राजनीति

चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री ओली

चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
७, मंसिर काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमण सफल हुने बताएका छन्। नेकपा (एमाले) का उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएको हो। उनले मङ्सिर १७ गतेदेखि छिमेकी चीनको भ्रमण गर्दै छ । उनले भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट पारेका छन् ।...
०८४ को चुनावसम्म अहिलेकै समीकरण रहन्छ : प्रधानमन्त्री

०८४ को चुनावसम्म अहिलेकै समीकरण रहन्छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन् । ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस् ।’ प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्नु आग्रह गर्दै आफू प्रधानमन्त्री रहने अवधि उल्लेख गरेका छन् । ‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ’, ओलीले भने ।तर यो सरकार बन्दै बन्दैन भन्नेहरू अहिले पनि फरवरीको भाका राख्दै गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘...
अर्थतन्त्र सुधारका लागि एमाले नेतृत्व : महासचिव पोखरेल

अर्थतन्त्र सुधारका लागि एमाले नेतृत्व : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७, मंसिर काठमाडों । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुक आर्थिक रुपले समस्या परेका बेला एमाले नेतृत्वको खाँचो पर्नेगरेको बताएका छन् । । एमालेले शुक्रबार आयोजना गरेको जनजागरण सभामा सम्बोधन गर्दै उनाले सो कुरा बताए हो । नेपालमा रेल यातायात सुरु गर्न, भारतीय नाकाबन्दी विरुद्ध छुटकारा पाउन उत्तरी नाका खोल्ने काम एमाले नेतृत्वको सरकारले गरेको उनले बताए ।...
काठमाडौंमा एमालेको प्रदर्शन (तस्वीरहरू)

काठमाडौंमा एमालेको प्रदर्शन (तस्वीरहरू)

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, मंसिर काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा र्‍याली निकालेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुने क्रम जारी छ ।   पञ्चेबाजासहित सुरु भएको र्‍यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरिरहेका छन्। उनीहरुले नेकपा एमाले जिन्दावाद, अघि बढ ओली सरकार, सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाएका छन् ।  ...
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित

दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७ , मंसिर काठमाडौं । काठमाडौं उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन आज अस्तव्यस्त हुने सम्भावना देखिएको छ । त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ । आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौंका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेका छन् । एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । सभा अघि विभिन्न स्थानबाट र्‍याली निकाल्ने एमालेले जनाएको छ । दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको छ । त्यसैले ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ । दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।...
एमाले जागरणसभाका लागि र्‍याली सुरू

एमाले जागरणसभाका लागि र्‍याली सुरू

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, मंसिर काठमाडों । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ । जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ । एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।...
आज एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

आज एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७, मंसिर काठमाडौं । सत्तारुढ दल नेकपा )एमाले) ले आज काठमाडौँमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरणसभा आयोजना गर्न लागेको हो । जागरणसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ । बिहान साढे ११ बजे जुलुस सुरु गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुनेछ ।...
सभामुख घिमिरे आज कम्बोडिया जाँदै

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
७, मंसिर काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।...
राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, मंसिर काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्टहरुको उपस्थिति रहेको थियो । भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन् ।...
मन्त्री फेरिने कुरा हल्ला मात्र हो : मन्त्री लेखक

मन्त्री फेरिने कुरा हल्ला मात्र हो : मन्त्री लेखक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६, मंसिर काठमाडौं । बीआरआईमा अनुदान लिने तर ऋणका रूपमा भने स्वीकार नगर्ने काँग्रेसको औपचारिक निर्णय रहेको गृहमन्त्री रमेश लेखकले प्रष्ट पारेका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा काँग्रेस र एमालेका फरक फरक मान्यताहरू देखिएका भए पनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए । ‘काँग्रेसले त ऋणका रूपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ । एमालेले पनि ऋणका रूपमा भए पनि लिनुपर्छ नै त भनेको छैन,’ मन्त्री लेखकले भने, ‘दुवै दलबीच छलफल चलिरहेको छ । हामी साझा धारणा निर्माण गर्छौ ।’मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषदमा हेरफेरको कुरा आजसम्म नचलेको जिकिर गरे ।...