अर्थतन्त्र

एक वडा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने,सहुलियत उपचारका लागि पनि बजेट छुट्टाइयो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं। सरकारले एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ। आज मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२को बजेट मार्फत एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन्।उनले एक वडा एक आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनका लागि १४ अर्ब ४१ करोड विनियोजन भएको उल्लेख गरेका छ। यस्तै सरकारले सरकारले सहुलियत उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ।आगामी आव२०८१÷०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर,मृगौला,अल्जइमर्स,स्पाइनल इन्जुरी,हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि ३ अर्ब विनियोजन भएको हो। सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। ...
बिहीबारदेखि सुरु हुने श्रमाधान मेलाको उद्घाटन प्रधानमन्त्रीले गर्ने

बिहीबारदेखि सुरु हुने श्रमाधान मेलाको उद्घाटन प्रधानमन्त्रीले गर्ने

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । बिहीबारदेखि काठमाडौंमा श्रमाधान मेला सुरु हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेला सुरू गर्ने मेलालाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । देशका सातैवटा प्रदेशमा हुने मेला दुई–दुई दिन सञ्चालन हुनेछ । जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सम्पन्न हुने मेलाको सम्पूर्ण तयारी भएको मन्त्रालयका प्रवक्ता एवम् सह सचिव गोविन्द्र प्रसाद रिजालले जानकारी दिए। युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गरेर लैजानु रहेको रिजालले बताए। उनका अनुसार मेलाले समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्त्वपूर्ण भूमिका रहनेछ ।...

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम फेरिने, नयाँ नाम ‘राष्ट्रिय रोजगार कार्यक्रम’

अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । यस वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम फेरिएर आउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो नाम फेरेर राष्ट्रिय रोजगार कार्यक्रम राख्न लागेको हो । कार्यक्रमले सात सय ५३ वटा पालिकाको मागको आधारमा सीप र तालिमको विवरण माग गर्ने र त्यसैको आधारमा सीप दिने गरेर कार्याक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ । गत आर्थिक वर्ष २०७९–८० मा नै यो कार्यक्रम परिमार्जन गर्ने उद्देश्य राखिएको थियो। यो कार्यक्रम आर्थिक वर्ष २०७५–७६ देखि यो कार्यक्रम सञ्चालनमा आएको हो। २०७५ फागुन एक गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यक्रमको उद्घाटन गरेका थिए। चालु आर्थिक वर्षमा यो कार्यक्रमको लागि पाँच अर्ब ९५ करोड रूपैयाँ बजेट विनियोजन भइसकेको छ। गत आर्थिक वर्ष २०७९–८० मा यो कार्यक्रमको लागि सात अर्ब १५ करोड १० लाख बजेट छुट्याएको थियो।...
चार सयले बढ्यो सुनको मूल्य

चार सयले बढ्यो सुनको मूल्य

अर्थतन्त्र, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रुपैंयाले बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । अघिल्लो दिन एक लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । वैशाख ७ गते सुनको भाउ प्रतितोला एक लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यसैगरी, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन एक हजार ८८० रुपैयाँ थियो ।...

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

अर्थतन्त्र, समाचार
काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट थुम्सीमा सडक भासिँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार सडक भासिएको ठाउँमा ट्रकसमेत फसेकोले त्यसलाई निकाल्ने प्रयास गरिएको छ । भाँसिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुवाहक बसमा एक्कासि ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । नारायणगढ बुटवल सडक विस्तार आयोजनाले अवरुद्ध सडक खुलाउन अझै १ घण्टा लाग्ने जनाएको छ । सोही सडकखण्डको दाउन्नेमा अबरुद्ध बनेको सडक भने सञ्चालनमा आइसकेको आयोजनाले ...

आज आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरिँदै

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौं । जेठ १५ मा प्रत्येक्ष नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने प्रचलन अनुरुप आज पनि आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानित बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दिउँसो १ बजे सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।...

बन्द भएका उद्योगहरु सञ्चालन गर्दै बागमती सरकार

अर्थतन्त्र, ब्यानर-१, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशमा बन्द भएका उद्योगहरु पुनः सञ्चालन हुने भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागमती प्रदेशमा बनद भएका उद्योगहरु सञ्चालनमा ल्याइने बताएका हुन् । देशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरी कार्यान्वयन गरिने पनि उनले बताए । उनका अनुसार प्रदेशमा लगानी प्रोत्साहन गर्न लगानी बोर्डको स्थापना गरी सञ्चालन गरिने छ । लगानी दशकको रूपमा अभियान अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ । प्रदेश स्तरमा खाद्य गुणस्तर प्रविधि प्रयोगशाला स्थापना गरिने छ । प्रदेशमा उपलब्ध फलफूल र अन्नबालीको प्रयोग गरी मदिरा उत्पादनका लागि सङ्घीय सरकारसँग समन्वय गरिने छ ।...
नेप्से परिसूचकमा सुधार, आज ३ अर्ब ८९ करोडको कारोबार

नेप्से परिसूचकमा सुधार, आज ३ अर्ब ८९ करोडको कारोबार

अर्थतन्त्र, समाचार
काठमाडौं । सेयर बजार परिसूचक नेप्से ३.९३ अंकले बढ्दै २१ सय १३.२७ अंकमा पुगेर बन्द भएको छ । आइतबार २२ अंकमाथिले घटेको बजारमा सोमबार केही अंकको सुधार आएको हो । अघिल्लो दिन ४ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएकोमा सोमबार घटेर ३ अर्ब ८९ करोडमा झरेको छ । आज बैंकिङ, होटल तथा पर्यटन र नन् लाइफ इन्स्योरेन्सको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मकम भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २४७ कम्पनीको सेयर कारोबार हुँदा १४९ कम्पनीको मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । बाँकी ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ । सोमबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वाइरिङ्गहाउस कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढको छ भने बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।...

जलविद्युत आयोजनाः २८ करोडभन्दा बढी रोयल्टी उठाउन बाँकी

अर्थतन्त्र, समाचार
काठमाडौं । नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी असुल गर्न बाँकी रहेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । महालेखाको ६१ औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखअनुसार २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख छ । विद्युत ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई सलामी दस्तुर (रोयल्टी) बुझाउनु पर्ने व्यवस्था छ । आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन । रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्ने महालेखापरीक्षकको सुझाव छ ।...

स्वास्थ्य सेवा विभागद्वारा एक वर्षमा गोष्ठी तथा सेमिनारमै ५० करोडभन्दा बढी खर्च

अर्थतन्त्र, समाचार, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोड २७ लाख १ हजारभन्दा बढी रकम खर्च गरेको पाइएको छ। विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा एक वर्षमा ४ सय कार्यक्रम गरेको पाइएको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको हो । महालेखापरीक्षकको ६१ औं प्रतिवेदन अनुसार विभागले एक वर्षमा गरेको कूल ३ अर्ब १५ करोड ५१ लाख ८४ हजार खर्चमध्ये उक्त सूचीमा सो रकम खर्च गरेको हो। प्रतिवेदनले यस्ता कार्यक्रम संघीय तथा प्रदेश तालिम केन्द्र, प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा विभाग आफैंले सञ्चालन गर्दै आएको देखाएको छ। यस्त, तालिम कार्यक्रम सञ्चालन हुनुभन्दा अगाडि पेस्की दिने, समयमा नै पेस्की फर्स्यौट नगर्ने, विभिन्न होटल तथा आपूर्तिकर्तालाई नगदमा भुक्तानी गर्ने, कर्मचारीलाई सवारी साधन तथा यातायात खर्च भुक्तानी गर्ने, एउटै कर्मचारीलाई...