बुढानीलकण्ठ नगरपालिकाको चौथो वृत्ति तथा रोजगार मेला सुरु,१००जनाले तत्काल रोजगार प्राप्त गर्ने
सीता पौडेल
२, फागुन काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको चौथो वृत्ति तथा रोजगार मेला आजदेखि सुरु भएको छ ।मेलामा रोजगारीको लागि फारम भरेका क्षमतावान बेरोजागार १०० जना युवालाई मेला अवधिमा नै रोजगारीमा जोडिने भएको छ ।
आज शुक्रबार बिहान ९ बजेदेखि नगरपालिकाको प्रांगणमा शुरु भएको सो मेलाको शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री माननीय विद्या भट्टराईले उद्घाटन गरेकी थिइन्।
शिक्षा,सीप र उत्पादकता हाम्रो प्राथमिकता’नारासहित भन्ने नारासहित शुरुभएको सो मेलामा युवा रोजगारी तथा वृत्ति परामर्शलाई विशेष प्राथमिकतामा राखेर मेला सञ्चालन भइरहेको छ ।
शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजना तथा इन्स्योर दोस्रो परियोजनाको सहकार्यमा आज र भोली दुईदिन सम्म सञ्चालन हुने उक्त मेलामा सहभागि मध्येबाट १०० जनाले तत्काल आफ्नो रुची र क्षमता अनुसारको रोजगारी प्राप्त गर्ने निश्चित भएको नगरपालिको सामाजिक विकास...









