राजनीति

कम्बोडिया पुग्यो एमालेसहितको पाँच दलको टोली

कम्बोडिया पुग्यो एमालेसहितको पाँच दलको टोली

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
६, मंसिर काठमाडौं । सत्तारुढ एमालेसहित विभिन्न दलका नेताहरूको एउटा टोली आज कम्बोडिया पुगेको छ । भ्रमण टोलीमा एमालेका पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् । यस्तै, काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला टोलीमा छिन् । माओवादीका अग्नी सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा नेता उद्धव पौडेललगायत पनि भ्रमण टोलीमा रहेका छन् । ५ राजनीतिक दलका १३ जना यो भ्रमणमा रहेको एमाले नेता भट्टराईको भनाइ छ । उनले हिजो राति सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भ्रमणको प्रयोजन पनि स्पष्ट पारेका छन् । भट्टराईका अनुसार कम्बोडियामा आजबाट हुने आइसीएपीपी ९इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज० को १२ औँ अधिवेशनमा भाग लिन उनीहरू त्यहाँ गएका हुन् ।...
राष्ट्रपतिद्वारा ढुंगानाका परिवारप्रति समवेदना

राष्ट्रपतिद्वारा ढुंगानाका परिवारप्रति समवेदना

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, मंसिर काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुंगानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् । पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए।...
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
६, मंसिर काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न काठमाडौं आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो ।  ...
नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६,मंसिर काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ । दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिएका थिए ।...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, मंसिर काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल हुने बताइएको छ ।  बैठकमा मन्त्रालयगत नियमित एजेन्डामा पनि छलफल हुने बताइएको छ । यसअघि मंगलबार बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो ।...
नेप्से परिसूचक नौ अंकले बढ्यो

नेप्से परिसूचक नौ अंकले बढ्यो

अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
५, मंसिर काठमाडौं । मंगलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव ०९ अंकले बढेर दुई हजार सात सय ११ दशमलव ७५ बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता शेयर ७४ हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा रु सात अर्ब नौ करोड २८ लाख ७९ हजार नौ सय ४६ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव १८, निर्जीवन बिमा शून्य दशमलव २१ र अन्य समूह शून्य दशमलव ०७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह तीन दशमलव ३८ प्रतिशतले बढेको छ । वित्त एक दशमलव ६६, होटल तथा पर्यटन शून्य दशमलव ४५, जलविद्युत् एक दशमलव २८, लगानी शून्य दशमलव २०, लघुवित्त शून्य दशमलव ०७, म्युचुअल फण्ड शून्य दशमलव ३८ र व्यापार समूह शून्य ...
दरबारमार्गमा सार्‍यो एमालेले जागरण सभा

दरबारमार्गमा सार्‍यो एमालेले जागरण सभा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
५, मंसिर काठमाडौं । नेकपा एमाले जागरण सभाको सभास्थल परिवर्तन भएको छ । बुधबार जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले विज्ञप्ति जारी गर्दै जागरण सभाको पूर्वनिर्धारित सभास्थलमा परिवर्तन गरिएको जानकारी दिएका हुन् । एमालेले उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा बिहीबार राजधानीमा जागरण सभाको आयोजना गर्दैछ । एमालेले भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने भएको छ । एमालेले  उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा बिहीबार राजधानीमा जागरण सभाको आयोजना गर्दैछ । एमालेले भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने भएको छ । विज्ञप्तिमा भनिएको छ,‘जागरण सभा अघि हुने र्‍याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरु भई सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत ...
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, मंसिर काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको प्रसाईंलाई बुधबार अदालतमा पेस गरेको थियो ।...
रुकुम पूर्वमा माओवादीका जगत् घर्ती निर्विरोध निर्वाचित

रुकुम पूर्वमा माओवादीका जगत् घर्ती निर्विरोध निर्वाचित

ताजा अपडेट, राजनीति, समाचार
५, मंसिर काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ । पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिए । उनका अनुसार कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् । २०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले २३४ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।...
शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित

शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
५, मंसिर काठमाडों । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो । लामो राजनीतिक रस्साकस्सीका बीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन ग¥यो । सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए । दुवै आयोगले पीडितहरुको निवेदन लिने र क्षतिपूर्तिको सामान्य काम गरेपनि अरु प्रक्रिया अगाडि बढाउन सकेन । राजनीतिक दलबीच मतैक्य नहुँदा लामो समयसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेको गुनासो व्याप्त छ । ...