अर्थतन्त्र

आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, समाचार
काठमाडौं – आज २०८१ साल जेठ ३२ गते शुक्रबार सन् २०२४ जुन १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.१४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँ रहेको छ ।...
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, कार्यसूचीसहित

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, कार्यसूचीसहित

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।यसैगरि वन तथा वातावरण मन्त्रालय,खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने जनाइएको छ। बैठकमा मन्त्रालयको खर्च घटाउन सांसदले प्रस्ताव पेश गर्ने र ती प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयद्धारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ। हेर्नुहोस् सम्भावित कार्यसूची...
नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो–२०२४को तयारी पुरा,आज बिहान ९ बजे उद्घाटन गरिदै

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो–२०२४को तयारी पुरा,आज बिहान ९ बजे उद्घाटन गरिदै

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । नेपालमा आयोजना हुन गइरहेको ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट)–२०२४’ को सम्पूर्ण तयारी पुरा भएको छ । हिजो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो नाइटको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था समिट इभेन्ट्सका प्रबन्ध निर्देशक तथा नाइटका संस्थापक÷संयोजक विष्णु पाण्डेले जानकारी दिए।उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको दुई दिने (जेष्ठ ३२ र असार १ गते (१४–१५ जुन २०२४) सो नाइटको आज शुक्रबार बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा उद्घाटन हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले उद्घाटन गर्ने उक्त नाइटलाई काठमाडौं महानगरपालिकाले सहयोग गरेको छ।भने,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र विभिन्न संघसंस्थाहरुले सहकार्य गरेका छन्। नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी...
मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गरिने

मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गरिने

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, वातावरण, समाचार, स्थानीय
काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरेका छन् । मन्त्री तामाङ हालै नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेर थातथलोको अवलोकन गरेका हुन् ।मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोषगरेका छन् । मन्त्री तामाङले यो वर्षको बजेटमार्फत त्यस स्थानमा सङ्ग्राहलयबनाउन ग्लान समाजको संयोजनमा ‘ग्लान उद्गमथलो ङारदिमसंरक्षण तथा प्रवर्द्वन केन्द्र’शिर्षकमा ९० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको जानकारी दिएका छन् ।यसैबीच थातथलो अवलोकनको क्रममा बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यसकोठाउँको संस्कृति जोगाउनुपर्ने बताएका छन् । उनले भने,‘ग्लानहरुले खोज्दैआउँदा ग्लानको थ...
नेप्सेमा ९.३२ अंकको गिरावट

नेप्सेमा ९.३२ अंकको गिरावट

अर्थतन्त्र, समाचार
काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार ३ कारोबार दिन बढेर बिहीबार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से ९.३२ अंक ९० ४३ प्रतिशतले गिरावट भएर २११२.२९ को बिन्दुमा बन्द भएको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकम बढेको छ । साताभर नयाँ सूचीकृत भएर लकइन नखुलेको हाइड्रोपावर र अन्य कम्पनी तथा सेयर सप्लाई न्यून भएको कम्पनीमा कनरिङ गर्दै मूल्य बढाएका लगानीकर्ताले नाफा बुक गर्दा बिहीबार कारोबार रकम बढेर करिब साढे ६ अर्ब पुगेको हो ।...
“डिजिटल रुपान्तरणलाई अँगाल्दै” आइएमई :  २४ औँ वसन्तमा प्रवेश

“डिजिटल रुपान्तरणलाई अँगाल्दै” आइएमई : २४ औँ वसन्तमा प्रवेश

अर्थतन्त्र, ताजा अपडेट, समाचार
मनिषा गुरुङ काठमाडौं।नेपाली रेमिटेन्सको क्षेत्रमा अब्बल बन्न पुगेको आइएमईले आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ । स्थापना कालदेखि २४ औं वार्षिक उत्सव मनाइरहँदा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित भएको छ। “डिजिटल रुपान्तरणलाई अँगाल्दै” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आएको सो कम्पनीले बुधबार स्थापनाको २४ औँ वार्षिकोत्सव अवसरमा काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरेर वार्षिक उत्सव मनाएको हो। कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यावसायिक यात्रा बारे स्पष्ट पारेका थिए।उनले आइएमईले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा मानिएको रेमिटेन्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्राउने र यसको व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान पुर्‍याउने कम्पनीको रूपमा योगदान पु¥याउँदै आएको जिकिर गरे। साथ...
ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सम्झौता

ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सम्झौता

अर्थतन्त्र, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं ।ग्लोबल आइएमई बैंक र गुरू ट्राभल्सबीच व्यवसायिक सम्झौता भएको छ । बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले हालै सम्झौता पत्रमा सयुक्त रुपमा हस्ताक्षर गरेका छन्। सम्झौतापछि बैंकका कर्मचारी तथा ग्राहकहरूले ट्राभल्सबाट विभिन्न ट्राभल प्याकेजहरुमा १० हजारसम्मको स्पेशल छुट लगायतका अवसर पाउने बताइएको छ ।त्यसैगरी ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा रु ५०० बराबरको स्पेशल छुट लगायत अन्य विभिन्न सेवामा अफरहरू प्राप्त गर्ने बैंकले जनाएको छ । सम्झौतापछि बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेलले गुरू ट्राभल्ससँगको सहकार्यले दुबै पक्षलाई व्यवसयीक सफलता प्राप्त हुने र आफ्ना सेवाग्राहीहरुलाई पनि लाभ हुने भन्दै सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।...
नेप्से ६.३७ अंकले बढ्यो

नेप्से ६.३७ अंकले बढ्यो

अर्थतन्त्र, समाचार
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन एकल अंकको सामान्य गिरावट भएको बजार परिसूचक नेप्से त्यसयताको ३ कारोबार दिनमा भने वृद्धि भएको हो । मंगलबार ३३.१५ अंकले बढेको नेप्से बुधबार ६.३७ अंक ९०.३०० प्रतिशतले वृद्धि भएर २१२१.६२ को बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ४९ करोड बराबर कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघ्दा बुधबार करिब ६ अर्बको कारोबार भएको छ । बुधबार ७४ हजार ८ सय ५४ वटा कारोबारमा १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ८९ करोड ४१ लाखको कारोबार भएको छ । जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २७ करोड ६४ लाखको कारोबार भएको छ ।...

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी तयारी

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । आजदेखि आगामी असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ ।...
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

अर्थतन्त्र, समाचार
काठमाडौं। नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो ।  आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । त्यसअघि शुक्रबार भने सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ कायम थियो । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्यचाहिँ केही घटेको छ । सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ ।...