अर्थतन्त्र

सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन सयले बढेको हो । आज सुन प्रतितोला एक लाख ३७ हजार दुई सयमा कारोबार भइरहेको महासंघले बताएको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० मा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज चाँदीको मूल्य पनि २५ रुपैंयाले बढेको छ । आइतबार प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय ८० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।...

भोलि दिउँसो १ बजे बजेट भाषण

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार(भोलि) दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनार्थ भोलि दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने गरि प्रतिनिधिसभा सदस्यहरुलाई १५ मिनेट अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन्। बजेट अर्थमन्त्रीद्धारा प्रस्तुत हुने हुँदा यस आवको बजेट वर्तमान अर्थमन्त्री वर्षमान पुनद्धारा प्रस्तुत हुँदै छ। संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।...

आठ महिनामा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २३ लाखले बढ्यो

अर्थतन्त्र, समाचार
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २३ लाखले बढेको पाइएको छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको फागुनसम्ममा इन्टरनेट प्रयोगकर्ताको संख्या चार करोड २१ लाख १८ हजार पुगेको हो । चालु आवको असारसम्ममा ३ करोड ९८ लाख ८ हजार रहेको तथ्यांकले देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतीपत्र प्राप्त विभिन्न सेवा प्रदायकमार्फत उपलब्ध डेटा–इन्टरनेट सेवा लिनेहरूको संख्या मासिक साँढे २ लाखले थपिएको देखिन्छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डेटा–इन्टरनेट प्रयोग गर्नेको संख्या गत फागुनसम्म २ करोड १५ लाख ६९ हजार छ । त्यस्तै, एनसेलको डेटा ७८ लाख ९१ हजारले प्रयोग गरेका छन् भने विभिन्न इन्टरनेट सेवा प्रदायकहरूमार्फत १ करोड २६ लाख ५९ हजारले इन्टरनेट सेवा लिने गरेको सर्वेक्षणमा उल्लेख छ । तथ्यांकअनुसार २०७७ सालको असारमा डेटा त...

देशभरका २६ वटा संस्थान नाफामा

अर्थतन्त्र, समाचार
काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा अस्तित्वमा रहेका २६ वटा संस्थानहरु नाफामा गएका छन् । सरकारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार १५ वटा संस्थानहरु भने घाटामा गएका छन् । सार्वजनिक संस्थानहरूको खुद नाफा ३०४६.२० प्रतिशतले बढेर ४८ अर्ब ५१ करोड रूपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब घाटामा रहेको नेपाल आयल निगम ११ अर्बले नाफामा गएपछि संस्थानहरूको कुल नाफा बढेको हो। नाफामा देखिएका २६ संस्थानको कुल नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ९८१ प्रतिशतले बढेको छ। संस्थानहरूको आम्दानी ६ खर्ब ६१ अर्ब ०१ करोड रूपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १४।८७ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ खर्ब ७५ अर्ब ४३ करोड थियो।...

दुई दशमलब १४ अंकले घट्यो नेप्से

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । धितोपत्र बजार (नेप्से) दुई दशमलब १४ अंकले घटेर २१ं०९ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको अन्तिम करोबार दिन पाँच अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन् । होटेल तथा पर्यटन समूहको परिसूचक ३.३७ प्रतिशतले वृद्धि भएको छ । यस्तै, म्युचुअल फन्ड समूहको परिसूचक ०.२१ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशतले घटेको छ । कारोबारमा आएका मध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ । २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।...

