राजनीति

पूर्वसभामुख ढुंगानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : मानव अधिकार आयोग

पूर्वसभामुख ढुंगानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : मानव अधिकार आयोग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, मंसिर काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ । आयोगका प्रवक्ता डा। टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्ने आयोगले विश्वास लिएको उल्लेख छ । “ढुंगानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ”, विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानुन कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि पुर्‍याएको योगदानको आयोग कदर गर्दछ ।” मानव अधिकारको संरक्षण, संवर्द्धन र शान्ति प्रक्रियाका सवालमा ढुंगाना...
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूद्वारा श्रद्धाञ्जली

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूद्वारा श्रद्धाञ्जली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३, मंसिर काठमाडों । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले ढुंगानाप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।...
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

बिशेष, ब्यानर-२, राजनीति, समाचार
३, मंसिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबिचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहेका पोखरेलले आइतबार हुवई प्रदेश जनसरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दुई देशका जनताको तहमा सम्बन्ध विस्तारित गर्नका लागि दुई देशका प्रदेश र स्थानीय तहबीच भगिनी सम्बन्ध वृद्धि आवश्यक रहेको बताए । “चीन र नेपाल सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच गहिरो ऐतिहासिक सम्बन्ध छँदैछ । अब जनस्तरमा पनि सम्बन्ध विस्तार गर्न जरुरी छ”, उनले भने । गत हप्ता लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरेका भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गरेका भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनमा महत्वपूर्ण योग...
कामपा १६ नं वडामा एमालेका लक्ष्मीरत्न तुलाधरको घरदैलो,वडावासीले गरे अविर र  माला लगाईदिंदै विजयको कामना

कामपा १६ नं वडामा एमालेका लक्ष्मीरत्न तुलाधरको घरदैलो,वडावासीले गरे अविर र माला लगाईदिंदै विजयको कामना

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३, मंसिर काठमाडौं । कामपा १६ नं वडामा एमालेका लक्ष्मीरत्न तुलाधरको घरदैलो,वडावासीले गरे अविर र माला लगाईदिंदै विजयको कामना काठमाडौं महानगरपालिका वडा नं १६ को वडा अध्यक्ष पदका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले आज वडावासीहरुसॅंग भोट माग्दै घरदैलो कार्यक्रमको औपचारिक शुरुवात गरेका छन्। नेकपा (एमाले) बाट सर्वसम्मतले उम्मेदवार बनेका तुलाधर नेपाल रेडक्रस सोसाईटी काठमाजौं जिल्ला ,जेष्ठ नागरिक समाज,टोलसुधार समिति १६ वडा, युवा, महिला,बालबालिका लगायत समाजका सम्बद्द धेरै सामाजिक संघसंस्थाहरुमा र्रमुख नेतृत्वमा रहेर लामो समयदेखी सामाजिक कार्यहरु गर्दै आएका छन्। अन्य पार्टीहरुका नेता तथा कार्यकर्ताका समेत आदर्श व्यक्तिको रुपमा परिचित समाजसेवी तुलाधर नै १६ नं वडाको वडा अध्यक्षमा भारी मतका साथ विजयी हुने एमाले सिंगो पार्टी,नेता,कार्यकर्ता र स्थानीयहरुको दाबी छ ।  त्यस्तै कीर्तिपुर नगरपालिकाको मे...
कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता

कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता

ताजा अपडेट, राजनीति, समाचार
३, मंसिर कर्णाली । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार यही मङ्सिर १६ गते रिक्त पदका लागि हुने उपनिर्वाचनमा ४४ जनाले उम्मेदवारी दिएका हुन् । कर्णालीमा नलगाड नगरपालिकाका उपप्रमुख, महावु गाउँपालिका दैलेखका अध्यक्ष, सर्केगाड गाउँपालिका उपाध्यक्षका साथै विभिन्न स्थानीय तहमा पाँच वडाध्यक्षको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । नगर उपप्रमुखका लागि छ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि सातरसात पाँच वडाध्यक्ष पदका लागि २४ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा छ जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसबाट निर्वाचित नलगाड नगरपालिका उपप्रमुख सरित...
माओवादीको पदाधिकारी बैठक स्थगित

माओवादीको पदाधिकारी बैठक स्थगित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए । उनका अनुसार आज आज बिहान ११ बजे बस्ने भनिएको बैठक अब मंगलबार मात्रै बस्नेछ । बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । अब पदाधिकारीको बैठक मंसिर ४ गते बस्ने माओवादी केन्द्रले जनाएको छ ।...
पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, आज सार्वजनिक बिदा

पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, आज सार्वजनिक बिदा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३, मंसिर काठमाडौं । पूर्व सभामुख स्व . दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख ढुङ्गाना बिदाइ राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो । साथै बैठकले ढुङ्गानाको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय गरेको गुरुङको भनाई छ ।...
पूर्व सभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

पूर्व सभामुख ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, मंसिर काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू त्यहाँ पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गर्ने छन् । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्व सभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको छ । सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने स्व ढुङ्गानाका परिवार स्रोतले जानकारी दिए । नेपाल सरकारले उन...
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
३, मंसिर काठमाडों । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ ।...
कीर्तिपुरको मेयरमा १५ जनाले दिए उम्मेदवारी

कीर्तिपुरको मेयरमा १५ जनाले दिए उम्मेदवारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२, मंसिर काठमाडौँ । कीर्तिपुर नगरपालिकाको स्थानीय तह उपनिर्वाचनका लागि मेयर पदमा आइतबार दिउँसो ३ बजेसम्म १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । १५ मध्ये स्वतन्त्र उम्मेदवार ८ र दलका तर्फबाट ७ जनाले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए । दलका तर्फबाट एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रलगायतले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै कीर्तिपुर नगरपालिकाको ४ नम्बर वडाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । जसमध्ये स्वतन्त्र ४ र दलगत ६ जना रहेका छन् । त्यसैगरी वडा नम्बर १ को वडाध्यक्षका लागि २ स्वतन्त्र र ५ जना दलकातर्फबात उम्मेदवारी परेको छ । मनोनयन दर्ता गर्ने समय साँझ ५ बजेसम्म तोकिएको छ ।...