राजनीति

सरकारलाई घेराबन्दी गर्ने प्रयास भएको छ : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, असोज काठमाडौं । ने.क.पा. (एमाले) का महासचिव शङ्कर पोखरेलले मुख्य दुई दल मिलेर बनेको सरकारलाई घेराबन्दी गर्ने प्रयास भइरहेको बताउनुभएको छ । दाङको लमहीमा एमालेको लमही नगर अधिवेशनको आज उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा बताए हो । आफू सरकारमा हुँदा मनपरी गरेकाहरूले अहिले सरकार बाहिर भएपछि सरकारको विरोध गर्ने, घेराबन्दी गर्ने र अराजकता सिर्जना गर्ने प्रयास गरेको उनको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी ठुला दलहरू मिलेपछि जनतामा देखिएको निराशा र कुण्डा अन्त्य भएको छ, अर्थतन्त्रका सकारात्मक परिवर्तन देखिन थालेका छन्, त्यस्तो बेलामा केहीले मन पराएका छैनन ।’ पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका एमालेका महासचिव पोखरेलले राजनीतिक अस्थिरता अन्त्य गर्न आवश्यकताअनुसारको संविधान संशोधन गर्ने योजनाका साथ ठुला दलहरू मिलेर सरकार बनाएको बताए। आफूहरू मिल्नुको अर्थ मुलुकको उज्यालो यात्र...

दुर्गा प्रसाईं अस्पतालमा भर्ना

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
७, असोज काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। साइबर अपराधमा आइतबार पक्राउ परेका प्रसाईं सोही राति नै अस्पताल भर्ना भएका हुन्। विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अस्पताल भर्ना गरेको साइबर ब्यूरोले जानकारी दिएको छ। ब्यूरोका अनुसार स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई वीर अस्पताल भर्ना गरिएको हो।...

प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७, असोज न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले आज शिष्टाचार भेट गरेको छ । राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा सहभागी थिए। ...

देशको गौरव भनेकै भाषा र साहित्य : राष्ट्रपति

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, असोज काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्स, २०८१ को पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार सम्बोधन गदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेको हो । “हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवम् रैथाने ज्ञान परम्पराको संरक्षण, संवर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो”, उनले भने। उनले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताए। राष्ट्रपति पौडेलले भने “भाषा मानिसका चाहना, भावना, विचारहरूको विनिमय गर्ने सशक्त माध्यम हो, साहित्य भाषाको सबैभन्दा सुन्दर एवम् कला...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६, असोज काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार दिउँसो भक्तपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ। प्रहरीको साइबर ब्यूरोको टोलीले भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध साइबर अवराधको कसूर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।...

न्यूयोर्कमा ओली र मोदी बीच भेटवार्ता तय

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६ असोज, काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता पक्का भएको छ । स्थानीय समय अनुसार सोमबार बिहान सवा तीन बजे ओली–मोदी भेट तय भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । मोदी बसेको होटलमा पुगेर ओलीले करिब आधा घण्टा भेटवार्ता गर्ने तय भएको छ । यो भेट तय गर्नका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवासहित परराष्ट्र मन्त्रालयका अधिकारी र संयुक्त राष्ट्र संघका नेपाल प्रतिनिधिसमेत सक्रिय थिए । ओली प्रधानमन्त्री भएपछि मोदीसँग हुन लागेको यो भेटलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि साइडलाइन भेटवार्ता गर्ने तय भएको छ ।...

अर्थमन्त्री पौडेल र उपनिर्देशक गुप्ताविच शिष्टाचार भेट

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, असोज काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबिच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदैगएको आफूले पाएको बताएका छन् । उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुनहरु परिमार्जन हुँदैगएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरे । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिए।...

समाजवादी मोर्चा सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै

ताजा अपडेट, राजनीति, समाचार
६, असोज काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनअधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता हमालले मोर्चामा आबद्ध पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताए। वामपन्थी शक्तिलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित मोर्चा गठन भएको र मोर्चाले अनौपचारिक रूपमा ती समूहसँग छलफल गरिरहेको जनाइएको छ ।...

भूउपग्रह प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छ : मन्त्री पाण्डे

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, असोज काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धि जस्ता प्राकृतिक प्रकोप बढीरहेकाबेला हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरुले तीनको सामान गर्न हामीलाई शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाल लगायतका संस्थाले आइतबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदाको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा उनले सो कुरा बताएका हुन् । उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेरपूर्व तयारी, न्यूनीकरण, र अनुकूलनका रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्दै बाढीको अवस्थाबा...

कर्मचारीलाई लुम्बिनीका मुख्यन्त्रीको १४ बुँदे निर्देशन जारी

ब्यानर-२, राजनीति, समाचार
६, असोज बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीलाई १४ बुँदे निर्देशन जारी गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन र उद्देश्य प्राप्तिका लागि निर्देशन जारी गरिएको हो ।विगतमा प्रदेश सरकारको वजेट खर्च सन्तोषजनक नभएको, अनुदान वितरण र सरकारी खर्चमा मनपरी भएको,बेरुजू हरेक वर्ष बढेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । यसअघि मन्त्रिहरूका लागि आचारसंहिता जारी गरेका मुख्यमन्त्री आचार्यले मन्त्रालय र मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन जारी गरेका हुन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त बनाउन दिर्नेशन दिएका छन् । प्रदेश स्थित निकाय तथा कार्यालयहरुले...