अर्थतन्त्र

१७ अंकले घट्यो नेप्से परिसूचक

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७।०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्सका अनुसार आइतबाट नेप्से घटेर दुई हजार ९५.२५ विन्दुमा आइपुगेको छ। आज तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता सेयर ७१ हजार नौ सय ९७ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। होटेल तथा पर्यटन समूहको उपसूचक ०.०४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लघुवित्त समूह १.७१ र अन्य विकास बैंक समूह १.२० प्रतिशतले घटेको छ। नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।...
ह्वात्तै बढ्यो सुनको मूल्य

ह्वात्तै बढ्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार छ सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सयमा कारोबार भएकोमा आइतबार बढेर एक हजार ८२० मा कारोबार भइरहेको छ ।...
कुरा सुन्दा सरकार केही समयपछि भताभुङ्ग हुन्छ : विप्लव

कुरा सुन्दा सरकार केही समयपछि भताभुङ्ग हुन्छ : विप्लव

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारमा भएका व्यक्तिहरुको कुरा सुन्दा यो सरकार केही समयपछि भताभुङ्ग हुने बताएका छन्। शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवादमा बोल्दै उनले सरकारमा सहभागी दलका प्रभावशाली नेताहरुले नै आगामी आर्थिक वर्षको बजेटबारे आलोचना गरिहेका कारण अर्थतन्त्र निर्माणका सम्बन्धमा राज्य अल्मल्लिएको स्पष्ट भएको बताए।भने,यस प्रकारको शैलि र बजेटबाट नागरिकले के आशा राख्ने ? भन्दै सरकारलाई प्रश्न गरे। कार्यक्रममा उनले अहिलेको बजेट  नेपाली जनताको जीवन सुधारमा निर्णायात्मक भूमिका नखेल्ने जिकिर गरे । भने,सरकारमा सहभागी मान्छेहरुको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने आशंका व्यक्ति गरे।...
महोत्तरीका उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

महोत्तरीका उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

अर्थतन्त्र, समाचार
महोत्तरी । महोत्तरीका उखु किसानले एक अर्ब ६१ करोड भुक्तानी पाएका छन् । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेस्ट सुगर मिलबाट उखु किसानले रु एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका हुन् । एभरेस्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताए। उनले भने, “चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।” समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन् । गौशाला नगरपालिका–११ का किसान दिनेश कुशवाहाले थप जमिनमा खेती बढाउने बताए । उक्त मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार चार सय ४४ जना किसानबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरिद गरेर कूल दुई लाख ६४ हजार चार सय ९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिए ।...

कोशीको बजेट ३.५१ प्रतिशतले बढ्ने

अर्थतन्त्र, ब्यानर-२, समाचार
विराटनगर । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने अनुमान गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उक्त अनुमान गरेका हुन् । गत वर्षको सोही अवधिमा १९ अर्ब ७ लाखको तुलनामा ५ प्रतिशतले कमी आएको हो । वैशाख मसान्तसम्ममा ४३ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४८ प्रतिशत खर्च भएको थियो । चालू आर्थिक वर्षको अन्तिमसम्ममा ८० प्रतिशत भन्दा माथि खर्च हुने अनुमान मगरले गरेका छन् । चालू आर्थिक वर्षमा आन्तरिक राजस्व ४ अर्ब ५७ करोड सङ्कलन हुने अनुमान गरिए पनि वैशाख मसान्तसम्ममा ३ अर्ब ३ करोड २३ लाख सङ्कलन भएको छ । गत आर्थिक वर्षमा भने २ अर्ब ९४ करोड प्राप्त भएको थियो । राजस्व सङ्कलनमा भने ३ प्रतिशत भन्दा बढीले वृद्धि भएको मगरले जनाए ।...
एक सातामा सुनको मूल्यमा तीन हजार आठ सयको गिरावट

एक सातामा सुनको मूल्यमा तीन हजार आठ सयको गिरावट

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौं । एक सातामा सुनको मूल्यमा तीन हजार आठ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको प्रतितोला एक लाख ४५ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ४४ हजार ३०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा एक लाख ४० हजार ५०० रुपैयाँ कायम छ । यो साता आइतबारदेखि नै सुनको मूल्य घट्न थालेको थियो । शुक्रबारको तुलनामा तोलामा ४ हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रह्यो । यस्तै, बुधबार ६०० ले बढेर बिहीबार पनि सोही मूल्य कायम रह्यो । शुक्रबार भने तोलामा ४०० रुपैयाँले घटेर एक लाख ४२ हजार २०० कायम भएको हो । यसैगरी यो साता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य यो सा...
लुम्बिनी प्रदेशको बजेट आज प्रस्तुत हुँदै

लुम्बिनी प्रदेशको बजेट आज प्रस्तुत हुँदै

अर्थतन्त्र, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८१–०८२ को बजेट आज प्रस्तुत गरिने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ। सरकारले ३५ देखि ४० अर्बको बिचमा बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने गृहकार्य गरेको थियो। राजश्व सङ्कलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार घट्ने भएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०८०–०८१ मा कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो।...
विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद

विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद

अर्थतन्त्र, समाचार
गोदावरी । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको हो । प्राधिकरणले चालु आवको वैशाख मसान्तसम्ममा सुदूरपश्चिमका नौवटै जिल्लाका तीन हजार सात सयभन्दा १२ जना ग्राहकको लाइन विच्छेद गरेको जनाएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले लाइन विच्छेद गर्न थालेको नेपाल विद्युत् प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए ।...
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

अर्थतन्त्र, समाचार
काठमाडौं। शुक्रबार नेपाली बजारमा सुन र चाँदी मूल्य घटेको छ । अघिल्लो बिहीबार दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।...
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, समाचार
काठमाडौं – आज २०८१ साल जेठ ३२ गते शुक्रबार सन् २०२४ जुन १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.१४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँ रहेको छ ।...