राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्विप

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्विप

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आइतबार एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे सिंहदरवारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सोही बैठकमा कसरी प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुनेछ । रास्वपाले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मन नदिने निर्णय गरिसकेको छ ।...
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ। काँग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। २७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ। नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्नका लागि प्रतिनिधि सभाको बैठकअघि काँग्रेसको संसदीय दलको बैठक बस्दै छ। सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका कारण ओलीलाई विश्वास प्राप्त गर्न काँग्रेसको ८८ र एमालेको ७९ सांसदकै मात्र स...
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै,देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै,देशवासीका नाममा सम्बोधन गर्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं ।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले  विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री ओलीले आजै देशवासीका नाममा सम्बोधन पनि गर्दैछन्। सम्बोधनका क्रममा सहमती पत्र सार्वजनिक गर्न कांग्रेस महामन्त्री गगन थापाले माग गरेका छन्। नेकपा एमालेले आफ्नो दलका सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। प्रधानमन्त्री ओलीलाई सत्ता घटक दलहरू नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत पक्षमा आउने देखिन्छ। नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी, राप्रपाले भने मत नदिने बताएका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल न...
कांग्रेस–एमालेको ७ बुँदे सहमति प्रधानमन्त्रीले आइतबार संसदबाट सार्वजनिक गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा

कांग्रेस–एमालेको ७ बुँदे सहमति प्रधानमन्त्रीले आइतबार संसदबाट सार्वजनिक गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच भएको सहमति आइतबार संसदबाट सार्वजनिक गर्नुपर्ने बताएका छन्। ४२ औं बीपी स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री आफैं हस्ताक्षरकर्ता भएकाले उक्त सहमति सार्वजनिक गर्नु पर्ने दायित्व भएको बताए। प्रधानमन्त्री ओलीले आज आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । ‘ हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा, संसदमा आफ्नो विचारहरु राख्दै गर्दाखेरि‘ नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदाका बीचमा सहझदारी भयो भनिएको छ।७ बुँदा के हो भन्ने कुरा त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्छु’,थापाले भने । कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति आफूहरुले पढेको र कांग्रेसले त्यसै अनुसार कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको थापाले बताए । ‘हामीले पढ्यौं,...
काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे मनोनीत

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे मनोनीत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । रमेश लेखक ३१ असारमा गृहमन्त्री भएपछि काँग्रेसको प्रमुख सचेतक पद रिक्त थियो । घिमिरे सिन्धुली(१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।...
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा ; प्रधानमन्त्री ओली

मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा ; प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्याउन आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले तयार गरेको सुझाव पत्र आज सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिए । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ । ”एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए ।...
आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमालेले बुझायो सुझाव पत्र

आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमालेले बुझायो सुझाव पत्र

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नेताहरुले सरकारलाई सुझावपत्र बुझाएका छन् । पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझावपत्र बुझाएका हुन् । पार्टीको सुझावपत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् । आफू पार्टी अध्यक्ष भएपनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको प्रधानमन्त्री ओलीले बताए । सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमालेले बुझाएको सुझावपत्र कार्यान्वयनमा जाने बताए । ‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईँहरुले गर्नु भएन भन्न पाउँछ’, ओलीले भने । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ८ अटोट आगामी १९ वर्षभित्र पुरा गर्नेगरी सरकार अगाडि बढेको पनि बताए ।...
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता

गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा अमेरिकी राजदूत डिनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा सुभकामना दिएका छन्। नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरुले प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।...
देशको अहिलेको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली

देशको अहिलेको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन् । बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए । देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए । देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताए । देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको जानकारी दिए । समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहीँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो चाहीँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि । त्यसकारण देशको अवस्था राम्रो छैन’, उनले भने । उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा...