विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
१२, चैत काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरेको भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले जानकारी दिए । घिसिङ दोस्रो पटक २०७८ साउन २५ गते कार्यकारी निर्देशक नियुक्त भएको थियो ।
मन्त्री अधिकारीले मन्त्रीपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएपछि नयाँ कार्यकारी निर्देशकका रूपमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको जानकारी दिए । उनी लामो समयदेखि प्रसारण लाइनको गुरुयोजना, विद्युत् माग प्रक्षेपणका काममा सक्रिय थियो ।
गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गत...









