बृद्धि भएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । ‘सोह्र श्राद्ध सुरु भए यता देशका विभिन्न स्थानबाट आउने दर्शनार्थीहरू बढ्दै गएका छन्’, उनले भने, ‘पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थी आउने गर्दछन् ।’ मुस्ताङ आएका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहीआएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताए । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उहाँले बताउँदै उनले य...
घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
५, असोज काठमाडौं । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधि सहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए । बैठकले बीपी राजमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने...