राजनीति

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसबिच भेटवार्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६,असोज न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो। संयुक्त राष्ट्रका महासचिव गुटेरेससंगको भेट फलदायी भएको प्रधानमन्त्री ओलीले बताएका छन्।संक्रमणकालीन न्यायदेखि जलवायु न्यायलगायत महत्वपूर्ण विषयमा छलफल भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्। राम्रो भविष्यका लागि दुई नेताबीचको साझेदारीलाई बलियो बनाउन आफू तत्पर उनले बताएका छन्।...
माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प छैन : प्रचण्ड

माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प छैन : प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, असोज काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताएका छन् । शहीद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरू ढिलो नगरी एकताबद्ध हुनुपर्ने बताए । ‘हामीसँग हजारौं महान राष्ट्रिय शहीदहरु छन्, यो हाम्रो ठूलो शक्ति हो,’ उनले भने, ‘माओवादी जतिलाई एकीकृत र केन्द्रिकृत गर्नेबित्तिकै त्यो तागत निकै ठूलो हुनेवाला छ। अझै पनि हामी सही ठाउँमा छौं, हामी वैधानिक र शान्तिपूणरुपमा लडेर पनि जित्न सक्छौं, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौं, विजय सम्भव छ।’ संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसदको शक्तिभन्दा पनि ...
वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ :नीलाम्बर आचार्य

वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ :नीलाम्बर आचार्य

ताजा अपडेट, राजनीति, समाचार
५, असोज काठमाडौं । पूर्वमन्त्री नीलाम्बर आचार्यले वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै अभ्यासका क्रममा आउने चुनौतीलाई सम्बोधन गर्न संशोधन गर्नुपर्ने धारणा राखेका छन् । भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कजेलको १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘मानव अधिकार, सुशासन र समृद्धि’ विषयक कार्यक्रममा संविधानका जानकारसमेत रहनुभएका आचार्यले सबै वर्ग, समुदाय, जाती, भाषा, पेसाका नागरिकको साझा समस्या समाधान गर्नका लागि संविधान संशोधनको बहस चलाउनु आवश्यक हुने बताए । पूर्वमन्त्री आचार्यले भने, “देशको मूल कानुन संविधानबारे सबै तह र निकायलाई बुझाउने र प्रष्ट पार्नु पर्न आवश्यकता छ, त्यसपछि समयसापेक्ष बनाउन संशोधनमा जाँदा प्रभावकारी हुन्छ ।” राष्ट्रिय योजना आयोगका सदस्य डा।प्रकाशकुमार श्रेष्ठले मुलुकको कमजोर अर्थतन्त्रको सुधार गर्दै सुखी नेपालीः समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षालाई परिणाममुखी...

राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

ताजा अपडेट, राजनीति, समाचार
५, असोज काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा युकेमा हुने विविध कार्यक्रममा सहभागी हुन उनी शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष लिङ्देनले लन्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साथै, विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसँग हुने छलफलमा सहभागी हुने कार्यक्रम रहेको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।...

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री डा.राणा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, असोज क्यानडा । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले महिलाहरूलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेका बताएकी छिन् । क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भनिन् “महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरू पनि विकास भएका छन्, तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन् ।” लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरूले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा.राणाको तर्क थियो ।“संसारमा महिला वर्गको राजनैतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकार प्रमुखहरू महिला छन् । महिलाहरू रोजगारीको ६० प्रतिशत अनौपचार...

प्रधानमन्त्री ओली न्युयोर्कमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
५, असोज काठमाडौं । संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरे । प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ । प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्ने छन् । । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विका...
जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह

जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह

ताजा अपडेट, राजनीति, समाचार
५, असोज काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले जनस्वास्थ्य क्षेत्रसँग जोडिएका समस्या समाधानका लागि आवश्यक ऐन बनाउन सरोकारवालालाई आग्रह गरेकी छिन् । नेपाल जनस्वास्थ्य प्रतिष्ठानको १५ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उपाध्यक्ष घिमिरेले स्वास्थ्यको अधिकार सँगै जोडिएका कानुन बनाउन र सुधार गर्न सरकार र संसदलाई सुझाव दिन जनस्वास्थ्यविद्हरूसँग आग्रह गरेकी हुन् । उनले सबै उमेर समूहका व्यक्तिका लागि स्वास्थ्य जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवर्द्धन गर्ने कुरा दिगो विकासको लक्ष्यमा समेत स्पष्ट भएको बताउँदै आवश्यक ऐन र कानुन बनाउन तथा सहजीकरण गर्न सदैव तयार रहेको पनि बताइन्। पछिल्लो समयमा मानिसको मृत्युदर घटेको तर रोगी भएर बाँच्ने क्रम बढेको भन्दै रोग लागेपछि उपचार गर्नुभन्दा भन्दा रोग लाग्नै नदिनका लागि जनस्वास्थ्य सुधारको काममा राज्य र संसद्ले ध्यान दिनुपर्ने उनको ...
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने

प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
४, असोज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मे...
संसद् भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ

संसद् भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
३, असोज काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। एसपी अधिकारीका अनुसार उनीहरू बसन्त बोगटी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताहरू रहेको खुलेको छ ।पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।...

नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३, असोज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको बताएका छन् । त्यसो भएमात्र देश विकास हुने र जनअपेक्षा पूरा हुने उनको भनाइ छ । संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासका लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन् ।’ प्रधानमन्त्री ओलीले अब हामीले लड्नुपर्ने लडाइँ भनेकै वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको बताएका छन् । ‘यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नुपर्ने लडाइँ हो,’ उनले भने ।संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समानुकूल बनाउनुपर्नेमा जोड दिएका छन् ।...