अर्थतन्त्र

सेयर बजार ६.२२ अंकले बढ्यो

अर्थतन्त्र
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२२ अंकले बढेको छ । ०.२९ प्रतिशतले बढेसँगै परिसूचक २०८५ विन्दुमा पुगेर रोकिएको छ । सोमबार ३.९२ अंकले घटेको नेप्से परिसूचक मंगलबार ६.२२ अंकले बढेको हो । मंगलबार १२५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ११४ वटा कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर छ । परिसूचक बढेको दिन मंगलबार ४ अर्ब ८ करोड ७ लाख रुपैयाँभन्दा बढीको ८३ लाख ५ हजार कित्ताभन्दा बढी सेयर किनबेच भयो ।...

नेप्सेमा ३.९७ अंकको गिरावट, लघुवित्त समूहमा उच्च वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.९७ अंकको गिरावट आएको छ । आज नेप्से ०.१९ प्रतिशतले घटेर २०७९.०७ विन्दुमा आएर रोकिएको छ । आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार चार अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रूपैयाँको कारोबार भएकोमा सोमबार चार अर्ब ४० लाख ७० हजार २४३ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ कमी आएको हो। यस दिन ३१६ वटा धितोपत्रको ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच भएको हो। सोमबार ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६७० रूपैयाँ कायम भएको छ।...
कान्ति लोकपथः मर्मतपछि आजदेखि पुनः सञ्चालन

कान्ति लोकपथः मर्मतपछि आजदेखि पुनः सञ्चालन

अर्थतन्त्र, ताजा अपडेट, समाचार
ललितपुर । चैत १ गतेदेखि बन्द रहेको कान्ति लोकपथ पुनः सञ्चालनमा आएको छ । पूर्ण रुपमा मर्मतसम्भार सम्पन्न भएपछि सो मार्ग खुला गरिएको कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । उनले भने, ‘ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्री डाँडाबाट छपेलीतर्फ कार्की बासको साँघुरो ठाउँमा कटिङ सकिएको छ, काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको छ । ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी छ । बहुवर्षीय टेण्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी रहेको छ । बाँकी काम अर्को आवमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालन हुनेछ ।’ वैशाख १५ गतेदेखि आंशिकरुपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले पूर्णरूपमा क्षति ...
ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन प्रतितोला एक हजारले घटेको हो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी प्रतितोला २५ रुपैंयाले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।...
आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

अर्थतन्त्र, समाचार
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–०८२ मा सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । नेपाललाई आकर्षक भ्रमण गन्तव्यको रुपमा विकास गर्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने सरकारले योजना बनाएको छ । नयाँ आर्थिक वर्षको बजेटको बुँदा नम्बर ६५ देखि ७६ सम्म पर्यटनसँग सम्बन्धित कार्यक्रम तथा परियोजना समेटिएको छ । जसमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । पर्यटन पूर्वाधारको विकास एवं नयाँ गन्तव्यको खोजी, सीमा क्षेत्रमा होटल तथा क्यासिनो सञ्चालन गर्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना अर्थमन्त्री पुनले अघि सारेका छन् । नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने, पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने अर्थमन्त्री पुनले बजेट व...

कर्णाली प्रदेशको कुल बेरुजु २२ अर्बभन्दा माथि

अर्थतन्त्र, बिशेष, समाचार
सुर्खेत । कर्णालीमा प्रदेश र स्थानीय तहको गरी कुल बेरुजु २२ अर्ब ७५ करोड ७३ लाख ६४ हजार बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षक प्रमुख तिलक परियारलाई बुझाएको आर्थिक वर्ष आव २०७९–८० को प्रतिवेदन अनुसार गत वर्ष प्रदेश सरकारको ९६ करोड ७७ लाख ५२ हजार बेरुजु देखिएको हो । सो बेरुजु लेखा परीक्षण गरिएको कुल बजेटको २।५९ प्रतिशत हो । महालेखा परीक्षकको कार्यालयले गत वर्ष प्रदेशका मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयदेखि समितिहरूको गरी १५५ वटा निकायको ३७ अर्ब ३३ करोड ६८ लाख ०७ हजारको लेखा परीक्षण गरेको थियो । महालेखाका अनुसार गत वर्षसम्म कर्णाली प्रदेशको ४ अर्ब ३४ करोड १५ लाख ८५ हजार बेरुजु थियो । अहिले एक अर्ब ३७ करोड ९० लाख ४९ हजार बेरुजु फर्स्यौट गरिएको छ । गत आवको ९६ करोड ७७ लाख ५२ हजार समेत अद्यावधिक भई अब कर्णालीको कुल बेरुजु ३ अर्ब ९४ करोड ...

अब काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क नलाग्ने

अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । अब काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । महानगरले एक सुचना जारी गर्दै महानगर क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था मिलाएको बताएको हो । पहिले महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका थिए । निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएसँगै शुल्क हटाउन लागिएको बताइएको छ । सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । सूचना विपरीत सा...

प्राधिकरणले भारतमा विद्युत निर्यात थालेको भन्दै परिसंघको आपत्ति

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत रहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात थालेको भन्दै आपत्ति जनाएको छ । परिसंघले एक विज्ञप्ति जारी गर्दै विद्युतको अभावमा विगत तीन महिनादेखि उद्योगहरु मारमा परेको भन्दै उद्योगहरुमा विद्युतको अभाव भइरहँदा भारतलाई बिक्री गर्नु उपयुक्त नभएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघ जोडदार माग गर्दछ ।’ स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउने काम भएको परिसंघको आरोप छ । विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आएपनि प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत् आयात नगरेको परिसंघ भनाइ छ । विद्युत् प्राधिकरणले सोमबार...
प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्थतन्त्र, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरूले आर्थिक वर्ष २०७७७८ मा मुगुको सोरु गाउँपालिका वडा नं। ७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र...

सहकारी हिनामिना प्रकरणः एक जना सांसदसहित ३५ जना विरुद्ध मुद्दा दर्ता गरिँदै

अर्थतन्त्र, समाचार
नवलपरासी । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिने भएको छ । सो सहकारीको रकम हिनामिना गरेको आरोपमा सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गर्न लागेको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही आधारमा सरकारी वकिलको कार्यालयले शुक्रबार मुद्दा दर्ता गर्न लागेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए । “प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमासहकारीको रकम हिनामिना गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेत, उहाँका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थाप...