राजनीति

‘नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक छिट्टै पारित हुन्छ’

‘नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक छिट्टै पारित हुन्छ’

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२८, फागुन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा। विनोदप्रकाश सिंहले नागरिक उड्डयन प्राधिकरण ९क्यान० विभाजन विधेयक छिट्टै संसद्बाट पारित हुने हुने बताएका छन् । नेपाल एशोसिएशन अफ टूर मण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ६०औं वार्षिकोत्सवको मङ्गलबार उद्घाटन गर्दै उनले इयूको चासोको रुपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० विभाजन विधेयक छिट्टै संसदवाट पारित हुने र योसँगै नेपाल इयूको सुरक्षा सूचीबाट हट्ने जिकिर गरे । प्राधिकरण विभाजनसम्बन्धी विधेयक हालै सङ्घीय संसदमा पेस भएको छ । यसलाई संसद्को दुवै सदनले छलफल गरेर पारित गर्नुपर्ने हुन्छ । ‘नेपाललाई इयूको सुरक्षा सूचीबाट बाहिर निस्कने पहिलो सर्त भनेकै प्राधिकरणलाई विभाजन गरेर नियामक र सेवाप्रदायक बनाउने हो’, सचिव सिंहले भने, ‘यो विधेयक अहिले संसद्मा दर्ता भएको छ । यसमा पनि विभिन्न प्रतिक्रिया आइरहेका छन् ।’ ...
संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल

संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२७, फागुन काठमाडों । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तर व्यवस्थापिका मञ्च, नेपालको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो–‘सङ्घीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउने दायित्व अहिले तपाईंहरूको काँधमा रहेको छ ।’ राष्ट्रपति पौडेलले कतिपय महत्त्वपूर्ण कानुनहरू बन्न नसकेको र संसदमा जनताका जल्दाबल्दा समस्यामा छलफल हुनुपर्ने जति हुन नसकेको भनेर गुनासो आइरहेको सन्दर्भमा संसदको नेतृत्वकर्ताका हैसियतले यो अवस्थालाई हटाएर संसदलाई सार्वभौम जनताको आवाज मुखरित हुने थलोको रूपमा विकसित गर्न अग्रसरता र...
सर्वोच्चद्वारा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय बदर

सर्वोच्चद्वारा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय बदर

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो । त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् ।...
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, फागुन विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । कोशी प्रदेश सभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकताअनुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए । यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए । “हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुछ ।’’, प्र...
आज स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता

आज स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, फागुन काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।...
लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

लोकतन्त्रको विकल्प राजतन्त्र होइन : कमल थापा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, फागुन काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन् । ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन’ अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् । गत आइतबार पोखराबाट प्लेनमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन विमानस्थल आसपासमा र्‍याली निकालिएको थियो । पूर्वनिर्धारित आमसभा स्थगित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई महत्व दिएको थियो । आइतबारको र्‍यालीको उपस्थितिलाई लिएर कतिपय राजतन्त्र पक्षधरहरू उत्साही भएका छन् ।  ...
वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्वास्थ्य
२७, फागुन काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डा। दिलीप शर्मा नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा. शर्मालाई दुई वर्षका लागि वीर अस्पतालको निर्देशक नियुक्त गरेका हुन् । न्याम्सका उपकुलपति डा. भूपेन्द्र बस्नेतले सिफारिस गरेका डा. शर्मासहित डा. समाज गौतम र डा. अनुपमा कार्कीमध्ये शर्मालाई आजबाट निर्देशकको जिम्मेवारी दिएका हो । गत शुक्रबार मात्रै उपकुलपति प्रा.डा. बस्नेतले डा। शर्मा सहित डा। अनुपमा कार्की र डा। समाज गौतम गरी तीन जनाको नाम निर्देशक पदका लागि सिफारिस गरेका थिए । मन्त्री पौडेलले पहिलो नम्बरमा सिफारिसमा परेका डा। शर्मालाई निर्देशक बनाउने निर्णय गरेको हो । डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन्। डा। शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक...
पहिचान र स्वायत्त शासनसहितको संघीयता आवश्यक : अध्यक्ष भट्टराई

पहिचान र स्वायत्त शासनसहितको संघीयता आवश्यक : अध्यक्ष भट्टराई

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२७, फागुन काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पहिचानसहितको संघीयता आवश्यक भएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित पार्टीको बागमतीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष भट्टराईले भाषा, संस्कृति र भूगोल मिलेको ठाउँमा स्वायत्त शासनको व्यवस्था गर्नुपर्ने बताए । उनले भाषा र संस्कार सहितको संघीय शासन व्यवस्थाले सम्बन्धित समुदायको आत्मबल बढ्ने बताए । सबै समुदायले समानताको आधारमा आफ्नो पहिचान स्वीकार गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘जति बेलासम्म हाम्रो भाषा संस्कृति र पहिचान रहन्छ सबैले एकआपसको पहिचान स्वीकार गर्ने । पहिचानले हामी फरक छौँ तर हामी असमान होइनौँ । यही भन्नका निम्ति सबैको पहिचान स्वीकार गर्ने भन्या हो । होलो हेचो नगरी सबै बराबर हो भनेर मान्ने र सँगसँगै जसको भाषा, संस्कृति भूगोल मिलेको ठाउँ छ त्यो ...
जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ’ : प्रधानमन्त्री

जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ’ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२६, फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा आफूहरू नरहेको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आइतबार भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग भएको थियो।त्यसप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ । अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन।’उनले आफूहरू हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा रहेको पनि बताए । उनले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरूलाई आग्रह गरेका छन्।गैरसरकारी संस्था महासंघको ११ औँ महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै...
निर्वाचित हुँदैमा जनप्रतिनिधि नियमभन्दा माथि हुँदैन : उपप्रधानमन्त्री सिंह

निर्वाचित हुँदैमा जनप्रतिनिधि नियमभन्दा माथि हुँदैन : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, फागुन काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् । सोमबार निर्वाचन क्षेत्रमा एक मन्दिर शिलान्यास गर्दै उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताएका हुन् ।उनले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताए । निर्वाचित हुँदैमा विधि र कानुनभन्दा माथि कोही पनि हुँदैन । जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबीच कम्युनिकेशन सही रूपमा नहुँदा समस्या आउने गरेको छ । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’ त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने...