राजनीति

सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छ : मन्त्री गुरुङ

सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छ : मन्त्री गुरुङ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, पुस काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । दिगो पर्यटन सहकारी संस्थाद्वारा शनिबार आयोजित १४औँ साधारणसभामा मन्त्री गुरुङले सहकारीहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए ।...
पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, पुस काठमाडौं । सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन् । विश्व हिन्दु महासङ्घले यो अवार्ड हरेक पाँच वर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र संवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गर्ने गर्दछ ।...
कांग्रेसले आगामी चुनाव एक्लै लड्छ : प्रकाशमान सिंह

कांग्रेसले आगामी चुनाव एक्लै लड्छ : प्रकाशमान सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२० पुस, महोत्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन् । नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिवासमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे । केही समयअघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको उनको भनाइ छ । ‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति ब‌ैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छझ, सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’ समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको बताउँदै उनले सेवाभावले सक्रिय हुनुपर्नेमा जोड दिए ।...
रास्वपाको केन्द्रीय समिति बैठक सुरू

रास्वपाको केन्द्रीय समिति बैठक सुरू

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, पुस काठमाडों । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।...
मुख्य सचिवको अवधि २ वर्षमा झार्ने लोकसेवाको प्रस्ताव

मुख्य सचिवको अवधि २ वर्षमा झार्ने लोकसेवाको प्रस्ताव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, पुस काठमाडौं । लोकसेवा आयोगले मुख्य सचिवको अवधि २ वर्षमा झार्ने प्रस्ताव गरेको छ । संघीय निजामती सेवामा यस सम्बन्धी व्‍यवस्था राख्ने आयोगको प्रस्ताव छ । शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सरकार मातहत हुनुपर्छ : लोक सेवा आयोग

प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सरकार मातहत हुनुपर्छ : लोक सेवा आयोग

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१९, पुस काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सरकारका प्रदेश सचिव संघीय सरकारको मातहतमा राख्नुपर्ने प्रस्ताव गरेको छ। शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले संघीयताको सुदृढीकरण र नेपाल सरकारलाई बलियो बनाउने उद्देश्यले यस्तो सुझाव प्रस्तुत गरेका हुन्।“नेपालको प्रतिनिधि प्रदेशले नगर्ने र नेपाल सरकारले गर्ने भएकाले संघीय सरकारलाई बलियो बनाउन यो आवश्यक छ,” अध्यक्ष रेग्मीले आफ्नो तर्क राख्दै भने।...
निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने लोकसेवाको प्रस्ताव

निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने लोकसेवाको प्रस्ताव

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, पुस काठमाडौं । लोकसेवा आयोगले निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने प्रस्ताव गरेको छ । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव समेत गरे । उनको लिखित प्रस्तावमा महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव गरिएको छ भने समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने उल्लेख छ ।...
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, पुस काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरू तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरूमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरू र आगामी दिनहरूमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभाव...
आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभारबैठकमा सम्बोधन गर्दै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताए ।...
प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् । यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्व प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै छन् ।...