अर्थतन्त्र

प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्थतन्त्र, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरूले आर्थिक वर्ष २०७७७८ मा मुगुको सोरु गाउँपालिका वडा नं। ७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र...

सहकारी हिनामिना प्रकरणः एक जना सांसदसहित ३५ जना विरुद्ध मुद्दा दर्ता गरिँदै

अर्थतन्त्र, समाचार
नवलपरासी । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिने भएको छ । सो सहकारीको रकम हिनामिना गरेको आरोपमा सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गर्न लागेको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही आधारमा सरकारी वकिलको कार्यालयले शुक्रबार मुद्दा दर्ता गर्न लागेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए । “प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमासहकारीको रकम हिनामिना गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेत, उहाँका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थाप...

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु

अर्थतन्त्र, समाचार
दैलेख । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु भएको छ । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका हुन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भइसकेको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए । कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको छ । चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।...
सुनको मूल्य अहिलेसम्मकै उच्च, नयाँ कीर्तिमान कायम

सुनको मूल्य अहिलेसम्मकै उच्च, नयाँ कीर्तिमान कायम

अर्थतन्त्र, समाचार
काठमाडौं । नेपाली स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ कायम हुँदै नयाँ कीर्तिमान कायम गरेको हो । अघिल्लो दिन प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज एक हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।...

फेरि ओरालो लाग्यो शेयर बजार, १९.८९ अंकको गिरावट

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । लगातार ओरालो लागेको शेयर बजार आज पनि घटेको छ । नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा रोकिएको हो । साताको अन्तिम कारोबार दिन आज चार अर्ब २१ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ७० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७३ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ । आज नेपाल फाइनान्स लिमिटेड, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स, हाइड्रोपावर र म्यानुफ्याक्चरिङ समूहको परिसूचक बढेको छ ।...

भारतबाट बिजुलीको आयातमा वृद्धि

अर्थतन्त्र, समाचार
काठमाडौं । हिउँद लागेसँगै नेपालमा भारतबाट बिजुली आयात बढेको देखिएको छ । जलविद्युत उत्पादनका लागि पानीको मात्रा घटेसँगै नेपालमा बिजुलीको आयात बढेको हो । नेपालको आन्तरिक माग धान्नुपर्ने बाध्यतासँगै भारतसँग निर्यात मूल्यभन्दा बढी मूल्यमा बिजुली आयात गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको बिजुली भारतबाट आयात गर्नुपरेको छ । सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाब घट्दा नेपालभित्रको आन्तरिक उत्पादन घट्छ । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ । चालु आर्थिक वर्ष २०८०–८१ साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । प्राधिकरणले चालु आव निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरिएको जनाएको छ ।...

महानगरद्वारा टिचिङभित्र सञ्चालित मापदण्ड विपरीतका औषधि पसल बन्द

अर्थतन्त्र, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले टिचिङ अस्पतालभित्र सञ्चालित मापदण्ड विपरीतका औषधि पसल बन्द गरेको छ । टिचिङ अस्पतालभित्रको औषधि पसलमा म्याद नाघेको औषधि पसल सञ्चालन गरेको भन्ने गुनासो परेपछि महानगरले बुधबार त्यसको अनुगमन गरेको थियो । एक बिरामी बच्चालाई म्याद नाघेको औषधि बेचेको, फार्मेसी सञ्चालन गर्नुपर्ने न्यूनतम मापदण्ड पालना पनि नगरेको पाइएपछि टिचिङको कम्पाउन्डमा रहेको पानोर्मा र पञ्जजन्य गरी २ वटा फार्मेसीमा ताला लगाइएको महानगरकी निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले बताइन् । महर्जनका अनुसार फार्मेसीमा रहेको भ्याक्सिनलाई राख्नुपर्ने तापक्रमको मापदण्डमा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधी बेचिएको समेत पाइएको छ । महर्जनका अनुसार ताला लगाएका फार्मेसीहरुलाई महानगरले कानुन बमोजिम कारबाही र जरिवाना गरेर मात्रै टिचिङको कम्पाउन्ड बाहिर चलाउन दिनेछ ।...
राष्ट्र बैंकले ५० अर्ब तरलता तान्ने

राष्ट्र बैंकले ५० अर्ब तरलता तान्ने

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएर रहेको तरलता तान्ने भएको छ । केन्द्रिय बैंकले आज बैंकिङ प्रणालीमा थुप्रिएर रहेको ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको हो । बैंकले १४ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल मार्फत प्रशोचन गर्नेछ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । गत हप्ता मात्र केन्द्रीय बैंकले ७ दिनका लागि ३५ अर्ब तरलता प्रशोचन गरेको थियो । जेठ १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ७अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब १७ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा ८०।२२ प्रतिशत कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० कायम गरेका बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैंकहरुसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २।९९प्रतिशतमा झरेको छ भने ट्र...
ह्वात्तै बढ्यो सुनको मूल्य

ह्वात्तै बढ्यो सुनको मूल्य

अर्थतन्त्र, समाचार
काठमाडौं । अघिल्लो दिन सामान्य वृद्धि भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य दुई हजार तीन सयले बढेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार पाँच सय पुगेको महासंघले बताएको छ । यस्तै, १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो ।  बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा एक हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर एक हजार नौ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।...

नेप्सेमा २३.८१ अंकको गिरावट

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषणपछिको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा रोकिएको हो । बुधबार चार अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ । आज युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अपर लाहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । युनिलिभरको सेयर मूल्य एकै दिन तीन हजार ९३५ रुपैयाँ बढेको छ भने कालिन्चोक दर्शनको सेयर मूल्य प्रतिकित्ता ११२ रुपैयाँले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स, होटेल तथा पर...