स्वास्थ्य

महिलाको डिम्बासयबाट १८‍.६ किलोको ट्यूमर निकालियो

महिलाको डिम्बासयबाट १८‍.६ किलोको ट्यूमर निकालियो

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
२६, माघ काठमाडौं । एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० सेन्टिमिटर आकारको ट्यूमर निकालिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले हालै ३९ वर्षीया महिलाको डिम्बासयबाट उक्त ट्यूमर शल्यक्रिया गरी सफलतापूर्वक निकालेका हुन् । मोरङकी ती महिलाको शल्यक्रिया प्रतिष्ठानका गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा। रमेश श्रेष्ठको नेतृत्वमा भएको सहप्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिए । सामान्यतया डिम्बाशयको ट्यूमर भन्नाले महिलाहरुमा प्रजनन् अङ्गको रुपमा रहेको डिम्बाशयको कोषिका अनियन्त्रित रुपमा बढ्दै जानु हो । महिलाहरुमा सामान्यतया यो डिम्बाशय पाठेघरको माथिल्लो भागको दाँया र बाँया दुवै भागमा टाँसिएर रहेको अवस्थामा हुन्छ ।...
तीन दिनमा ३९ प्रतिशत किशोरीले लगाए एभपिभी खोप

तीन दिनमा ३९ प्रतिशत किशोरीले लगाए एभपिभी खोप

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं, माघ २५ गते । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा तीन दिनमा ३९ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप अभियान सुरु भएको तेस्रो दिन ३९.४६ प्रतिशत अर्थात् छ लाख ६१ हजार छ सय किशोरीले एचपिभी खोप लगाएका हुन । प्रदेश अनुसार कोशी प्रदेशमा एक लाख दुई हजार ९६९, मधेश प्रदेशमा ७३ हजार ३९२, बागमती प्रदेशमा एक लाख ३८ हजार १४६ किशोरीले खोप लगाएका छन् । त्यसैगरी, गण्डकी प्रदेशमा ५६ हजार, लुम्बिनी प्रदेशमा एक लाख ४३ हजार ३४, कर्णाली प्रदेशमा ४५ हजार ४४१, सुदूरपश्चिम प्रदेशमा एक लाख दुई हजार ६२६ किशोरीले एचपिभी खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।...
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक माग,कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक माग,कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
२५ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।बिहीबार सार्वजानिक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको मन्त्रालले जनाएको छ । तत्कालीन निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल गत २५ भदौमा सकिएको थियो ।त्यसयता बोर्ड निमित्तको भरमा सञ्चालन भइरहेको छ । बोर्डको कार्यकारी निर्देशक पद खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिने प्रावधान छ । बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिले सूचना जारी गर्दै दश दिनभित्र मन्त्रालयमा दरखास्त पेश गर्न भनेको छ। यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र,व्यवस्थापन,कानून,चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्रसम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ...
प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

ताजा अपडेट, ब्यानर-२, राजनीति, स्वास्थ्य
२२, माघ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन्। बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेको हो । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।...
देशभर १० देखि १४ वर्षसम्मका किशोरीलाई आजबाट निःशुल्क ‘एचपीभी’ खोप

देशभर १० देखि १४ वर्षसम्मका किशोरीलाई आजबाट निःशुल्क ‘एचपीभी’ खोप

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२२, माघ काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक...
एचपीभी खोप अभियानको तयारी पूरा

एचपीभी खोप अभियानको तयारी पूरा

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१६, माघ काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानको तयारी पूरा भएको छ । यहीँ माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने खोप अभियानको तयारी पूरा भएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा।अभियान गौतमले माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा दुई साताको खोप अभियानका लागि तयारी पूरा भएको बताएका हुन् । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीहरूलाई एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तीमा १० प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तीमा १० प्रतिशत महिलाको उपचार गरिने छ ।...
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
१५, माघ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरुपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ । यही हप्ता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।...

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार, स्वास्थ्य
१४, माघ भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु। एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन् । आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।”उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।...
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड

प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
११, माघ सिरहा । प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्दै त्यस्ता औषधिको बिक्रीलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार लहानमा नेपाल औषधि व्यवसायी सङ्घ मधेस प्रदेशको नवनिर्वाचित समितिको शपथ ग्रहण कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश खन्दवालले औषधि बिक्रीका बेथिति रोक्न नियमित अनुगमन गर्नुपर्ने बताए ।...

त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द

ताजा अपडेट, समाचार, स्वास्थ्य
५ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । गत भदौदेखि स्वास्थ्य बीमा कार्यक्रमले पठाएको नयाँ दररेट लागू गर्न नसक्ने भन्दै अस्पतालले बीमामार्फत सेवा दिन छोडेको हो । अस्पताल प्रशासनका अनुसार गत पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने गरेको भर्ना, शल्यक्रियालगायतका सेवा पूर्ण रूपमा ठप्प छन् । त्रिवि शिक्षण अस्पतालमा ०७७ मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । ‘स्वास्थ्य बीमा बोर्डले गत भदौबाट प्याकेजको व्यवस्था लागू गरेको थियो । प्याकेजको दर नमिलेका कारण अस्पतालमा सेवा दिन सकिएको छैन,’ अस्पतालका निमित्त निर्देशक डा. घनश्याम गुरुङले भने, ‘भर्ना गरेर राखेका बिरामीले स्वास्थ्य बीमामार्फत सेवा पाएका छैनन् ।’...