अर्थतन्त्र

राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय,पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन निर्देशन

राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय,पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन निर्देशन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, वातावरण, समाचार
१६ असोज काठमाडौं ।नेकपा (एमाले)ले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ। महासचिव शंकर पोखरेलले हिजो मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको बताए । साथै बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको पनि जानकारी दिए ।बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा एमालेले जोड दिएको उनको भनाई छ। एमालेले क्षतिको यकिन विवरण संकलन गर्न र कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्नेमा पनि जोड दिएको जनाएको छ ।  ...

प्रधानमन्त्री उद्धार कोषमा झण्डै साढे तीन करोड थपियो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१६ असोज काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग सङ्कलन भएको छ।वाणिज्य बैंक,भाटभटेनी र युनिलिभरको तर्फबाट उपलब्ध भएको रकमबाट सो संख्यामा रकम संकलन भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोडको चेक हस्तान्तरण गर्नुका साथै भाटभटेनी सुपरमार्केटद्वारा एक करोड ११ लाख ११ हजार एक सय ११ र युनिलिभर नेपाल लिमिटेडले २० लाखको आर्थिक सहयोग प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्‍ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रधानमन्त्री ओलीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण,उद्धार र पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न आह...
पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
 १५असोज,काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ। मूल्य घटेपछि चारआली, विराटनगर,जनकपुर,अमलेखगञ्ज, भलबारी,नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ।काठमाडौं,पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ।...
नेप्से परिसूचकमा ४९ अंकको वृद्धि

नेप्से परिसूचकमा ४९ अंकको वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
९, असोज काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज ४९ दशमलव १८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज परिसूचक ४९ दशमलव १८ अंकले उकालो लागेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो । अघिल्लो दिन रु। पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएकामा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार बराबरको कारोबार भएको छ । कुल एक करोड २४ लाख ९४ हजार नौ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर कारोबार भने खुम्चिएको नेप्सेले जनाएको छ ।...
नेप्से परिसूचक ५९ अंकले घट्यो

नेप्से परिसूचक ५९ अंकले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, असोज काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अंकले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अंकमा कायम भएको हो । आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रु। पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक पाँच दशमलव ५६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव २७, विकास बैंक दुई दशमलव ४६, होटल तथा पर्यटन तीन दशमलव ३४, जलविद्युत् दुई दशमलव ८९ र लगानी समूह दुई दशमलव ७३ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूह दुई दशमलव ३५, उत्पादन तथा प्रशोधन एक दशमलव ८१, लघुवित्त दुई दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ४८, निर्जीवन बीमा दुई दशमलव ६९, व्यापार तीन दशमलव ९३ र अन्य...
नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढ्यो

नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
६, असोज काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अंकमा रोकिएको हो । आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूह शून्य दशमलव ३१, होटेल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव १८ र म्युचुअल फन्ड शून्य दशमलव १० प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी बैंकिङ समूह एक दशमलव ०१ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ६६, जलविद्युत् शून्य दशमलव ३१, लगानी शून्य दशमलव ६२ र जीवन बीमा समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह...
सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६, असोज काठमाडौं । सुनको मूल्यले  आज पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु। एक हजार सात सयले वृद्धि भएको छ । शुक्रवार प्रतितोला रु। एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु। एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ ।असोज १ गतेको तुलनामा आजको मूल्य सूची अनुसार छापावाला सुन तोलामा रु। दुई हजार एक सयले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु. पाँचले वृद्धि भएको छ । शुक्रवार प्रतितोला रु। एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु। एक हजार नौ सय २० निर्धारण भएको छ ।...
नेप्से परिसूचक ५७ अंकले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो

नेप्से परिसूचक ५७ अंकले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो

अर्थतन्त्र, वातावरण, समाचार
३१, भदौ काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अंकले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अंकले घटेको छ । नेप्से परिसूचक दुई दशमलव १६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको बिन्दुमा ओर्लिएको हो । आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२ हजार आठ सय १५ पटक खरिदबिक्री हुँदा रु। सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव ६६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ५९, विकास बैंक दुई दशमलव ७२, होटल तथा पर्यटन दुई दशमलव ४८, जलविद्युत् दुई दशमलव २८, लगानी दुई दशमलव ५३ र जीवन बीमा एक दशमलव ९१ प्रतिशतले घटेको छ । त्यस्...
कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरी

कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरी

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
३१, भदौ काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरी आयोजना गरेको छ ।वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ । कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरि कुपण्डोल, थापाथली, माइतीघर हुँदै पुनः कोषको मुख्यालयमा पुगेर समापन भएको थियो ।कोषका प्रशासक जितेन्द्र धितालले वार्षिकोत्सवका अवसरमा कोषका कर्मचारी तथा कोषमा आबद्ध रहेका व्यक्ति तथा सङ्घसंस्थालाई धन्यवाद दिएको छ । कोषमा हाल करिब पाँच लाख ७५ हजार सञ्चयकर्ता छन् भने निवृत्तभरण कोषमा ८० हजार चार सय व्यक्ति आबद्ध छन् । यस्तै सञ्चय कोषमा ३३ हजार छ सय योगदानकर्ता कार्यालय तथा निवृत्तभरण कोषका लागि तीन हजार आठ सय कार्यालय जोडिएका छन् ।प्रशासक धितालका अनुसार सञ्चयकोषमा रु पाँच खर्ब २९ अर्ब ६९ करोडसहित करिब रु छ अर्ब वित्तीय स्रोत ...
स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ४५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ४५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्थतन्त्र, ताजा अपडेट, समाचार, स्थानीय
३१ भदौ,काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०र०८१मा कुल २०१ थान मुद्दा दायर गरेको छ । यसरी दायर भएका मध्ये ७८ थान मुद्दा स्थानीय सरकारमा भएको भ्रष्टाचार सम्बन्धी छ। अख्तियारले एक हजार ५४५ जनालाई विपक्षी बनाएको छ भने ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ माग दाबी गरेको छ । यीमध्ये स्थानीय सरकारका ४५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारका अनुसार स्थानीय सरकार प्रमुख अध्यक्ष र नगरप्रमुख २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्य मुद्दामा प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष, खरिदार, वडा अध्यक्ष, ठेकेदार र इन्जिनियर, ओभरसियर र उपभोक्ता समितिका सदस्यसम्मलाई विपक्षी बनाइएको छ ।यीमध्ये केही मुद्दामा विशेषले फैसला सुनाएको छ भने केही विचाराधीन छन् । २०८१ जेठ २१ गते अख्तियारले ललितपुरको गोदावरी नगरपालिका बहालवाला मेयरसमेत १४ जनाविरुद्ध भ्रष्टा...