राजनीति

५ देशका राजदूतले लिए शपथ

५ देशका राजदूतले लिए शपथ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, पुस काठमाडौं । विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा। कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा। नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका थिए ।...
आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७, पुस काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चार वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै सवा २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरुसँग छलफल हुनेछ । बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिले मिति २०८१र०५र११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाका सम्बन्धमा छलफल हुनेछ ।  ...
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१७, पुस काठमाडौं । नेकपा (एमाले) बाट निकालिएका नेता डा .भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए । एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । ‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, दुवालले भने, ‘ आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’...
प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त

प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, पुस काठमाडों । प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त भएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई सचिव नियुक्त गरेका हुन् । राईलाई सचिव नियुक्त गर्न सभामुख देवराज घिमिरेले राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल,राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन्।...
संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन

संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, पुस काठमाडौं । संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन भएको छ । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको हो । समितिमा माओवादी उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए।समितिका अन्य सदस्यले पनि सहमति जनाए पछि दलीय आधारमा उपसमिति बनाइएको हो।...
अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन निर्देशन

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन निर्देशन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, पुस काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको बताएका छन् । नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा मन्त्री पाण्डेले पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको र यसैलाई मध्यनजर गरी सरकारको नयाँ पर्यटन नीति तयार भइरहेको बताए । अब छिट्टै नयाँ पर्यटन नीति आउने उनले बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।...
श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल

श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, पुस काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौँमा मंगलबार आयोजित छैटौँ श्रम सांसदलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभई यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताए ।“श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ, त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ”, उनले भने ।...
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थाबाट बिजुली दिइने

फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थाबाट बिजुली दिइने

ब्यानर-१, राजनीति, समाचार
१६, पुस काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–तराई र मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका–८ मान्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थाबाट आपूर्ति गर्ने भएको छ । विद्युत् अभावमा फास्ट ट्र्याक निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको जनाएको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन । फास्ट ट्र्याकको मान्डु माल्टाबेँसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङ लगायत संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको जनाएको छ । फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट वि...
राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, पुस काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । आगामी पुस १९ र २० गते काठमाडौँमा बस्नेगरी बैठक बोलाइएको नेता राजाराम बर्तौलाले जानकारी दिए उनका अनुसार बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै पार्टीका पदाधिकारीबाट संगठन , प्रशिक्षण , महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने छ। बैठकमा अहिले मुलुकमा कायम बेथितिका साथै हिन्दुवादी र राजावादीहरू एक भएर आन्दोलनमा जानुपर्ने विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।...
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, पुस काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । जस अन्तर्गत बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक कार्यसूची रहेको छ । त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ ।...