ताजा अपडेट

सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ : शंकर पोखरेल

सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ : शंकर पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, जेठ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन् । प्रेस चौतारी दाङ शाखाले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन नै निरन्तरता पाउने दाबी गरेका हुन् । साथै सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको उनले बताए । सत्ता साझेदार दलबिच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको पोखरेलले जिकिर गरे ।...
राष्ट्रिय सभाको बैठक बस्दै, पानीजहाज विधेयकको प्रतिवेदन पेश हुने

राष्ट्रिय सभाको बैठक बस्दै, पानीजहाज विधेयकको प्रतिवेदन पेश हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, जेठ काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक बुधवार बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोराको जानकारी अध्यक्ष नारायण दाहालले गर्ने कार्यसूची रहेको छ । त्यसपछि पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ । त्यस्तै बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय, विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल हुनेछ। साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नेछन् ।...
फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, जेठ काठमाडौं ।आज (बुधबार) एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।...
सबै क्षेत्रको समन्वयमा मात्रै विपद् जोखिम न्यूनीकरण गर्न सकिछ : गृहमन्त्री लेखक

सबै क्षेत्रको समन्वयमा मात्रै विपद् जोखिम न्यूनीकरण गर्न सकिछ : गृहमन्त्री लेखक

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा पर्वतारोहण, हिमाली क्षेत्रको उद्धार, जल तथा पदयात्रासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । हिजो सिंहदरवारमा भएको छलफलमा गृहमन्त्री लेखकले सरकारी, सुरक्षा, निजी क्षेत्रसँग भएको क्षमता, जनशक्ति तथा ज्ञान सीप जोडेर मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताए । गृह मन्त्रालयले सबै निकायबीच एकीकृत र समन्वयको अवधारणा लिएको उनले जानकारी दिए । छलफलमा नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज, हिमाली समुदाय जलवायु मैत्री सङ्गठन, हिमालयन उद्धार संघ नेपाल, पर्वतारोहण सञ्चालक संघ नेपाल, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र नेपाल पर्वतारोहण संघका पदाधिकारी एवं प्रतिनिधिको उपस्थिति थियो । छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी ई। दिनेश भट्टले सबै निकायको एक...
यस्तो छ आजको  विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ...
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको छ । कभर्डहलको आवश्यक मर्मतलगायत काम अन्तिम चरणमा पुगेको अध्यक्ष चन्दले बताए । खेल स्तरमा सुधार ल्याउन सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको उनले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, क...
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, जेठ काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक आज बस्न लागेको हो । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक०,२०८० सम्बन्धमा विषयविज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ । बिहान साढे ७ बजेका लागि बोलाइएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुईवटा उपसमितिले तयार पारेका प्रतिवेदन समितिसमक्ष पेस गर्ने कार्यसूची छ । बिहान साढे ८ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल गर्ने कार्यसूची छ भने दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उ...
आजको मौसम : ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
७, जेठ काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसक विज्ञान विभागले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चि...
नेत्रलाललाई साक्षी राखेर पार्टीलाई जनजागरणमा जोड्नुपर्छ : महासचिव पोखरेल

नेत्रलाललाई साक्षी राखेर पार्टीलाई जनजागरणमा जोड्नुपर्छ : महासचिव पोखरेल

ताजा अपडेट, राजनीति, समाचार
६, जेठ काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सहिद नेत्रलाल अभागीलाई साक्षी राखेर पार्टीलाई जनजागरण अभियानमा जोड्नुपर्ने बताएका छन् । एमाले जिल्ला कमिटी दाङले आयोजना गरेको नेत्रलाल अभागी पौडेलको ४१ औँ स्मृति कार्यक्रमलाई तुलसीपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले पश्चिम नेपालको कम्युनिस्ट आन्दोलनलाई विस्तार गर्नका लागि अभागीको महत्त्वपूर्ण योगदान रहेको बताएका हुन्। महासचिव पोखरेलले भने, ‘एमालेलाई फेरि जनतामाझ लैजानका लागि, नेत्रलाल अभागीकै, विचारबाट डोर्‍याउने बेला आएको छ।’ अभागीको आधारभूत वर्ग प्रेमबाट अहिलेका नेता र कार्यकर्ताले प्रेरणा लिनुपर्ने उनको भनाइ छ। एमाले दाङ जिल्ला कमिटी अध्यक्ष शिवकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालबाटै धारणा बनाउने र पठन संस्कृतिको कमी भइरहेको बेला अभागीको जीवनीबाट...
सर्वसाधारणको स्वास्थ्य उपचार महँगो भयो : सांसद कुँवर

सर्वसाधारणको स्वास्थ्य उपचार महँगो भयो : सांसद कुँवर

ताजा अपडेट, राजनीति, समाचार
६, जेठ काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कुँवरले भने, ‘सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको छ ।’ सांसद कुँवरले राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति एवं जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको टिप्पणी गरे । ‘राष्ट्रको लागि महत्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति र पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको छ,’ उनले भने, ‘पटक(पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्व सांसद गोविन्दनाथ उप्रेती लामो समयदेखि सिकिस्त बिरामी भई अस्पतालमा हुनुहुन्छ । उहाँको उपचारका लागि सरकारसँग माग गर्दछु ।’कुँवरले वर्षायामसँगै हावाहुरीबाट देशका विभिन्न स्...