राजनीति

पत्रकार महासंघको प्रतिष्ठान प्रदेशबाट ओली र शर्मा निर्वाचित

पत्रकार महासंघको प्रतिष्ठान प्रदेशबाट ओली र शर्मा निर्वाचित

ताजा अपडेट, राजनीति, समाचार
२९, मंसिर काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा वीरेन्द्र ओली र सविता शर्मा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रतिष्ठान प्रदेशबाट ओली ४०० मतका साथ विजयी हुन् । यसैगरी निर्वाचित अर्का उम्मेदवार सविता शर्माले ४८७ मत पाउँदा उम्मेदवारहरू साहस भट्ट र नरेन्द्र मानन्धर पराजित भए ।...
पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्षमा पौडेल

पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्षमा पौडेल

ताजा अपडेट, बिशेष, राजनीति, वातावरण, समाचार
२९, मंसिर रसुवा । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, कोषाध्याक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भए । यसैगरी कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने तथा केन्द्रीय परिषद्द्वयमा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन हभएको निर्वाचन संयोजक नुर्वु तामाङले जानकारी दिए । यहाा तेत्तीस मतदाता रहेकामा ३१ मत मात्र खसेको थियो ।...
संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक : सभामुख घिमिरे

संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक : सभामुख घिमिरे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, मंसिर काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गरेका छन् । अठारौँ संघीय संसद् सेवा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उनले संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा तीव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहलकदमीको आवश्यकता रहेको औँल्याए । “समयापेक्ष ऐन निर्माण गरेर त्यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग जुटाएर पहलकदमी लिन जरुरी छ”, सभामुख घिमिरेले भने । सीमित साधन, स्रोतका बीच पनि संसद् सेवाका कर्मचारीले सम्पादन गरेको कार्यको प्रशंसा गर्दै उहाँले संसद्को महत्त्व साकार पार्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । “अपुरा कानुनलाई पूरा गर्ने, आइरहेका चुनौतीलाई सामना गर्नका लागि सुधारका विभिन्न योजना बढाइएको छ, संसद् सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरह...
राष्ट्रिय एकता हाम्रो मूलमन्त्र : प्रधानमन्त्री

राष्ट्रिय एकता हाम्रो मूलमन्त्र : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८, मंसिर काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूलमन्त्र भएको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले शुक्रबार आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभिवृद्धिका लागि आदिवासी जनजाति महिला–राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्‍याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने मा जोड दिए । नेकपा (एमाले) का अध्यक्ष रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र खासगरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको बताउँदै हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने सङ्कल्प गरे।...
नेपाल र चीनबिचका सम्बन्धमा बौद्धधर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री

नेपाल र चीनबिचका सम्बन्धमा बौद्धधर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्धधर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन गर्दै उनले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिनेछ भने । “नेपाल चीन केवल सीमाभन्दा बढी धेरै विषय आदानप्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविस्मरणीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिङ्गन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र समृद्धिको बन्धनमा बाँधिएका छौँ”, प्रधानमन्त्री ओलीले भने, “नेपाल र चीनबीच इतिहासदेखि नै असल मित्रता रहिआएको छ । यो सम्मेलनले मैत्रीको बन्धनलाई गहिरो बनाउनेछ, आपसी सिकाइलाई प्रसारित गर्नेछ र नेपाल, चीन र त्यसभन्दा बाहिरका बौद्ध समुदायहरूबीच शान्ति, करुणा र सहयोगका...
राष्ट्रपतिद्वारा ५ देशमा नेपाली राजदूत नियुक्त

राष्ट्रपतिद्वारा ५ देशमा नेपाली राजदूत नियुक्त

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८, मंसिर काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राष्ट्रपति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।...
पत्रकार महासंघको नेतृत्व चुन्न आज मतदान

पत्रकार महासंघको नेतृत्व चुन्न आज मतदान

ब्यानर-२, राजनीति, समाचार
२८, मंसिर काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । आज महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ । अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा र लाल सिंह (एलएस) लामा उम्मेदवार छन् । शर्मा प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलबाट, विष्ट प्रेस युनियनको विद्रोही, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट तथा सापकोटाले क्रियाशील पत्रकारहरुको साझा मोर्चाबाट उम्मेदवारी दिएका हुन् । लामाले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा शर्मा प्यानलबाट दीपक आचार्य, विष्ट प्यानलबाट रोशन पुरी र सापकोटा प्यानलबाट गोविन्दप्रस...
वायु प्रदूषण न्यूनीकरण आवश्यक छ : मन्त्री शाही

वायु प्रदूषण न्यूनीकरण आवश्यक छ : मन्त्री शाही

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, मंसिर काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई ठूलो प्रभाव पार्ने भएकाले यसको न्यूनीकरण र नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज आयोजित वातावरणीय मानव अधिकार रक्षकको दोस्रो सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण बढ्दै गएको वायु प्रदूषण तथा त्यसको स्रोत पहिचान गरी कार्वन उत्सर्जनमा कमी ल्याउनका लागि थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।...
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिँदै

गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिँदै

ताजा अपडेट, राजनीति, समाचार
२७, मंसिर काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएका छन् । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाइ उपभोक्ता महासंघ (फेडवास) द्वारा संयुक्त रूपमा आयोजना गरिएको ‘खानेपानी तथा सरसफाइ पैरवी राष्ट्रिय शिखर सम्मेलन’मा उनले सरकारले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिए । उनले भने, “खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्यांक अनुसार करिब २७ प्रतिशत नेपालीले मात्र सुरक्षित खानेपानीको पहुँच पाएका छन् । यसको मतलब अहिले पनि करिब ७३ प्रतिशत नेपाली नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न बाँकी छ । यसलाई सोह्रौँ योजनाको अन्त्यसम्ममा ४५ प्रतिशत पुर्‍याउनका लागि ठोस् नीति, पर्याप्त बजेट, र ...
त्रिविमा मैले हस्तक्षेप गरेको छैन  : प्रधानमन्त्री

त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुख नियुक्तिमा आफूले हस्तक्षेप नगरेको बताएका छन् । बिहीबार त्रिवि सभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘के भएर डिन नियुक्तिमा विलम्ब भयो ? नाम निकाल्नुहोस्, ‘प्रधानमन्त्री ओलीले भने, ‘मेरिटोक्रेसीमा प्रश्न नउठोस् । निष्पक्ष ढंगले काम होस् । मबाट हस्तक्षेप भएको छैन । तर, मेरो नाम आउँछ । अरू के भयो थाहा छैन । मेरोबाट विलम्ब भएको छैन ।’ प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीबाट डिन र क्याम्पस प्रमुख नियुक्त गर्न त्रिवि नेतृत्वलाई निर्देशन दिए ।‘नियुक्ति साँच्चिकै मेरिटोक्रेसीबाट हुनुपर्छ । एउटा समिति बनाएर मात्र मेरिटोक्रेसी हुँदैन,’ उनले भने । नियुक्तिमा आफूले हस्तक्षेप नगरेको उनले बाताए ।...