समाचार

सरकारी कार्यालयमा पेन्सन नपाउने कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारी कार्यालयमा पेन्सन नपाउने कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२, वैशाख काठमाडौं । सरकारी सेवामा काम गर्ने तर, पेन्सन नपाउने कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुने भएका छन् । सरकारी कोषबाट पारिश्रमिक पाउने तर निवृत्तिभरण नपाउने कर्मचारीहरू कोषमा योगदानकर्ताको रूपमा अनिवार्य सूचीकृत हुनुपर्ने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८१ चैत १५ गते पेन्सन नपाउने तर, सरकारी कोषबाट पारिश्रमिक पाउने कर्मचारीहरूलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने निर्णय गरेको थियो । सोही आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारी कोष प्रदेश सरकार वा स्थानीय तहको सञ्चित कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै कुनै निकायको कोष  बाट पारिश्रमिक पाउने व्यक्ति कोषको योगदानकर्ताको रूपमा सूचीकृत भएका हुन् । त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलब...
दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते

दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते

ताजा अपडेट, वातावरण, समाचार
२,वैशाख काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१, राई डाँडामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ । दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । बगनासकालीको घोरबन्दादेखि तानसेन बर्तुङ्तर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल उकालोमा अचानक ब्याक भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दर्लामीसँगै १८ वर्षीय छोरा मन्दिप घाइते हुनुभएको थियो । घाइते दुबैलाई उपचारको लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । घाइते मन्दिप दर्लामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।...
गैँडाको शून्य चोरी सिकार पाँच सय दिन कट्यो

गैँडाको शून्य चोरी सिकार पाँच सय दिन कट्यो

ताजा अपडेट, वातावरण, समाचार
२, वैशाख चितवन । दुर्लभ एकसिंगे गैँडाको चोरी सिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरी सिकारी हुन नपाएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुई वटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो । यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरी सिकार हुन नपाएको उनले बताए । चालु आर्थिक वर्षको हालसम्म २४ गैँडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् । सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बूढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । निकुञ्ज आसपास बसोबास ...
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक जारी

शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक जारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२, वैशाख काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न मन्त्रीहरू छलफलमा जुटेका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किँदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरू छलफलमा जुटेका हुन् । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईसहितको बैठक जारी छ । शिक्षकको सेवा सुविधाका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लिग मन्त्रीहरूको बैठक बसेको हो । अहिले संसद नबसेको अवस्थामा मन्त्रिपरिषद् र मन्त्रालयस्तरको निर्णयबाट शिक्षकका माग सम्बोधन गर्ने गरी सरकारले तयारी थालेको छ । त्यसकै लागि आज मन्त्रीहरू छलफलमा जुटेका हुन् ।...
प्रि-ओपन सेसनमा नेप्से परिसूचक १६.४३ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १६.४३ अंकले बढ्यो

अर्थतन्त्र, वातावरण, समाचार
२, वैशाख काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १६.४३ अंकले घटेर २६७८.५१ विन्दुमा अडिएको छ । यो समयमा ५६ स्क्रिप्सको ५० हजार ७५८ कित्ता सेयर २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये ३६ स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ भने दुई वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।...
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द

वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द

ताजा अपडेट, वातावरण, समाचार
२, वैशाख काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको रातको समयमा बन्द गर्न थालिएको छ । दाउन्ने क्षेत्रमा सडक विस्तार छिटो सम्पन्न गर्न रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । गएरातिदेखि वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने उनले बताए । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२, वैशाख काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँले घटेर एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १५ रुपैयाँले घटेर एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।...
त्रिविमा आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

त्रिविमा आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
२, वैशाख काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ । परीक्षा नियन्त्रक जोशीले आफ्नै पद्धती तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको बताए । तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए । उनका अनुसार आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।...
सिन्दुर खेलेर  भक्तपुरमा मनाइयो सुथसिया जात्रा

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२, वैशाख काठमाडौं । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दुर खेल्दै रमाउँदै आज भव्य रूपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् । थिमिमामात्र मनाइने यो जात्रामा एकअर्कामा स...
जाजरकोटमा फेरि अर्को भूकम्प

जाजरकोटमा फेरि अर्को भूकम्प

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२, वैशाख काठमाडौं । जाजरकोटमा मंगलबार फेरि भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा कुशे गाउँपालिकाको पैंक केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएकोमा मंगलबार पुनः अर्को भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ५३ मिनेट जाँदा पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । दुवै भूकम्पको कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन । लगातारको भूकम्पले जाजरकोट र आसपासका बासिन्दा आतङ्कित भएका छन् ।    ...