राजनीति

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा

ताजा अपडेट, राजनीति, समाचार
१०, मंसिर काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्न सार्वजनिक बिदा दिन भनेको हो ।...
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै

प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । ‘सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुने छ । कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन्...
फीजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

फीजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, मंसिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक(स्नातकोत्तर तह ९पीजी० को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झालगायतलाई सो निर्देशन दिएका हुन् । आयोगले पीजी अध्ययन गर्ने चिकित्सकहरूलाई ८ औँ तहका चिकित्सक बराबर निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । तर, यो निर्णयले आर्थिक भार थप्ने भन्दै निजी मेडिकल कलेजहरूले पीजीमा भर्ना नै लिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या...
एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार

एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालिकाको टोली पत्र लिएर गएपनि एमालेले बुझ्न अस्वीकार गरेको हो । यससँगै महानगरपालिकाको टोली त्यसै फर्किएको छ । महानगरपालिका प्रहरी बलका इन्स्पेक्टर किशोर भट्टराई पार्टी कार्यालयमा पत्र दर्ता हुन नसकेको बताए । ‘उहाँहरूले पत्र हेर्नुभयो र पढ्नुपनि भयो । तर, दर्ता गर्न मान्नु भएन । त्यसपछि हामी पत्र बोकेर त्यसै कार्यालयमा फर्किएका छौँ’, उनले भने। एमाले पार्टी कार्यालयका प्रतिनिधिले दरबारमार्गमा भएको कार्यक्रमको आयोजना काठमाडौँ जिल्ला कमिटीका भएकाले जरिवानाको पत्र पनि त्यहीँ बुझाउन भन्दै दर्ता गर्न अस्वीकार गरेका थिए ।...
फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : उपप्रधानमन्त्री सिंह

फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, मंसिर काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहोर व्यवस्थापनको विषयमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । आइतबार सिंहदरवारमा फोहोर मैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले फोहोर मैला व्यवस्थापनमा राजनीति गर्न नहुने बताएका हुन् ।फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गर्दै उनले भने,‘ देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौँ रु’ संघीयताको मर्मअनुसार तीनै तहका सरकारले आ(आफ्नो कार्यक्षेत्रमा फोहोर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उनको धारणा छ ।...
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव

सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
९, मंसिर झापा । खानेपानी मन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन् । झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको आज स्थलगत अनुगमन गर्दै उनले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिएका हुन् । मन्त्री यादवले मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायलाई निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिए । उनले उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिए ।...
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, मंसिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो लगाएको छ । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिए । उनका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ । कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताहरूको कार्यविभाजन गरिएकाले सङ्गठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उनले बताए ।...
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, मंसिर काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका सभामुख घिमिरेको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिबार नै कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गरे । भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकामा धन्यवाद दिएका थिए ।...
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको ब्रिफिङ लिने

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको ब्रिफिङ लिने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
९, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएका छन् । हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लागेका हुन् । राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङमार्गहरु लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा छन् ।  ...
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, मंसिर पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराउन लागिएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ ।...