राजनीति

संसदीय समितिमा देउवा र ‘प्रचण्ड सहभागी

संसदीय समितिमा देउवा र ‘प्रचण्ड सहभागी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, पुस काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय समितिका बैठकमा सहभागी भएका छन् । देउवा कानुन समितिको बैठकमा र ‘प्रचण्ड’ राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका हुन् । कानुन समितिमा केही नेपाल ऐन संशोधनमा वन तथा वातावरण मन्त्रालयको विषयमा छलफल हुँदै छ । यसैगरी राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल हुँदै छ ।...
विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । ‘मूल्याङ्नको विधि पाठ्यक्रम विकास केन्द्रले बनाउने हो । विज्ञसँग छलफल गरेर १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन भनेको छ,’ मन्त्री भट्टराईले भनिन् । परीक्षामा कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्न गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पनि मूल्याङ्नमा जोड्न लागेको हो । ‘विद्यार्थीको मूल्याङ्कन गर्दा बहुपक्षीय ढंगले गर्नुपर्छ । कति लेख्छ भन्ने आधारमा गरिरहेका छौं । त्यसैले आन्तरिक मूल्याङ्नको विधिलाई परिवतर्न गर्ने निर्णय गरेका हौँ,’ उनले भनिन् । पछि समस्या नआउनेगरी कुन विधिबाट जाने भनेर विज्ञको राय सुझावको आधारमा बनाउने उनले बताइन् ।...
उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा शिक्षामन्त्री भट्टराईको जोड

उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा शिक्षामन्त्री भट्टराईको जोड

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिएकी छन्। राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफलमा उनले अनुसन्धानमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन्। शिक्षामन्त्री भट्टराईले प्रविधि, प्राविधिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन्। उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)  को पुनः संरचना गर्न थालिएको बताइन्। उनले सिटिइभिटीलाई प्रदेश स्तरमा लैजाने तयारीसमेत गरिएको जानकारी दिइन्।...
नतिजा देखिनेगरी काम गरौँ : मन्त्री यादव

नतिजा देखिनेगरी काम गरौँ : मन्त्री यादव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, पुस बुटवल । खानेपानीमन्त्री प्रदीप यादवले निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिनेगरी तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने बताएका छन् । बुटवलस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको हिजो निरीक्षण एवं अनुगमनपछि मन्त्री यादवले मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामको नतिजा देखिनेगरी समयमै काम गर्नुपर्ने बताए । मन्त्री यादवले भने, “मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने सबैभन्दा महत्त्वपूर्ण चिज भनेको पानी हो । नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका हाम्रा सबै खानेपानी आयोजनाको नतिजा देखिनेगरी काम गरौँ ।”...
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, पुस काठमाडौं। नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा. रावल

मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा. रावल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७, पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्व नेता डा। भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरूप नरहेको जिकिर गरेका छन् । पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्व नेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु।” एमाले सचिवालय बैठकले उनलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ। एमालेमा रहँदा उनले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरेको थियो।...
मन्त्रिपरिषद‍्बाट स्वीकृत भयो ऊर्जा विकास मार्गचित्र

मन्त्रिपरिषद‍्बाट स्वीकृत भयो ऊर्जा विकास मार्गचित्र

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, पुस काठमाडौं । ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद‍्बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुला भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा पुस १६ गते मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो । उक्त प्रस्ताव पास भएसँगै अब ठुला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि बाटो खुला हुनेगरी विद्युत् आयोजनाका सबै मोडल खुला गर्ने विषय कार्ययोजनामा राखिएको जानकारी दिए ।...
सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो : अध्यक्ष भण्डारी

सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो : अध्यक्ष भण्डारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
१७, पुस पोखरा । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘वन उद्यम, विकास पर्यापर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक वर्ष डढेलोको प्रकोप बढ्ने गरेको बताए ।...
भीम रावलको प्रश्न : पार्टी सदस्य नै नभएको मान्छेलाई स्पष्टीकरण सोधिन्छ ?

भीम रावलको प्रश्न : पार्टी सदस्य नै नभएको मान्छेलाई स्पष्टीकरण सोधिन्छ ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७ पुस, काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा। भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैं छक्क पर्न पुगेको बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने द्विविधामा परेको जिकिर गरे । ‘६ कात्तिकमा स्पष्टीकरण हात पर्‍यो । मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ । हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो,’ रावलले भने, ‘स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो । पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ । मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन । म छक्क परेँ ।’ उनले अघि प्रश्न गरेका छन्, ‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र रु’ उनले आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह र चरम द्वेष देखिएको बताए ।...

मुकुललाई रास्वपाको पुरानै जिम्मेवारीमा फर्काउन माग

ताजा अपडेट, राजनीति, समाचार
१७, पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासनमा परेका पूर्व महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने माग उठेको छ । कोशीका सभापति राजेश तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् । ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका छन् । तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका छन् ।...