राजनीति

प्रधानमन्त्री ओली चार्टर विमानबाट चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली चार्टर विमानबाट चीन भ्रमणमा जाँदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण सुरु गर्दैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्ने छन् । भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ । मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन र बेइजिङस्थित नेपाली राजदूतावास, चाइ...
कीर्तिपुर नगरपालिका-१ मा कांग्रेस उम्मेदवार विजयी

कीर्तिपुर नगरपालिका-१ मा कांग्रेस उम्मेदवार विजयी

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१७, मंसिर काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीका दिएको जानकारी अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत ल्याए ।...
ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमाले विजयी

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ मा एमाले विजयी

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
१७, मंसिर काठमाडौं । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेकी उम्मेदवार कुमार सावादेन ३५३ मतका साथ विजयी बनेकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले २५२ मत पाए । कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत प्राप्त गरेका छन् । त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ५४ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ७ मत मात्र प्राप्त गरेका छन् ।...
स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी

स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१७, मंसिर धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढाले विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् । बुढाले एक हजार ७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् । तेस्रो भएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले पाँच सय ५३ मत प्राप्त गरेकी छन् । कुल सात हजार ४६० मतदाता रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भएको मतदानमा तीन हजार ९०३ मत खसेको थियो । २०७९ सालको निर्वाचनमा कांग्रेसबाट विजयी भएकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।...
महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
१७, मंसिर दैलेख । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १२७ मत ल्याउँदै विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८४२ मत प्राप्त गरे । यहाँ २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए । ०७९ माघ २७ गते हृदयघातका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।...
कीर्तिपुरको मतगणना आजै राति १० बजे देखि सुरु हुने

कीर्तिपुरको मतगणना आजै राति १० बजे देखि सुरु हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, मंसिर काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ । मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी गराए । नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । ‘मतपत्रका सबै बाकस आउनु पर्‍यो । भण्डारण गर्नुपर्‍यो । सर्वपक्षीय छलफल गर्नुपर्‍यो,’ पौड्यालले भने,‘सम्भवतः राति १० बजेपछि मतगणना सुरु हुन्छ ।’...
उपनिर्वाचन अपडेट : २ बजेसम्म ५० प्रतिशत  खस्यो

उपनिर्वाचन अपडेट : २ बजेसम्म ५० प्रतिशत खस्यो

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
१६, मंसिर काठमाडों । स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्म समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म ५० प्रतिशत बढी मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेलका अनुसार मतदान सुरु भएको ७ घण्टाको अवधिमा ५० प्रतिशत बढी मत खसेको जानकारी दिइन् । निर्वाचन आयोगका अनुसार सबै स्थानमा मतदाताहरू उत्साहजनक रूपमा सहभागी भइरहेका छन् र अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण ढङ्गले मतदान पनि भइरहेको छ।...
दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१६, मंसिर काठमाडौं । जारी स्थानीय तहको उपनिर्वाचनमा अहिले दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार ५० प्रतिशत मत खसेको आयोगका सचिव रबिलाल पन्थले बताए । कुन स्थानीय तहमा कति मत खस्यो भन्ने विवरण भने आइनसकेको उनले बताए । उनका अनुसार स्थानीय तहभन्दा वडाको मत खसेको विवरण आयोगलाई प्राप्त भएकाले सो आधारमा अहिलेसम्म करिब ५० प्रतिशत मत खसेको पाइएको हो । निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न आठ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा ३४ वटा वडा गरी ४१ पदका लागि मतदान भइरहेको छ ।...
हेटौँडा उपमहानगर–१२ मा ४२ प्रतिशत मतदान

हेटौँडा उपमहानगर–१२ मा ४२ प्रतिशत मतदान

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
१६, मंसिर मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । बिहान ७ बजेटमा सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको छ । २ मतदान स्थलको ९ मतदान केन्द्रका मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । मध्यान्ह १२ बजेसम्म उक्त वडामा ४२ प्रतिशत मतदान भएको छ । सो अवधिमा कुल मतदाता ८ हजार ५३ मतदाता मध्ये ३ हजार ३०६ मत खसेको छ ।...
राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतद्वारा शपथ ग्रहण

राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतद्वारा शपथ ग्रहण

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, मंसिर काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गरेका छन् ।  आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरे हो । शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।  ...