जुम्लामा फल लाग्दै गरेका स्याउको बोट काटियो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
जुम्ला । जुम्लामा फल लाग्दै गरेका एक हजार वटा स्याउको बोट काटिएको छ । सामुदायिक वनको जग्गा अतिक्रमण गरी स्याउ खेती गरेको भन्दै स्थानीयले बोट काटेका हुन् । जिल्लाको भाडगाउँस्थित काफलबारी सामुदायिक वनमा ५ हेक्टर क्षेत्रफलमा जुम्लाकै सिंजा–६ जोडुका ४ जना र भाडगाउँका ६ जना गरी १० जनाले स्याउ फार्म सञ्चालन गरेका थिए । अतिक्रमित२०६०र०६१ साल देखि सानीपातल काफलबारी सामुदायिक वन र स्याउ फार्म सञ्चालकबीच विवाद हुँदै आएको थियो । २०७१ सालमा जग्गा फिर्ता ल्याउने प्रयास गरिए पनि सफल भएको थिएन् । फार्मले सामुदायिक वनलाई प्रतिव्यक्ति १० हजार दिने र जग्गा छोड्ने सहमति भएको थियो, तर सहमति भए पनि कार्यान्वयन भने भएको थिएन् । फार्म सञ्चालकले अतिक्रमित जग्गा नछोडेपछि पटक पटक मुद्दा समेत पर्दै आएको थियो । डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत खड्कलाल नेपालीले पटक पटक मुद्दा प्रक्रियापछि सहमति भए पनि...

यस वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

अर्थतन्त्र, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नयाँ आर्थिक वर्षको बजेट भाषण जेठ १५ गते गर्ने सरकारको परम्परा रहँदै आएको छ । सोही अनुरुप प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजेका लागि संघीय संसदको संयुक्त बैठक बोलाएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले बजेट वक्तव्यका लागि संयुक्त बैठक बोलाएका हुन् । उनले बैठकका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।...
२.८ प्रतिशतले बढ्यो देशको लगानी

२.८ प्रतिशतले बढ्यो देशको लगानी

अर्थतन्त्र, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०८०,०८१ को सरकारको लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुगेको छ । आज अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ जारी गर्दै सो तथ्यांक पेश गरेका हुन् । सर्वेक्षण अनुसार कृषि र सेवा क्षेत्रको विस्तार हुँदै फागुन मसान्तसम्मको राजस्व वृद्धि ३.९ प्रतिशत रहेको छ । प्रतिव्यक्ति आय पनि बढेको सर्वेक्षणले देखिएको छ । देशको प्रतिव्यक्ति आय बढेर एक हजार ४५६ डलर पुगेको छ । यसैगरी, मुलुकको मुद्रास्फीति ६.०८ प्रतिशत कायम भएको छ ।...
आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर

अर्थतन्त्र, समाचार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो साता लगातार घटेको सुनको मूल्य आइतबार यथावत रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल प्रतितोला सुन एक हजार आठ सयले घटेर एक लाख ३६ हजार नौ सय रुपैंयामा कारोबार भएको थियो । आज पनि छापावाल सुन सोही मूल्यमा नै कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसै, आजर चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।...
चुरे संरक्षण अभियान्ताले राष्ट्रपति चुरे संरक्षण समितिको कार्यालय घेराउ गर्ने

चुरे संरक्षण अभियान्ताले राष्ट्रपति चुरे संरक्षण समितिको कार्यालय घेराउ गर्ने

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । आफूहरुको माग सुनुवाई नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियान्ताले आज राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गर्ने भएका छन् । मधेशका विभिन्न जिल्लाबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं आइपुगेका २३ जना अभियान्ताहरुले चुरे पहाड दोहन, उत्खनन् र वन जंगल फडानीका कारण आफूहरु समस्यामा परेको र आफूहरुले उठाउँदै आएको माग पुरा नभएको भन्दै सो कार्यालय घेराउ गर्न लागेका हुन् । उनीहरु विगत ३ दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहे पनि हालसम्म उनीहरुको माग सम्बोधन हुन सकेको छैन । उनीहरु गत बिहीबार काठमाडौं आइपुगेका थिए । टोलीले राष्ट्रपति चुरे संरक्षण समितिको कार्यालयबाट हालसम्मको प्रगति विवरणसमेत माग गर्ने एक अभियान्ताले बताए । समितिको कार्यालयमा ज्ञापनपत्र बुझाइसकेपछि आजै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा पनि ज्ञापनपत्र बुझाउने उनीहरुको ...