वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
३, वैशाख काठमाडौं । समाचार संकलनका क्रममा वीरगञ्जमा पत्रकारहरूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।
वैशाख २ गते मंगलबार साँझ प्रदर्शनको समाचार संकलनमा जुटिरहेको अवस्थामा महासंघ एसोसिएट प्रदेश समितिका सदस्यसमेत रहेका चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी, एभिन्यूज टेलिभिजनका अर्जुन गुप्ता र मध्य नेपाल सन्देशका अनिल ओझामाथि ढुंगा र लाठी प्रहार भएको महासंघको भनाई छ ।
वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीको आक्रमणमा परी तीन जना पत्रकार घाइते भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । पत्रकारमाथि भएको यस किसिमको आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदमको रुपमा लिएको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जुनसुकै पक्षबाट भए पनि यो कदमले पत्रकारको संवैधानिक सुनिश्चितता र नागरिकको सुसूचित हुने अधिकारमा आघात पुगे...









