ताजा अपडेट

जलवायु परिवर्तनले गरिबी र सामाजिक असमानतालाई फराकिलो बनायो : पूर्वराष्ट्रपति भण्डारी

जलवायु परिवर्तनले गरिबी र सामाजिक असमानतालाई फराकिलो बनायो : पूर्वराष्ट्रपति भण्डारी

ताजा अपडेट, राजनीति, समाचार
२०, मंसिर काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएकी छन् । बिहीबार त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठुलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको उल्लेख गरिन् । उनले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताइन् । उनले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्न अनुकूलन क्षमता वृद्धि गर्न आवश्यक रहेको बताइन् । उनले अनुकूलन क्षमता वृद्धिको लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख ग...
सञ्चारकर्मीलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो : महासङ्घ

सञ्चारकर्मीलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो : महासङ्घ

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२०, मंसिर काठमाडौं । नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासङ्घका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धम्की दिएका थिए ।“समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ । यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो”, महासङ्घका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  ...
१८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

१८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२०, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्। चीन भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । आज चीन भ्रमणबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो भनेर सोधेका थिए । सो प्रश्नको जवाफ दिने क्रममा ओलीले १८ महिना आफूले सरकार चलाउने बताउँदै भने, ‘त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ ।’उनले आफूहरुबीच चुनावसम्मको मात्र सहमति भएको बताए । चुनावमा बहुमत ल्याउन कोसिस गर्ने र बहुमत नआए सरकार गठनका अरु विकल्पमा जाने ओलीको भनाइ छ ।  ...
नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ : बाबुराम भट्टराई

नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ : बाबुराम भट्टराई

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, मंसिर काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन् । बिहीबार आर्कविल्ड एक्स्पो–२०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरू, प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिव देशले ब्रेन डे«न अर्थात् बौद्धिक पलायनको गम्भीर समस्याहरू भोग्नुपरिरहेको अवस्था छ । ’आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगतिमात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रुपमा नभई अभियानको रुपमा अंगाल्नुपर्ने उनले बताए । अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकुल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने पनि ...
इतिहासकार राणाको निधन

इतिहासकार राणाको निधन

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२०, मंसिर काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो । उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।...
जनकपुरको लगातार तेस्रो जित

जनकपुरको लगातार तेस्रो जित

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
२०, मंसिर काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो ।यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो । पाखराको यो लगातार दोस्रो हार हो । पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । जितका लागि एक सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १७।१ ओभरका तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।जनकपुरका लागि श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले ४५ रन बनाए । लयमा रहनुभएका मिलान्थाले ३२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएको हो ।...
स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा दिन आवेदन माग

स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा दिन आवेदन माग

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
२०, मंसिर काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीहरूलाई मौका परीक्षा दिन आवेदन माग गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय,बल्खुले आज एक सूचना जारी गर्दै स्नातक तहमा पहिलो दोस्रो तेस्रो वर्ष सबै विषय पास भएको तर नियमित चौथो वर्षमा २ विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीहरूको लागि मौका परीक्षा दिन आवेदन माग गरेको हो । स्नातक तह चौथो वर्षको नतिजामा दुई वटा विषयमा अनुत्तीर्ण विद्यार्थीहरूले पूरक परीक्षाको लागि मंसिर २६ गतेसम्म परीक्षा फारम भर्न सक्ने छन्।...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२०, मंसिर काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध

पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध

ताजा अपडेट, राजनीति, समाचार
२०, मंसिर कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गरेका छन् । नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकासँग बुधबार भएको भेटमा उनले पूर्वाधारको अभावमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले अपेक्षित प्रगति गर्न नसकेकाले विकासका साझेदारहरूको प्राथमिकता भौतिक पूर्वाधार पनि हुनुपर्नेमा जोड दिए । आवासीय प्रतिनिधि योकोसुदाले मुख्यमन्त्रीले प्रस्तुत गरेको सुझावप्रति सकारात्मक जवाफ दिएका थिए ।...
शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
२०, मंसिर काठमाडौं। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।