अर्थतन्त्र

सुनको मूल्य घट्यो,आज कतिमा कारोबार ?

सुनको मूल्य घट्यो,आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३, पुस काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको भाउ ७०० रुपैयाँले घटेको छ । मंगलबार एक लाख ५१ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज एक लाख ५० हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । पुसको पहिलो दिन एक लाख ५१ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन दोस्रो दिन मंगलबार बढेर एक लाख ५१ हजार ४०० पुगको थियो । आज फेरि ७०० रुपैयाँले घटेको हो ।यस्तै दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
सेयर बजार तीन अंकले बढ्यो

सेयर बजार तीन अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२, पुस काठमाडौं । गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से मंगलबार करिब तीन अंक (०.११ प्रतिशत) ले बढेर २६३३.८७ पुगेको छ । गत बिहीबार १.२३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार करिब २ प्रतिशतले घटेको थियो । मंगलबार त्यो प्रवृत्तिमा सुधार आए पनि वृद्धि उत्साहजनक हुन सकेन । मंगलबारको सुधारलाई कारोबार रकमले पनि साथ नदिएको देखिएको छ । गएका दुई कारोबार दिन ६ अर्ब हाराहारीमा कारोबार भएकोमा मंगलबार जम्मा ४ अर्ब ३४ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।  ...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२, पुस काठमाडौं । अमेरिकन डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम कुवेती दिनार, साउथ कोरियन वन, स्विडिस क्रोनरलगायतको मूल्य आज बढेको छ । यस्तै, युरोपियन युरोको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ९ पैसा कायम भएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५३ पैसा तोकिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैस...
नेप्से परिसूचकमा उच्च अंकको गिरावट

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१, पुस काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज परिसूचक ५१ दशमलव ३७ अंकले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो आज तीन सय चार कम्पनीको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर ६७ हजार छ सय ४८ पटक खरिदबिक्री भएको छ । आज नेप्सेमा रू। पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह चार दशमलव ४१ र व्यापार समूह तीन दशमलव ५५ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ४९, विकास बैंक दुई दशमलव ०३, होटल तथा पर्यटन दुई दशमलव ३१, जलविद्युत् दुई दशमलव ३६, लगानी एक दशमलव ५६ र जीवन बीमा एक दशमलव ८२ प्रतिशत प्रतिशतले घटेको छ ।...
सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१, पुस काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन सोमबार ४ सय रुपैयाँ बढेर १ लाख ५१ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३०, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर आइतबार एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा एक हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर एक हजार ८४० रुपैयाँमा कायम भएको हो ।...
सुनको मूल्य घट्यो, आज कतिमा कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२८, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रू एक हजार दुई सय र चाँदी प्रतितोला रू ६५ घटेको हो । बिहीबार सुन प्रतितोला रू एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी बिहीबार प्रतितोला रू एक हजार नौ सय २५ मा कारोबार भएकामा आज रू एक हजार आठ सय ६० मा किनबेच हुने महासंघले जनाएको छ ।...
वीरगञ्जबाट डिजेल आयात घट्यो

वीरगञ्जबाट डिजेल आयात घट्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२७, मंसिर वीरगञ्ज । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व संकलनमा असर परेको बताए । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल ...
सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२७, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।...
(नेप्से) परिसूचक आज उच्च अंकले बढ्यो

(नेप्से) परिसूचक आज उच्च अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२६, मंसिर काठमाडौं । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८अंकले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो । परिसूचक बढे पनि कारोबार रकम भने रु. पाँच अर्बमा खुम्चिएको छ । आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू.पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने शून्य दशमलव ३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी तीन दशमलव ४३ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव ६३, वित्त एक दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् एक दशमलव ९६ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले ब...