कला

विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै सनिशा

कला, जीवनशैली, मनोरन्जन, समाचार
काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल तथा एक्ट्रेस सनिशा भट्टराईले विराज भट्टको फिल्म ‘१२ गाउँ’बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छिन् । निर्देशक तथा निर्माता भट्टले सनिशालाई फिल्मको प्रमुख भूमिकामा अनुबन्धित गरिएको बताएका छन् । सनिशासँगको तस्वीर सेयर गर्दै उनले लेखेका छन्,‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै ।उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना।’ गायक हिमाल सागरको चर्चित गीत ‘ए होर माया’,अनु चौधरीले गाएको फिमेल भर्सन ‘तिमीलाई हेर्ने बानी प¥यो’लगायतका दर्जनौं गीतमामा सनिशाले अभिनय गरेकी छन्।    ...

‘बोक्सीको घर’को कमाई कति भयो ?

अर्थतन्त्र, कला, ताजा अपडेट, समाचार
काठमाडौं । अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले दर्शकको राम्रो साथ पाएको निर्माताको दाबी छ । अहिले पनि उच्च अकुपेन्सीका साथ यो फिल्म चौथो दिनमा प्रदर्शनरत छ। यस फिल्मले तीन दिनमा ३ करोडको व्यापार गरेको वितरक कम्पनी टी(फोल्कस्को दाबी छ । वितरकका अनुसार फिल्मले शुक्रबार र शनिबार दुई करोड ३० लाख ‘ग्रस कलेक्सन’ गरेको छ ।त्यस्तै, आइतबार कम्तीमा ६५ करोडको व्यापारको गरेको ट–फोल्कका प्रबन्धक प्रचण्डमान श्रेष्ठले बताएका छन् । सुलक्षण भारतीको लेखन र निर्देशन रहेको यस फिल्ममा केकी मुख्य भूमिकामा छन् ।फिल्ममा बालकलाकार सुपला सापकोटाको अभिनयले पनि निकै चर्चा पाएको उनिहरुको भनाई छ ।...

रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्बको लागतमा लक्जरी रिसोर्ट बनाउने

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
काठमाडौं ।नेपालको सुन्दर र मनोरम प्राकृतिक दृश्य भएको पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खर्चेर लक्जरी रिसोर्ट बनाउने भएको छ । काठमाडौंमा जारी लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच सो सम्बन्धमा सम्झौता भएको हो।उक्त रिसोर्ट कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हुने दाबी गरिएको छ। रिसोर्ट ८० रोपनी क्षेत्रफलमा फैलिने उल्लेख गरिएको छ।सम्झौता भएको तीन महिनाभित्र निर्माण कार्य थाल्ने तयारी भएको लगानीकर्ताहरूको भनाई छ। समुद्री सतहदेखि तीन हजार ७०० मिटर उचाइमा रहने सो रिसोर्ट कर्णालीको स्थानीय संस्कृति झल्किनेगरी नेपाली डिजाइनमा निर्माण गरिने भएको छ। रिसोर्ट दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्‍चालन ल्याइने बताइएको छ।...

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते हुँदै

कला, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वैशाख २४ गतेदेखि हुने प्रतियोगिताको पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको हो।पुरुषमा ५० ,६० , ७० केजीमुनि र ७० केजीमाथिको तौलसमूहमा प्रतिष्पर्धा हुने आयोजकको भनाई छ । नेपाल आर्मी र एपीएफबाट ७५ पुरुष र ३५ महिला गरी १ सय १० खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष पुष्प मानन्धरले बताएका छन्। स्पर्धामा शीर्ष तीन स्थानलाई पुरस्कार प्रदान गरिने बताइएको छ।त्यसमा क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने आयोजककको भनाई छ।दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भनिएको छ।...