ताजा अपडेट

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, मंसिर बेइजिङ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरे । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २:३० बजे काठमाडौँ पुग्ने कार्यक्रम रहेको छ ।...
आइतबार र सोमबार वर्षाको सम्भावना

आइतबार र सोमबार वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२०, मंसिर काठमाडौं । यो वर्षको हिउँदको पहिलो वर्षा आगामी आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षापछि जाडो पनि अहिलेको तुलनामा बढ्ने छ । यो वर्षाको असर पूर्व र मध्यको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पश्चिमको तुलनामा कम प्रभाव हुने छ । पानी परिहाले पनि हल्का खालको मात्र हुने सम्भावना छ । काठमाडौं लगायत मध्य र पूर्वी भेगमा भने बादल लाग्ने र जाडो बढी हुने पूर्वानुमान छ ।...
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । यही मंसिर १७ गते बेएजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौताहरु भएका छन् । नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।...
नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छ : प्रधानमन्त्री ओली

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छ : प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, मंसिर बेइजिङ । चीनको औचापरिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी) को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उनले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख गरे । “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लगानीका लागि सहजीकरण गर्छौ, लगानीको सुरक्षा गर्न प्रतिबद्ध छौँ”, प्रधानमन्त्री ओलीले भने । उनले चिनियाँ लगानीकर्तालाई प्राकृतिक रुपमा सुन्दर मुलुक नेपालको भ्रमण गर्न आग्रह गर्दै विभिन्न क्षेत्रमा लगानी गर्न आह्वान गरे ।...
नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, मंसिर काठमाडौं । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि भोलिपल्ट भने हस्ताक्षर भएको हो। प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने काँग्रेस र एमालेबीच समझदारी भएको थियो।...
नेपाल र चीन प्राचीन ज्ञानका भूमि : प्रधानमन्त्री ओली

नेपाल र चीन प्राचीन ज्ञानका भूमि : प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१९, मंसिर बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गरे । “विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्त्व हाम्रो समाजको अडिग आधार हुन्”, उनले भने, “ती सभ्यताहरू अझै पनि हाम्रो आधुनिकताका यात्रामा गुन्जिएका छन् ।” प्रधानमन्त्री ओलीले आफूले युवा अवस्थामै पेकिङ विश्वविद्यालयबारे पढेको स्मरण गरे ।सन् १९१९ मा विश्वविद्यालयमा साम्राज्यवाद र सामन्तवाद विरोधी चौथो आन्दोलन सुरु भएको उल्लेख गदै उनले उक्त आन्दोलन आधुनिक चीनको इतिहासमा महत्त्वपूर्ण मोड भएको आफूले पाएको बताए । उनले लोकतन्त्र र जनताको खुसीका लागि आफ्नो खोज कठिनाइ र अवर...
सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१९, मंसिर काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ६५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

जीवनशैली, ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
१९, मंसिर काठमाडों । जाडोमा छाला सुक्खा हुने, फुट्ने, घाउ हुने सम्भावना बढी रहन्छ । छाला का यी समस्याबाट बच्न छालाको हेरविचार गर्नु पर्ने आवश्यक हुन्छ । जाडो महिना भ्यास्लिन अथवा कुनै पनि तेल भएको मोइस्चराइजेर छालामा लगाईराख्ने । तेल भएका मोइस्चराइजेरले छालामा तेलको पत्र बनाई छालामा पानीको मात्रा बनाई राख्छ । अल्कोहल र पानी भएका मोइस्चराइजेर लगाउनु हुन्न । यिनीहरुले छाला झन् सुक्खा बनाउने गर्दछन् ।जाडो याममा मनतातो पानीले थोरै समय लगाएर नुहाउने र नुहाउने बेला मा धेरै तातो पानीले लामो समय लगाएर ननुहाउने । धेरै तातो पानीले छालामा भएका प्राकृतिक तेलहरु लाई नाश गर्दछ र तेलको मात्रा घटाई छालालाई थप सुक्खा बनाउँछ । धेरैै मानिसहरु जाडोमा न्यानो रहनको लागि घण्टौ घाम ताप्छन् । लामो समय घाम ताप्नाले घामले छाला ढड्न गइ चायाँ पोतो समेत आउन सक्छ।यी जोखिमवाट बच्न जाडोमा धेरे बेर घाम नताप्ने, घाम ...
शौचालयमा लडेर युवकको मृत्यु

शौचालयमा लडेर युवकको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१९, मंसिर मकवानपुर । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी श्यामु अर्यालले बताए ।
उपनिर्वाचनको नतिजा निराशाजनक छैन, तर समीक्षा गर्छौँ : ईश्वर पोखरेल

उपनिर्वाचनको नतिजा निराशाजनक छैन, तर समीक्षा गर्छौँ : ईश्वर पोखरेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, मंसिर काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने बताएका छन् । उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने उनले बताए । उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताए । उनले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको भन्दै आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति भने समीक्षा गर्ने बताए । काठमाडौँको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको उनले दाबी गरे ।...