विद्यालय खाजामा लगानी बढाउन माग
११, फागुन काठमाडौं । बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले माग गरेका छन् ।
आज आयोजित ‘स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय परामर्श’ कार्यक्रममा सरोकार भएकाहरूले यस्तो माग गरेका हुन् ।
विद्यालय उमेरका बालबालिकाका लागि पोषण अति आवश्यक भएको र यसले बालबालिकाको विद्यालयमा पहुँच विस्तार र सिकाई स्तर वृद्धिको आधार निर्माण गर्ने भन्दै यसमा जोड दिनुपर्ने उनीहरूको भनाइ थियो ।
“पोषणयुक्त खाजाले स्वस्थ शरीर र भोकरहित वातावरण निर्माण गर्छ, जसले शिक्षण सिकाइ र विद्यालयमा पहुँच विस्तारसमेत निकै टेवा पुग्छ । साथै स्वास्थ्य मानव पुँजी तयार गरी राष्ट्रको अर्थतन्त्रमा सहयोग पुग्ने हुँदा विद्यालयमा पोषणयुक्त खाजाका लागि लगानी बढाउन आवश्यक छ”, वक्ताहरूले भने ।
शिक्षा, विज्ञान तथा प्रविधि ...








