अर्थतन्त्र

आइएमई लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार नक्सालको भाटभटेनी नजिकको आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्टमा सो साधारण सभा सम्पन्न भएको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १. ३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निणर्य गरेर प्रस्तावित लाभांश सभाले पारित गरेको छ। सभाले अध्यक्षको प्रतिवेदन,आर्थिक वर्ष(आव) २०७९÷०८० को वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदन आव २०७९र८० वासलात,नाफा नोक्सान हिसाब,इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरु सहितको वितीय विवरण पनि पारित गरेको हो। कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आव २०८०र०८१ को लागि लेखापरिक्षण समिति...
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने

असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले सोमबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।  नवीकरणका लागि आ(आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ । बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।...
४.५९ अंकले घट्यो सेयर बजार

४.५९ अंकले घट्यो सेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं। आइतबार सेयर बजार ४.५९ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.५९ अंकले घटेर बन्द भयो । यो ०.२२ प्रतिशतको गिरावट हो । ०.२२ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०७३ विन्दुमा आएर रोकिएको छ । यसक्रममा आइतबार ९७ वटा कम्पनीको मूल्य बढेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य भने स्थिर छ । आइतबार परिसूचक घटेको दिन पनि ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसले आइतबार नेप्सेमा देखिएको ‘सेल प्रेसर’ झल्काउँछ । परिसूचक सामान्य अंकले घटेपनि ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् ।...
ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं। विगत केही दिनयता निरन्तर उकालो लागेको सुन आज एकै दिन ४ हजार रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४ हजार रुपैयाँले घटेर सुनको कारोबार सुरु भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम रहेको जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ थियो । महासङ्घले आज चाँदीको मूल्य समेत घटेको जनाएको छ । महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा ७५ रुपैयाँ घटेको हो । यससँगै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ ।...
घुससहित कपिलवस्तु नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद पक्राउ

घुससहित कपिलवस्तु नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद पक्राउ

अर्थतन्त्र, कानुन, ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं ।३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय,चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन्। जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो। अख्तियारले गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरेको छ।उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।    ...
सुनको भाउ फेरी नयाँ उचाइमा

सुनको भाउ फेरी नयाँ उचाइमा

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं। सुनको भाउले फेरि दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भयो । शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मुख्यतः बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो ।  चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० पुगेको छ ।...
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।सरकारले भारत,अमेरिका,कतार,बेलायत,साउदी अरब,दक्षिण कोरिया,मलेसिया,स्पेन,पोर्चुगल,डेनमार्क र इजरायलका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस प्रकारको निर्णय गरेको हो।त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी बन्न भारत जाने निर्णय भएको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गर्ने निर्णय गरेको बताइन् । ...
नेप्से परिसूचक १.९३ अङ्कले घट्यो

नेप्से परिसूचक १.९३ अङ्कले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.९३ अङ्कले घटेको छ । यससँगै नेप्से परिसूचक २०७७.७८ बिन्दुमा आइपुगेको छ । यससँगै साताको कारोबारको ५ दिनमध्ये ३ दिन घटेर तथा २ दिन बढेर बजार बन्द भएको छ । यो साताको आइतबार र मंगलबार नेप्से परिसूचक बढेको थियो । यसबाहेक सोमबार, बुधबार र बिहीबार परिसूचक घट्यो । आज बिहीबार ०.०९ प्रतिशतले सूचक घट्दा १०१ कम्पनीको मूल्य बढेको छ । यस्तै १३५ वटा कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य भने घटबढ भएको छैन । यस क्रममा २ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल र मध्य सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९।९८ प्रतिशतले बढेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । यो कम्पनीको १८ करोड ६८ लाख रुपैयाँ बराबरको ...
सुनको मूल्यले रेकर्ड तोड्यो

सुनको मूल्यले रेकर्ड तोड्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च हुदै नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार जेठ २२ गते तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ रेकर्ड भएको सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात् बुधवार केही घटेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भए पनि बिहीबार पुनः १८ सय रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार रुपैयाँ पुगेको हो । यसअघिका रेकर्डलाई तोड्दै आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो। महासङ्घका अनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँ थियो ।...
उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ

उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं ।नेपाली बजारमा आज -बुधबार सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।मंगलबारको सुनको मूल्य हालसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो।...