राजनीति

स्थानीय तह उपनिर्वाचन : मङ्सिर २ गते उम्मेदवारी दर्ता

स्थानीय तह उपनिर्वाचन : मङ्सिर २ गते उम्मेदवारी दर्ता

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१०, असोज काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मङ्सिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । यसैगरी, मङ्सिर ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै मङ्सिर ५ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । साथै सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामी मैत्री बन्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, असोज चितवन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुत पनि अस्पतालले गरेको प्रगतिको प्रशंसनीय रहेको बताए। अस्पतालले गर्ने कार्यहरू नेपाल सरकारको नीतिअनुसार बिरामी मैत्री बन्नुपर्ने उनको भनाइ थियो । उनले भने “नेपालमा सबै क्यान्सर रोगको उपचार सम्भावना हुनेगरी कार्य गर्ने संक्ल्प र प्रतिबद्धता आएको छ, धन्यवाद दिन चाहन्छु । ” उनले थापे “अस्पतालबाट प्रदान गरिने सेवाहरूको विस्तृत विवरण प्रतिवेदनका रूपमा सार्वजनिक भएबाट अस्पतालका कार्यहरू नेपाल सरकारका नीतिअनुसार बिरामी मैत्री भ...
स्थानीय तह उपनिर्वाचन : आजबाट दल दर्ता

स्थानीय तह उपनिर्वाचन : आजबाट दल दर्ता

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१०, असोज काठमाडौं । स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आज (बिहीबार) बाट दल दर्ता सुरु भएको छ । नगरप्रमुख, उपप्रमुखदेखि जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्मका रिक्त पदमा परिपूर्तिका लागि आजबाट दल दर्ताको कार्यतालिका रहेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा १६ असोजसम्म दल दर्ताको काम हुनेछ ।  ...
प्रधानमन्त्री ओली स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री ओली स्वागत समारोहमा सहभागी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१०, असोज न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरे उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी थिए ।...
नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री

नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री

बिशेष, ब्यानर-१, राजनीति, समाचार
८, असोज काठमाडोैं । परराष्ट्रमन्त्री डा .आरजु राणा देउवाले नेपालले प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिएकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा राणाले सोमबार न्युयोर्कमा महिला राजनीतिक नेताहरुको एक उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै बिगत सम्झँदा निकै कहालीलाग्दो अवस्था भएपनि पछिल्ला बर्षहरुमा नेपालले यस क्षेत्रमा प्रगति गरिरहेको बताइन् । उनले भनिन् “सबैभन्दा पहिला त खुसीको कुरा म के सुनाउन चाहन्छु भने नेपालको वर्तमान संविधानले महिलाको प्रजनन् अधिकार र सुरक्षित मातृत्वको विषयलाई मौलिक हकअन्तर्गत नै राखेको छ । संविधानको मौलिक हकमा यो व्यवस्था राख्ने एसियाका थोरैमध्यको नेपाल पनि एक देश हो । महिलालाई दिइएको प्रजनन अधिकारका क्षेत्रको यो सबैभन्दा बलियो कानुनी प्रावधान हो भन्ने मलाई लाग्द...
चीन भ्रमणमा गएको रास्वपाको टोली बुधबार  स्वदेश फर्किने

चीन भ्रमणमा गएको रास्वपाको टोली बुधबार स्वदेश फर्किने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, असोज, काठमाडौं । उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार दश दिने चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली बुधबार नेपाल फर्किने भएको छ । सोमबार नै नेपाल फर्किने बताइए पनि टिकट नपाउँदा भोलिमात्रै प्रर्किने सह प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा ७ जना सांसद र ७ जना गैरसांसदसहित १४ जनाको टोली शनिबार राति चिन गएको थियो । तर सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणले फरक राजनीतिक घटनाक्रम बनेपछि टोली सोमबार नेपाल फर्किने योजना बनाएको थियो । उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए । सहका...
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
८,असोज अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पारे । ‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्कनेहरूको क्रम पनि बढेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले रोजगारीका ...
नेपाली साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति

नेपाली साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७, असोज काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गरेको हो । राष्ट्रपति पौडेलले भने, “राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाइ, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ ।” उनले कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा व्यक्त गरे । उनले भ...

‘शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’: चिरीबाबु

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
७, असोज ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्नेमा जोड दिएका छन् । महेन्द्र भृकुटी माध्यमिक विद्यालयको आज यहाँ आयोजित ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ललितपुर महानगर अब्बल रहेको र आगामी दिनमा सबै किसिमका परीक्षामा यहाँका विद्यालय र विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे । “ललितपुर महानगरलाई शिक्षाको हब भनिन्छ, यहाँ शैक्षिक संस्थाहरूले उत्कृष्टता हासिल गर्दै आएका छन्, तपाईंहरूको मेहनतलाई हामी कदर गर्छौँ, एसइईको परीक्षामा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई रु. दुई लाख र सामुदायिक विद्यालयलाई रु. चार लाख उपलब्ध गराउने कार्यविधि तय भएको छ । सोही अनुसार उत्कृष्टता हासिल गर्न क्रियाशील विद्यालयको, भौतिक पूर्वाधारमा पनि थप जोड दिन्छौँ”, महान...

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

ताजा अपडेट, राजनीति, समाचार
७, असोज काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् । उनले आज नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्मित ४०० केभीको सबस्टेसन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० र १३२ केभी ढल्केबर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरे। नेपालको सबैभन्दा ठूलो ढल्केवर सबस्टेसन ४०० केभीको ‘जिआइएस’ प्रविधिबाट निर्माण गरिएको छ । उक्त सबस्टेसनबाट बर्सातको समयमा नेपालबाट भारतमा विद्युत् निर्यात र हिँउदमा भारतबाट नेपालमा विद्युत् आयात गरिँदै आएको छ ।निरीक्षणका क्रममा मन्त्री खड्काले ढल्केवरबाट हेटौँडा जोड्ने प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिए। उनले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक खपत बढाउनुपर्ने बताए। सङ्खुवासभामा न...