राजनीति

आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै

आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, मंसिर काठमाडौं। सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन् । चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरूको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ। प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।...
नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने पार्टी एमाले हो : अर्थमन्त्री

नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने पार्टी एमाले हो : अर्थमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, मंसिर काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने पार्टी नेकपा एमाले भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले एमाले नेतृत्वको सरकाले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको बताए । ‘सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा एमालेले गरेको हो, नेकपा एमाले नेतृत्वको सरकारले गरेको हो’, उनले भने । समय क्रममा सामाजिक सुरक्षाका दायरालाई विस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको उनले बताए । त्यसकै आधारमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको पौडेलले स्मरण गराए । राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारमा सामाजिक ...
माइतीघरमा रास्वपा नेता कार्यकर्ताको प्रदर्शन

माइतीघरमा रास्वपा नेता कार्यकर्ताको प्रदर्शन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, मंसिर काठमाडौं । सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा रास्वपाले प्रदर्शन गरिरहेका छन् । सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याउने तयारी हुँदा रास्वपाका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् । ‘रवि दाइलाई न्याय दे’ प्लेकार्ड बोकेर उनीहरूले विरोध गरिरहेका छन् । लामिछानेलाई काठमाडौँ ल्याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने तयारी गरिएको छ । सोमबार पार्टी सभापतिले पठाएको भनी रास्वपाले प्रसारित गरेको सन्देशमा शान्तिपूर्ण ढंगले समेत आन्दोलन नगर्न सभापतिले भनेको उल्लेख गरिएको छ ।...
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी

कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, मंसिर काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिमा लगानी दशक घोषणा गर्नुको उद्देश्य यस क्षेत्रका समस्याहरू समाधान गर्नु रहेको बताएका छन् । आज मन्त्रालयमा कृषि विकास रणनीतिको समीक्षा सन्दर्भमा खाद्यका लागि कृषि अभियानको तर्फबाट धारणा प्रस्तुत गर्ने क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषिमा आमूल परिवर्तन ल्याउने उद्देश्यले सरकारले केही प्रमुख कदम उठाउने तयारी गरेको बताएका हुन् । मन्त्री अधिकारीले भने, “अहिले म मन्त्री बनेको बेलामा काम गर्न इच्छाशक्ति छ, तर कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ। बाली भित्राउन तीन चार महिना लाग्न सक्छ त्यसैले कृषिका नीतिका समस्या समाधान गर्न पनि समय लाग्ने कुरा स्पष्ट छ। उनले सरकारले आत्मनिर्भरता हासिल गर्ने तरिकाले काम गर्न खोजेको र यसका लागि दीर्घकालीन सोच र योजनाहरू बनाएको बताए ।...
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौँ ल्याइँदै

रास्वपा सभापति लामिछानेलाई आज काठमाडौँ ल्याइँदै

ताजा अपडेट, राजनीति, समाचार
११, मंसिर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो । बिहान ८ः४० मा बुद्ध एयर बाट लामिछानेलाई काठमाडौँ ल्याउने तयारी छ ।...
सरकारले कसैलाई  एक्लो र असहाय हुन दिँदैन  : प्रधानमन्त्री ओली

सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको उल्लेख गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताएका छन् । हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर आफूले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको सुरुवात गरेको उनले उल्लेख गरेका छन् ।ुसरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइन भन्ने स्थिति हुने छैन । मेरो रेखद...
चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह

चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, मंसिर काठमाडौं । नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई(मधेश र देशभरिका जिल्लाका नागरिकलाई चिसोबाट बचाउने पूर्वतयारी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । जाडोको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेश लगायत देशभरिका विपन्न बस्ती र परिवारलाई बढी पीडा दिने गरेको भन्दै यसबारे पूर्वतयारी गर्न प्रधानमन्त्री ओलीसँग एमालेले आग्रह गरेको छ ।...
सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली

सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१०, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा ‘हामी सबैको प्रतिबद्धता स् लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको उक्त अभियानमा सो शुभकामना व्यक्त गरेका छन् । “म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक सङ्घसंस्था वा समाज सबै ठाउँबाट सङ्कल्प गरौँ कि अब हामी लैङ्गिक हिंसा, भेदभाव हुन दिने छैनौँ”, सन्देशमा भनिएको छ, “यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस्, यस अभियानको भव्य सफलताका निम्ति म हार्दिक शुभकामना व्यक्त गर्दछु ।” प्रधानमन्त्री ओलीले हाम्रा प्रयासहरूलाई समृद्धिको बाटोमा, समानताको बाटोमा, सभ्यताको बाटोमा, न्यायको बाटोमा अगाडि बढाउन साझा प्र...
प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, मंसिर काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल सुरु गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओली यही मङ्सिर १७ गते सोमबार चीन भ्रमणमा जाने कार्यक्रम छ । छलफलमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहभागी छ ।...
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री

सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
१०, मंसिर काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भेट गरेका हुन् । भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्त्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।...