अर्थतन्त्र

यस्तो छ आजको विदेशी विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६५ रुपैयाँ रहेको छ ।...
एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थतन्त्र, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ ।यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो ।  त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा झरेको छ ।...

प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक– २०८१ पास गरिदैं

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। ​बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक– २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। विधेयक पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् आग्रह गरिएको छ ।त्यस अघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची पनि तय भएको छ आजको बैठकमा राष्ट्रियसभाले गरेको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा टेबुल गरिने सम्भावित कार्यसूचीमा जनाइएको छ।...
दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.४४ अंकले घट्दै २ हजार ६८.३१ विन्दुमा झरेको छ । लामो समयपछि बुधबार झिनो अंकले बढेको नेप्से सूचक आज ०।५० प्रतिशतले गिरावट आएको हो । बुधबारको  तुलनामा बिहीबार कारोबार भने बढी भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । २.२७ अंकले नेप्से सूचक बढको बुधबार ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बिहीबार फाइनान्स र म्युचुअल फन्ड बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक १।८२ प्रतिशतले बढेको छ भने बिहीबार म्युचुअल फन्डको उपसूचक ०.१३ प्रतिशतले बढेको छ । ...

आज कुन विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं ।  बिहीबार नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.३७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.४२८रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।...
२ अंकले बढ्यो नेप्से

२ अंकले बढ्यो नेप्से

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । लगातार घटिरहेको नेप्से परिसूचक बुधबार दुई अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज नेप्से २.२७ अंकले बढेर २०७८।७६ विन्दुमा बन्द भएको छ। मंगलबारका तुलनामा भने आज कारोबार रकम घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो। मंगलबार चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार ८८४ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रूपैयाँको सेयर कारोबार भएको छ। आज ३०८ वटा धितोपत्रको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ । बुधबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन नेपाल फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।...

मेलम्ची खानेपानीलाई दुई अर्ब अनुदान दिँदै एडीवी

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौं । एशियाली विकास बैंक (एडीवी) ले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९दशमलव७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीले २ अर्ब भन्दा बढी नेपाली रुपैंया अनुदानमा उपलब्ध गराएको हो । बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएको थियो । २ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भएपनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसंगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको छ ।...

धितोपत्र बोर्डको अध्यक्ष पदको प्रक्रिया रद्द हुने सम्भावना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पदको प्रक्रिया रद्द हुने सम्भावना देखिएको छ । बुधबारका लागि कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि तीनैजना उम्मेदवारलाई बोलाइए पनि उनीहरु फेरि अनुपस्थित भएपछि रद्द हुने सम्भावना देखिएको हो । स्रोतका अनुसार ९ बजेका लागि बोलाइएको अन्तर्वार्तामा उनीहरु अनुपस्थित भएका थिए । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । आइतबार २ जना मात्रै उपस्थिति भएका थिए । बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो । सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका दिएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल...

आजको विदेशी विनिमय दर, कुन देशको कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिद दर १३३.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७६ रुपैयाँ रहेको छ।त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.६८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३२ रुपैयाँ रहेको छ। यता अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४७ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६९ रुपैयाँ रहेको छ । यस्तै साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६५ रुपैयाँ रहेको छ ।मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ...
उच्च अंकले घट्यो नेप्से

उच्च अंकले घट्यो नेप्से

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । लगातार घटिरहेको शेयर बजार (नेप्से) आज पनि उच्च अंकका साथ घटेको छ । मंगलबार शेयर १८.७६ अंकले घटेको हो । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात सय ३४ कित्ता शेयर ५८ हजार एक सय १९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैंकिङ एक दशमलव १६, विकास बैंक शून्य दशमलव ८७, वित्त एक दशमलव शुन्य चार, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ८७ र लगानी समूहको उपसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा समूह शून्य दशमलव ९८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६४ र म्युचुअल फन्ड शून्य दशमलव ७२...