अर्थतन्त्र

नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो

नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२४,भदौ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अंकले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अंकले घटेको थियो । पुँजी बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अंकले घटेर दुई हजार छ सय ४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ०६ प्रतिशतको गिरावट हो । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ । कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ । आज तीन सय २७ कम्पनीको दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता शेयर एक लाख ११ हजार नौ सय ८६ पटक खरिदबिक्री हुँदा रु। नौ अर्ब ४३ करोड ९१ लाख छ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएक...
चेक बाउन्स सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने

चेक बाउन्स सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२३, भदौ काठमाडौं । चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरवारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकीङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो । १५ लाखसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको समिति सभापति सन्तोष चालिसेले बताए ।सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पीडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रूप दिइने उनले सुनाए । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसु...
सेयर बजारमा उच्च गिरावट

सेयर बजारमा उच्च गिरावट

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१९, भदौ काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७.३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो ।सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५।१, होटेल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटे । बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।...
दसैँमा राष्ट्र बैंकले नयाँको ठाउँमा सुकिला नोट साट्ने

दसैँमा राष्ट्र बैंकले नयाँको ठाउँमा सुकिला नोट साट्ने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
१८,भदौ काठमाडौं । यो दसैँमा नेपाल राष्ट्र नयाँ नोटको ठाउँमा सुकिला नोट सटही गर्ने भएको छ । यसअघिको दसैँमा पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा। डिल्लीराम पोखरेलका अनुसार नयाँ नभई यो वर्ष सुकिला नोट प्रयोग गरिने छ । उनले भने, ‘यो वर्ष सर्वसाधारणलाई सुकिला र सफा नोट दिइने छ । डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र नोट छपाइको रकम बचाउन सुकिला नोट प्रयोगमा ल्याइने भएको हो ।’ यसअघि दसैँका लागि राष्ट्र बैंकले केही महिना अघि नै नयाँ नोट छापेर राख्ने गरेको थियो । यो वर्ष नयाँ नोट छापिएको छैन ।...
नेप्से परिसूचक १२७.३२ अङ्कले वृद्धि

नेप्से परिसूचक १२७.३२ अङ्कले वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१७,भदौ काठमाडौं । साताको दोस्रो कारोबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । सोमवार नेप्से परिसूचक १२७.३२ अङ्क बढेर २८२३.२५ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २२.९४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अङ्क बढेको छ । सोमवार कारोबारमा आएका ३३५ कम्पनीको तीन करोड १४ लाख ३० हजार कित्ता शेयर १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको कारोबारमा साढे १० अर्ब रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमा वित्त उपसमूहको परिसूचक ७।९४ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैङ्क, होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।...
इन्धनको मूल्य घट्यो,कति भयो त !(सूचीसहित)

इन्धनको मूल्य घट्यो,कति भयो त !(सूचीसहित)

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१६ भदौं,काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले सार्वजनिक गरेको विवरण अनुसार शनिबार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २,मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो । यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाइएको छ। ग्यासको मुल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार अब पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०।५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ कायम भएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर एक सय ३२ कायम गरिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५ तोकिएको छ। निगमले पहिलो वर्गअन्तर्गत चारआली,विराटनगर,जनकपुर, अमलेखगञ्ज...
सयर कारोबारमा उच्च गिरावट

सयर कारोबारमा उच्च गिरावट

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । बुधबार सेयर बजारमा तीव्र उतारचढावबीच अन्ततः सामान्य अंक बढेको छ । कारोबार सुरु भएपछि सवा १२ बजे बजार बढेर २८६० अंकसम्म पुगे पनि त्यो वृद्धिमा टिक्न सकेन । अन्ततः बजार २७८६ अंकमा बन्द भयो । जुन अघिल्लो दिनको तुलनामा ३.८ अंक बढेको हो । दिउँसो बजार २७६२ अंकसम्म झरेको थियो । बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ । अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चियो ।यस दिन बैंकिङ समूहको सूचक ०.९२, होटेल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.४९, लगानी १.०१, उत्पादन ०.०३, अन्य ०.०९ प्रतिशत बढे । विकास बैंक ०.८०, फाइनान्स १.६९, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा ०.९७ तथा व्यापार समूह १.४३ प्रतिशत घटे ।...
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड

सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ ।...
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य सोमबारकै मूल्यमा अर्थात् तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४९.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.२३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.९५ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.६० रुपैयाँ रहेको छ भने बिक्री दर १७७.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.०८ रुपैयाँ रहेको छ ।...