अर्थतन्त्र

पुनर्निर्माणका काममा तीनै तहका सरकार मिलेर लाग्नुपर्छ : प्रधानमन्त्री ओली

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
२ कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी,पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई ठुलो विपद्को संज्ञा दिंदै तीनै तहका सरकार राहत वितरण र पुनःनिर्माणका काममा  जुट्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा आज शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोज,उद्धार,राहत र पुनर्निर्माणका लागि गम्भीरताका साथ काम गर्नु पर्ने कुरामा जोड दिंदै सोही अनुसार सरकारले काम गरिरहेको पनि बताए । “अहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ ।तीनै तहका सरकारबाट समन्वयतात्मक रुपमा काम गर्नुपर्नेछ ।”, प्रधानमन्त्री ओलीले भने, “कसरी जनतालाई छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्...
पेट्रोल र डिजेलको बढ्यो मूल्य

पेट्रोल र डिजेलको बढ्यो मूल्य

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
३० असोज,काठमाडौं।नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तय गरेको हो। निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँ बढेको छ।हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै छ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ब्यानर-२, समाचार
२५ असोज,काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ। यस्तै युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०७ पैसा र बिक्रीदर ९० रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ७९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ। ...
बाढीपहिरोले गरेको क्षतिको मूल्यांकन गरी सरकारले स्थानीय तहमा बजेट पठाउने

बाढीपहिरोले गरेको क्षतिको मूल्यांकन गरी सरकारले स्थानीय तहमा बजेट पठाउने

अर्थतन्त्र, ताजा अपडेट, समाचार, स्थानीय, स्वास्थ्य
२३ असोज,काठमाडौं ।सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय सार्वजनिक गर्दै भने, ‘कतै धेरै क्षति भएको छ भने कतै थोरै ।क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ।’ साथै उनले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने पनि बताए ।...
काठमाडौंवासीले आजदेखि पुन:मेलम्चीको पानी उपभोग गर्न पाउने,मेलम्चीवासीका माग के के ?

काठमाडौंवासीले आजदेखि पुन:मेलम्चीको पानी उपभोग गर्न पाउने,मेलम्चीवासीका माग के के ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२३ असोज,काठमाडौं ।काठमाडौंका बासिन्दाले आजदेखि पुन:मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। वर्षायाम शुरु भएसँगै रोकिएको पानी हिजोरातीदेखि पुनः काठमाडौं ल्याउन लागिएको हो।वर्षा सकिए पनि स्थानीय बासिन्दाको अवरोधका कारण पानी ल्याउन सकिएको थिएन। मेलम्ची सङ्घर्ष समितिसँग गएराति भएको वार्तामा सहमति भएसँगै पानी आउने भएको हो।खानेपानी मन्त्री प्रदीप यादवका अनुसार हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीको बाढीप्रभावितले राख्दै आएका मागमध्येका केही माग तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा पुरा गर्ने बाचासिहत सहमति भएको बताए। उनका अनुसार मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडक कालोपत्रेका लागि प्राथमिकतामा राखेर संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति भएको छ। बाढीले ...
विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२३ असोज, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।लगानी बोर्डको ५९औँ बैठकमा प्रधानमन्त्री ओलीले काम रोकिने,ढिलाइ हुने,कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरे । बोर्डका अध्यक्ष समेत रहेका उनले भने,‘हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ।पुरानापुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन।बोर्डलाई विज्ञ,युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ,’ ‘यताबाट उता फाइल पठाउने र अध्ययन–विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन।’ ‘ कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी रूपमा हुनुपर्छ ।त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्दैछौँ।कुनै पनि फाइल सम्बन्धित कार्यालयमा आएको तीन दिनभित...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति?

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२२ असोज,काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा,युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैसा,स्वीस फ्रयांक एकको खरिददर एक सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम भएको छ। त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा,क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा,सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।...
आजदेखि खसीबोका बिक्री खुला

आजदेखि खसीबोका बिक्री खुला

अर्थतन्त्र, कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२० असोज,काठमाडौं ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला गरेको छ। कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुुला गरेको हो। यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुुला गरिएको कम्पनीले जनाएको छ। कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले हेटौँडाबाटखसीबोका र मुस्ताङबाट च्याङ्ग्रा ल्याएको बताइन्। उनका अनुसार चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ। यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने तयारी भएको पनि उनले बताइन्। निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुर...

नेपाल– भारत पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
१७ असोज,काठमाडौं ।नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। बिहिबार आयोजित एक समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरे। नेपाल निगमका अनुसार सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको छ। सम्झौता अनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ। साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ। यस्तै,अमलेखगञ्जबाट चिवनको लोथरसम्म ६२ किमी लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने जनाइएको छ। ...
पुँजीबजारको ओरालो यात्रा  : नेप्से परिसूचक २६ अङ्कले घट्यो

पुँजीबजारको ओरालो यात्रा : नेप्से परिसूचक २६ अङ्कले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१६ असोज,काठमाडौं।पछिल्लो दुई दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से )परिसूचकले आज ओरालो रोकिएको छ।नेप्से परिसूचक आज २६.०७ अङ्कले घटेर २ हजार ५ सय ९७ दशमलव ४९ को विन्दुमा कायम भएको हो। ३ सय १० कम्पनीको आज एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा छ अर्ब ७७ करोड ८१ लाख ९५ हजार आठ सय ८१ बराबरको कारोबार भएको छ। आज वित्त समूहको उपसूचक एक दशमलव ७५ प्रतिशतले बढेको छ ।तर अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी निर्जीवन बिमा समूहमा एक दशमलव ८२ प्रतिशतको गिरावट देखिएको छ। बैंकिङ शून्य दशमलव ७१, विकास बैंक एक दशमलव ३८, होटल तथा पर्यटन एक दशमलव ७९, जलविद्युत् एक दशमलव ७४, लगानी एक दशमलव ५२ र जीवन बिमा शून्य दशमलव ४० प्रतिशतले घटेको छ। त्यस्तै,उत्पादन तथा प्रशोधन एक दशमलव ७९, लघुवित्त एक दशमलव १२, म्युचुअल फण्ड शून्य दशमलव ४१, व्यापार एक द...