अर्थतन्त्र

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

अर्थतन्त्र, ब्यानर-२, समाचार
३१ भदौ, काठमाडौं ।नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू भएको छ। मूल्य घटेपछि काठमाडौं,पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ। भने,चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलबारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजल तथा मट्टीतेल प्रतिलिटर १४६ कायम भएको छ।त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजल तथा मट्टीतेल १४८ रुपैयाँ पर्नेछ।...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३०, भदौ काठमाडैं । सुनको मूल्यले नयाँ रेकर्ड बनाउएको छ । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । आजका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।...
सुनको मूल्य एकैदिन ३ हजार रुपैयाँ बढ्यो

सुनको मूल्य एकैदिन ३ हजार रुपैयाँ बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२८, भदौ काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक बजारमा सुनको भन्सार बढाइएका कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । यसैबिच शुक्रबार चाँदीको मूल्य पनि १ हजार ८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको थियो । यस हिसाबले चाँदीको मूल्य प्रतितोला ५...
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२७, भदौ काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अङ्कले उकालो लागेर चार सय ७८ दशमलव ४८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य भने घटेको छ । कूल एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर रु। आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार छ सय १२ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रीन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एशियन हाइड...
चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी,  ४२ जिल्लाका ६१ स्थानमा पसल राखिने

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी, ४२ जिल्लाका ६१ स्थानमा पसल राखिने

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२७, भदौ। काठमाडौं । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो । आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो पाँच छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरम...
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२६, भदौ काठमाडौं । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो । राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औँ आवधिक योजनासँग समन्वय हुने गरी तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिले अर्थ(सामाजिक विकासका लागि आवश्यक राजस्व परिचालन र निजी क्षेत्र तथा करदाताको आकांक्षाबीच सन्तुलन कायम गर्ने विश्वास सरकारको छ । आन्तरिक राजस्व परिचालन रणनीतिले देशको कर नीति र प्रशासनमा सुधारका लागि स्पष्ट संरचनागत रूपरेखा प्रस्तुत गरेको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिको मुख्य उद्देश्य आर्थिक दक्षता र समानतालाई प्रवर्द्धन गर्दै निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुका साथै कर र गैरकर राजस्वको स्थिर प्रवाह सुनिश्चित रहेको रणनीतिमा उल्लेख छ । सरकारक...
असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२६, भदौ काठमाडौं । यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले असोज १३ बाट सुकिला नोट साट्न सकिने व्यवस्था मिलाउन लागिएको बताए । यो वर्ष नयाँ नोट भने नसाट्ने राष्ट्र बैंकले निर्णय गरिसकेको छ । सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको एक सेट नोट साट्न सक्नेछन् ।...
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२६, भदौ काठमाडौं । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५३ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार सय रुपियाँमा कारोबार भएको थियो । बुधबार एक हजार रुपियाँले बढेर तोलामा एक लाख ५३ हजार चार सय रुपियाँ कायम भएको हो । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार तोलामा एक हजार ७६५ रुपियाँ कायम भएकोमा बुधबार बढेर एक हजार ७८० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो

पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२५, भदौ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज तीन सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर ९३ हजार चार सय ५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो करिब दुई महिनायताकै न्यून हो । आजको कारोबारमा ‘सेन्सेटिभ इन्डेक्स’ एक दशमलव ८० र ‘फ्लोट इन्डेक्स’ शून्य दशमलव ९१ अंकले घटेको छ ।...
कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२५, भदौ काठमाडौं । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर कर्मचारीले अनलाइनमार्फत सेयर कारोबार गर्न नपाउने भएका छन् । कर्मचारीहरू दिनभर काम भन्दापनि सेयर कारोबारमा लागेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूलाई पत्राचार गर्दै नेप्से अनलाइन ट्रेडिङ सिस्टम टीएमएस नचलाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । पत्रमा भनिएको छ, उपरोक्त सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र सङ्ख्या २०८१ र ८२ चलानी नं। ११८६५ मिति २०८१र०५र२१को कार्यालयमा त्ःक् नचलाउने व्यवस्था सम्बन्धमा विषय रहेको पत्रबाट नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यालय समयमा त्ःक् नचलाउने व्यवस्था हुन र सो समयमा चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्...