ताजा अपडेट

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, मंसिर काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, मंसिर काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० र विविध सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ यस्तै, दिउँसो १ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।...
‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१९, मंसिर काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकास र लगानी विस्तारका लागि अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रमलाई थप परिस्कृत गरेर अगाडि बढाउने भएको छ । कूल चार हजार पाँच सय मेगावाट क्षमताका २२ आयोजनालाई सो कार्यक्रममा समावेश गरिएको छ । आम नागरिकलाई जलविद्युत् आयोजनामा बढीभन्दा बढी लगानीको अवसर प्रदान गर्ने, विपन्न र कमजोर आर्थिक अवस्थाका नागरिकलाई पनि लगानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ ‘जनताको जलविद्युत् कार्यक्रम’ को दोस्रो संशोधन गरिएको छ । यसअघि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले सो कार्यक्रम अगाडि सारेका थिए । कार्यक्रमअनुसार, जलविद्युत्मा आयोजनामा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विपन्न नागरिकलाई विना धितो सहुलियत दरमा कर्जाको व्यवस्था गरिने जनाइएको छ । सो कार्यक्रमअन्तर्गत चार सय ८२ मेगावाट क्षमताको अरुण किमाथाङ्का, एक हजार ६३ मेगावाट क्षमताको माथिल्...

प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, मंसिर काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने छन् । प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए। सोही दिन उनले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए ।...
आजको मौसम : मुख्यतया सफा

आजको मौसम : मुख्यतया सफा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१९, मंसिर काठमाडों । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेकोले देशको कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भ-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राती कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहेपनि अन्य भागको मौसम मुख्यतया सफा रहने जनाइएको छ । अहिले पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् ।  २४ घण्टाको अन्तरालमा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आंशिक असर पर्नसक्ने बताइएको छ । जसका लागि आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् ।...
सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह

सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८,रौतहट मङ्सिर । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताएका छन् । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले मङ्गलबार रौतहटमा चलिरहेको पञ्चवर्षीय गढीमाई मेला महोत्सवमा सहभागी हुने क्रममा यस्तो बताए हो । नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय राष्ट्र भए पनि समाजमा आपसी सद्भाव सुदृढ रहेको र त्यसमा पुर्खाहरूको ठुलो योगदान रहेको सिंहको भनाइ थियो । आ–आफ्नो धर्मसंस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न सबैले मिलेर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए ।...
१७.८० अंकले बढ्यो सेयर बजार

१७.८० अंकले बढ्यो सेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१८, मंसिर काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १७.८० अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७७५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ५४ करोडको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भयो । १४२ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने ५ को स्थिर रह्यो । फाइनान्स १.३९, हाइड्रोपावर १.८५, जीवन बीमा १.५२, उत्पादन ०.०६, व्यापार ५.९६ र अन्य समूह ०.२७ प्रतिशत बढे । बैंकिङ ०.१९, विकास बैंक ०.३७, होटेल तथा पर्यटन १.७१, लगानी ०.४१, माइक्रोफाइनान्स ०.३२ तथा निर्जीवन बीमा समूह ०.५२ प्रतिशत घटे । ४ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । ङादी ग्रुप पावरको ८.६, शिवश्री हाइड्रोको ८.१ तथा छ्याङ्दी हाइड्रोको ७.३ प्रतिशत मूल्य बढ्यो । अघि...
काठमाडौँ–१६ मा रास्वपाबाट निर्वाचित रोजिनालाई बालेनले शपथ गराए

काठमाडौँ–१६ मा रास्वपाबाट निर्वाचित रोजिनालाई बालेनले शपथ गराए

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्वास्थ्य
१८, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शपथ गराएका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो ।...
बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१८, मंसिर काठमाडौं । बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला रहेका छन्। बीबीसीले पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० महिलाको सूची तयार पारेको जनाएको छ। बीबीसीको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म छन्। सूचीमा पर्यावरण क्षेत्रमा सक्रिय नेपालकी दिगो विकास उद्यमी शिलशिला आचार्यसमेत छिन्। त्यस्तै भारतमा बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय पूजा शर्मा, सामाजिक कार्यकर्ता अरुणा रोय र कुस्ती खेलाडी विनेश फोगाट पनि उक्त सूचीमा परेका छन्। शिलशिला आ...
प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, मंसिर बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरूको स्मारकमा पुष्पहार अर्पण गरेका हुन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ आइपुगेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।...