राजनीति

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

ताजा अपडेट, राजनीति, समाचार
२४, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवासमा मङ्गलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहितका पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्कामा मूल्य समायोजनलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो । प्रधानमन्त्री ओलीले निर्माण व्यावसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउनेगरी काम गर्न आफूूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए।...
शुद्ध पेय जलको व्यवस्था गर्न सरकार क्रियाशील छ : मन्त्री यादव

शुद्ध पेय जलको व्यवस्था गर्न सरकार क्रियाशील छ : मन्त्री यादव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४ पुस धनगढी । खानेपानी मन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेय जलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको बताएका छन् । सुदूरपश्चिमवासीका खानेपानी सम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको औँल्याए । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा आज यहाँ भएको कार्यक्रममा उनले सुदूरपश्चिमवासीका खानेपानी सम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको बताए । आम नेपालीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएर तदनुरूप काम गरिएको मन्त्री यादवले बताए । उनले ‘एक घर एक धारा’को अवधारणालाई साकार पार्न आफू प्रतिबद्ध रहेको बताए । पछिल्लो समय चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएकामा उनले चिन्ता व्यक्त गरे । चुरे दोहन गर्नेलाई कडा कारबाही गर्न जरुरी रहेको उनले समेत बताए ।...
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित :अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित :अर्थमन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, पुस काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौँ समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका मुद्दाहरूलाई ऐन कानून तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका कामहरू अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराए । उनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउने बताए ।  ...
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, पुस काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्य योजना सम्बन्धमा छलफल हुनेछ ।
एमालेलाई निर्णायक शक्ति बनाइने

एमालेलाई निर्णायक शक्ति बनाइने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा जनसरोकारका महत्त्वपूर्ण विषय समेटिएका १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने प्रण गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई समापन सम्बोधन गर्नुहुँदै केन्द्रीय कमिटीका नेतालाई पार्टीमाथिको अभिभारा पूरा गर्न वैचारिक, राजनीतिक रूपमा सुस्पष्ट भएर पार्टीद्वारा निर्णीत कार्ययोजना कार्यान्वयन गर्न कार्यक्षेत्रमा गएर काममा जुट्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले भने , “नेकपा (एमाले) अनुशासित लोकतान्त्रिक पार्टी हो...
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन माग

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणालाई संसदीय समितिमा बोलाउन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले माग गरेका छन् । उनले विदेश भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बोलाउनुपर्ने बताएका हुन् । मंगलबार बसेको समितिको बैठकमा सांसद सुवालले भने, ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बोलाऔँ र विदेश भ्रमणबारे छलफल गरौँ । विदेश भ्रमणका क्रममा भएका सहमति र पहलबारे समितिलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो ।...
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

खेलकुद, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।...
मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि

मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, पुस काठमाडौं । मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि शुरु हुँदैछ। मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा गत १६ गते मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम सिफारिस भएर आएपछि प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको चौथो अधिवेशन पुस २३ गते मंगलबार दिउँसो १ बजेबाट लागू हुनेगरी आह्वान गरेका हुन्। सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गरेपछि प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ३ को उपनियम (१) र (४) बमोजिम प्रदेश सभा सदस्यलगायतको जानकारीको लागि प्रदेश सभा सचिवालयले सूचना जारी गरिसकेको प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए।...

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयासरत छु : स्वास्थ्यमन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, पुस काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोसिस गरिरहेका छौँ ।’ उनले अघिल्लो वर्ष झन्डै ८०र८१ करोड बजेट कान्ति बाल अस्पतालको लागि छुट्याइए पनि एआईए हुन नसकेर प्रक्रिया अगाडि नबढेको बताए । ‘अब छिट्टै काम अघि बढ्छ,’ उनले भने । मन्त्री पौडेलले बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्नेगरी सरकारले काम गरिरहेको बताए । उनले सातै प्रदेशमा बाल उपचारलाई बिस्तार गर्ने नेतृत्वदायी भूमिका गर्ने संस्थाको रूपमा कान्ति अस्पताललाई विकास गर्नुपर्ने बताए ।...
चापागाईंलाई भेट्न माइतीघर पुगिन् शिक्षामन्त्री

चापागाईंलाई भेट्न माइतीघर पुगिन् शिक्षामन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, पुस काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराई नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न माइतीघर मण्डलामा पुगेकी छन् । शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंलाई भेट्न मन्त्री भट्टराई सोमबार त्यहाँ पुगेकी हुन् । मन्त्री भट्टराईसँगै शिक्षा समितिका सभापति अम्मरबहादुर थापा पनि माइतीघर मण्डला पुगेका छन् ।...