राजनीति

स्थानीय तह उपनिर्वाचन : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

स्थानीय तह उपनिर्वाचन : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१६, मंसिर काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म २५ प्रतिशत सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ घण्टाको अवधिमा २५ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिए । ‘सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भएका छन् । मतदान सुरु भएको ४ घण्टामा २५ प्रतिशत मत खसेको छ’, थपलियाले भने, ‘अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको छ ।’...
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी

कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
१६, मंसिर काठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।...
उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान

उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान

ताजा अपडेट, राजनीति, समाचार
१६, मंसिर काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । काठमाडौं महानगरपलिका-१६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् ।पक्नाजोलस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्ने बताए ।  ...
प्रधानमन्त्री ओली भोलि चीन जाँदै

प्रधानमन्त्री ओली भोलि चीन जाँदै

ताजा अपडेट, राजनीति, समाचार
१६, मंसिर काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारी तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्थान गर्दै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लागेका हुन् । यसैबिच प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलगायत विविध विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा शनिबार छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीको भ्रमणलाई सहज र सफल बनाउन आवश्यक सबै खालका तयारी भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले प्रधानमन्त्रीको कार्यालयसँग छलफल र परामर्श गर्दै आवश्यक कागजी दस्ताबेजहरूको व्यवस्थापनसँगै सम्भावित सम्झौताकारी निकायका उच्चाधिकारीसँग पनि परामर्शसँगै भ्रमण व्यवस्थित बनाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ...
स्थानीय तह उपनिर्वाचन : शान्तिपूर्ण रूपमा मतदान जारी

स्थानीय तह उपनिर्वाचन : शान्तिपूर्ण रूपमा मतदान जारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, मंसिर काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका-१२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका-१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णु ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् । यसैगरी, प्रतिनिधिले सप्तरीको राजविराजबाट सम्प्रेषण गरेको समाचारमा डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा वड...
स्थानीय तह उपनिर्वाचन : तीन उम्मेदवार निर्विरोध निर्वाचित

स्थानीय तह उपनिर्वाचन : तीन उम्मेदवार निर्विरोध निर्वाचित

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
१६, मंसिर काठमाडौं । आइतबार स्थानीय तह उपनिर्वाचन भइरहँदा यसअघि नै तीन स्थानका उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलाली जिल्ला जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । साथै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।...
उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता

उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
१६,मंसिर काठमाडौं । आइतबार भइरहेको स्थानीय तह उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ जना मतदाता रहेका छन्। उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।...
स्थानीय तह उपनिर्वाचनको मतदान सुरु

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
१६ मंसिर, काठमाडौं । विविध कारणले रिक्त पदमा जनप्रतिनिधि चुन्नका लागि मतदान सुरु भएको छ ।आज मंसिर १६ गते बिहान ७ बजेदेखि सुरु भएको मतदान भरे साँझ ५ बजे सम्पन्न हुने छ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि आज उपनिर्वाचन भएको हो।कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष भने यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख,जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका,हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पद,ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरप...
सुदूरपश्चिम प्रदेशको बजेट नौ प्रतिशत खर्च

सुदूरपश्चिम प्रदेशको बजेट नौ प्रतिशत खर्च

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, मंसिर धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ लागि छुट्टाएकोमध्ये हालसम्म ९.२२ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले मङ्सिर १० गतेसम्म कुल विनियोजनमध्ये तीन अर्ब ९६ लाख रुपियाँ बजेट खर्च गरेको हो । चालु आर्थिक वर्षका लागि दोस्रो पटक सदनमा बजेट प्रस्तुत गरिएको थियो । प्रस्तुत बजेट असोज पहिलो साता मात्रै प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ रहेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले चालुतर्फको बजेट हालसम्म एक अर्ब ७७ करोड ६४ लाख ९१३.८१ प्रतिशत० खर्च भएको छ ।...
परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कदै

परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कदै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, मंसिर काठमाडौं । परराष्ट्रमन्त्री डा .आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सो भेटवार्ता छन्दुमा नै भएको थियो । सो अवसरमा उनीहरु बीचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो ।...