समाचार

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१७, भदौ पाल्पा । पाल्पाको रामपुर नगरपालिका(१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज (सोमबार) बिहान दुर्घटना हुँदा रामपुर(१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्कीएको प्रहरीले जनाएको छ ।...
प्रधानमन्त्रीलाई ‘काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ को प्रगतिबारे जानकारी

प्रधानमन्त्रीलाई ‘काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ को प्रगतिबारे जानकारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१७,भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रुपमा सञ्चालित गैह्रनाफमूलक ‘काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त संस्थाका अध्यक्ष डा. भगवान कोइराला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले इच्छाशक्ति भएमा सुरुमा पैसा नभए पनि यस्ता काम अघि बढ्ने रहेछ भन्ने पुष्टि उक्त संस्थाले पेस गरेको बताए । उनले बिरामीसँग पैसा नभए पनि सहज उपचार पाउने वातावरणका लागि उक्त संस्थाको सोच रहेकामा प्रशंसा व्यक्त गरे ।...
गाउँमै अध्ययन गर्ने विद्यार्थीको भर्ना र मासिक शुल्क गाउँपालिकाले व्यहोर्ने

गाउँमै अध्ययन गर्ने विद्यार्थीको भर्ना र मासिक शुल्क गाउँपालिकाले व्यहोर्ने

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
१७, भदौ सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका क्याम्पसमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीलाई गाउँपालिकाले नै भर्ना, मासिक शुल्कलगायतका शुल्क व्यहोर्ने भएको छ । स्नातक अध्ययन गर्ने विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गएपछि विद्यार्थी बढाउन गापाले भर्ना, मासिक शुल्कलगायतको शुल्क छात्रवृत्ति स्वरुप व्यहोर्न लागेको हो । सुनकोशी गापामा दुई क्याम्पस छन् । वडा नं ७ मा सुनकोशी क्याम्पस र वडा नं १ मा ठोकर्पा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । ती क्याम्पसहरुमा व्यवस्थापन र शिक्षा सङ्काय पढाइ हुन्छ । तर स्नातक अध्ययन गर्ने विद्यार्थीहरुको रुचिमा दुवै क्याम्पसमा नपरेपछि क्याम्पस सञ्चालनमा मुस्किल परिरहेको छ । विद्यार्थी अभावमा क्याम्पस बन्द गर्नुपर्ने समस्या आउन नदिन गापाले विद्यार्थीको भर्ना, मासिक शुल्क व्यहोर्ने भएको हो । सुनकोशी गापाका सात वडाका विद्यार्थीले मात्रै उक्...
आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक

आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१७,भदौ काठमाडौं । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् । सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् । अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को अगष्टमा छ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।...

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१७, भदौ म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भने, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् । तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत ...
आज कुशे औंसी : गोकर्णेश्वरमा पितृ पूजा

आज कुशे औंसी : गोकर्णेश्वरमा पितृ पूजा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१७ भदौ, काठमाडौं । आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंको गोकर्णेश्वर मन्दिर परिसरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । बुवा हुनेहरुले कुसे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् । तर बुवालाई गुमाएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र बागमती नदी किनारमा श्राद्ध गर्ने गर्दछन् । श्राद्ध गर्नेहरुको आज बिहानैदेखि उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा घुइँचो लागेको छ ।पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्ध गर्नेहरु गोकर्णेश्वरका साथै पशुपति मन्दिर क्षेत्रमा पनि भेला भएका छन् ।...

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष डिसीद्वारा पदभार ग्रहण

कला, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१७, भदौ काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले आज पदभार ग्रहण गरेका छन् । उनले आइतबार सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार गर्ने, बक्स अफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका थिए । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।...

देशमा बेरोजगारी बढ्नुमा कांग्रेस र कम्युनिस्टको हात छ : अध्यक्ष यादव

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१७, भदौ वीरगन्ज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको हात रहेको आरोप लगाएका छन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरूकै कारण भएको बताए । उनले युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । उनले मधेस आन्दोलनको परिणामले नै नेपाल सङ्घीय गणतन्त्र भएको दाबी गरे । उनले भने, ‘गरिबी र बेरोजगारी यति बढेको छ कि आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरूलाई रोजगारीको लागि कुनै स्थान छैन । मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन ...
मुख्यमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण

मुख्यमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१६, भदौ रुकुमपश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर रुकुम पश्चिमको आठबिसकोटमा आकस्मिक अवतरण भएको छ। आइतबार दिउँसो ३ : २५ बजे आठबिसकोट नगरपालिका ९ राडिस्थित रङ्गशालामा हेलिकोप्टर अवतरण भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार डोल्पाबाट सुर्खेतका लागि उडेको हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको हो। सिम्रिक एयरको (कलसाईन नाईन एन(एकेडी) हेलिकोप्टर आकस्मिक अवतरण भएको हो। उक्त हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलसहित पाँच जना रहेको बताइएको छ। हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलकी श्रीमती, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक सवार थियोलगातार वर्षा भएर मौसम खराब बन्दा हेलिकोप्टर आकस्मिक अवतरण भएको प्रहरीको भनाइ छ।...

प्रकाश तामाङले घरमै पाए नागरिकता

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१६, भदौ काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले नागरिकता पाएका छन् । भोजपुर षडानन्द नगरपालिका(१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । गोरखाको चुमभ्यालीबाट काठमाडौँ हुँदै भोजपुर पुगेका प्रकाशको बुवा(आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई नागरिकता दिएका छन् ।...