राजनीति

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला र मौलिक अधिकारकोहरूको जीवनरेखा हो : राष्ट्रपति

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
४, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् । आज यहाँ आयोजित पाँचौं ‘ल एशिया’ तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा उनले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्ने अधिकार सुनिश्चित गर्ने बताए । नेपालमा, लोकतन्त्रप्रतिको जनताको लामो समयदेखिको समर्पण र उत्सर्गले हामीलाई त्यस्तो समाज निर्माणका लागि हरेक दृष्टिबाट प्रेरित गरेको राष्ट्रपति पौडेलको भनाइ थियो । नेपालले लोकतन्त्र प्राप्तिका लागि लामो र कठिन यात्रा तय गरेको उल्लेख गरे । राष्ट्रपति पौडेलले लोकतन्त्रको सङ्घर्षमा धेरै साहसी व्यक्तिहरूले अथक सङ्घर्ष गरेको बताउँदै यो सङ्घर्ष नेपालमा लोकतन्त्रको स्थापना पुनःस्थापना हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न महत्वपूर्ण रहेको उल्लेख गरे ।...
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे राष्ट्रपति

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे राष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
४, फागुन काठमाडौं । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल पुगेका छन् । अस्पतालमा पुगेर आइतबार उनले घाइतेद्वय पौडेल र आचार्यको अवस्थाबारे जानकारी लिएका हुन् । मन्त्री पौडेल र मेयर आचार्यको शनिबार पोखरामा भ्रमण वर्ष घोषणा कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउने क्रममा स्पार्क मेसिनबाट निस्किएका झिल्काहरूसँग सम्पर्क हुन गई दुर्घटना हुन पुगेको थियो । बेलुन फुट्दा आगोको झिल्काले उनीहरुको हात र अनुहारमा जलन भएको थियो ।...
प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना सम्बन्धी निवेदनको सुनुवाइ आज हुँदै

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना सम्बन्धी निवेदनको सुनुवाइ आज हुँदै

ताजा अपडेट, राजनीति, समाचार
४, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको आज सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी इस्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् । उक्त निवेदनको पेसी आजका लागि तोकिएको छ । गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबी अधिवक्ता अर्यालको छ । २४ माघ २०८० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु सम्बन्धी मुद्दाको फैसला गरेको थियो । त्यतिबेला सर्वोच्च अदालतले जग्गासँग सम्बन्धित तीनवटा आदेश जारी गरेको थियो ।...
आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
४, फागुन काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद   बमोजिम प्रतिनिधि सभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। यस्तैगरी गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।...
बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँ : उपमहानगर प्रमुख पाण्डेय

बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँ : उपमहानगर प्रमुख पाण्डेय

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, फागुन बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ । सङ्घीयता कार्यान्वयनपश्चात्को दोस्रो कार्यकालका रूपमा देशभरका सात सय ५३ स्थानीय तहहरूमा जनप्रतिनिधि स्थानीय विकास, कानुन निर्माण र सङ्घीयताको अभ्यास गरिरहेका छन् । यीमध्येको एक बुटवल उपमहानगरपालिकाले यसबीचमा विकास निर्माण, कानुन निर्माण र सङ्घीयताको मर्मबमोजिमका कामहरू गर्दै आएको छ । देशको मध्यभागमा रहेको यो क्षेत्रको बलियो स्थानीय सरकारका रूपमा बुटवल उपमहानगरपालिकालाई चिनिन्छ । विगतमा खस्यौली, बटौली, बुटौलजस्ता नाममा स्थापित अहिलेको बुटवल सयौँ वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अङ्ग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय राजाहरूले यहीँ शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । नुन र कपडाको व्यापारसँग जोडिएको महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग...
भूमिहीन दलितका लागि राज्यले नै जमिन उपलब्ध गराउनु पर्ने वाध्यात्मक : महासचिव पोख्रेल

भूमिहीन दलितका लागि राज्यले नै जमिन उपलब्ध गराउनु पर्ने वाध्यात्मक : महासचिव पोख्रेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३, फागुन काठमाडों । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले भूमिहीन दलितका लागि राज्यले नै जमिन उपलब्ध गराउनु पर्ने वाध्यात्मक भएको बताएका छन् । सरकारले ल्याएको भुमहिन विधेयक विरोध भइरहेको बेला एमाले महासचिव पोख्रेले संविधानको मौलिक हक अन्तरगतको धारा ४० (५० ले भूमिहीन दलितका लागि एक पटक राज्यले नै जमिन उपलब्ध गराउनु पर्ने वाध्यात्मक व्यवस्था गरेको सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सबैमा स्पष्ट परेका हो । त्यसका लागि राज्यले नै आवश्यक जमिनको व्यवस्था गर्नुपर्ने हुन्छ, उनले भने, (मौलिक हक अन्तर्गत नै संविधानको धारा ३७ (१० ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक प्रदान गरेको छ । यस अर्थमा भूमिहीन सुकुम्वासीलाई आवास सुविधाका लागि बसोबास गरेकै ठाउँमा वा उपयुक्त ठाउँमा जमिनसँगै आवास सुविधा उपलब्ध गराउनु राज्यको दायित्व रहेको महासचिव पोख्रेलले बताए । नेपालमा ठुलो सङ्ख्यामा नागरिकहरूले वर...
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२ फागुन,काठमाडौं ।बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक चलिरहेको छ । बालुवाटारमा बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरूको सहभागीता रहेको उल्लेख गरिएको छ । सरकार सञ्चालनका,संसद, अत्यावश्यक कानुन निर्माण लगायतका समसामयिक विषयमा बैठकमा छलफल भइरहेको  जनाइएको छ ।  ...
अध्यादेश राष्ट्रिय सभाबाट पनि बहुमतले पारित हुनेमा प्रधानमन्त्री विश्वस्त

अध्यादेश राष्ट्रिय सभाबाट पनि बहुमतले पारित हुनेमा प्रधानमन्त्री विश्वस्त

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगानी प्रवर्द्धन र आर्थिक गतिविधि सहज बनाउन ल्याएका अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको नेतृत्वमा गएका जिल्ला इन्चार्जहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश दुवै सदनबाट बहुमतले पारित हुने बताएका हुन् । भेटमा प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, नेताहरू आनन्द पोखरेल,पार्वत गुरुङ, मनोजजंग थापा, देवी ज्ञवाली, खेम लोहनीलगायत थिए ।...
त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुंगास्  :प्रचण्ड

त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुंगास् :प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुंगा भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीहरूसँग आज भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् । उनले प्रधानमन्त्रीका रूपमा आफूले भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेका थिए । “भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो देशको समृद्धिका लागि कोसेढुंगा नै हो । उनले भने...
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

ताजा अपडेट, राजनीति, समाचार
२, फागुन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा सामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए । फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ । केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ । सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने बताइएको छ ।...