ताजा अपडेट

न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ : प्रधान न्यायाधीश राउत

न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ : प्रधान न्यायाधीश राउत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२१, मंसिर काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् । सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेसी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन पेसी व्यवस्थापनमा गोला प्रणाली अवलम्बन गरिएको बताए। “न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन जरुरी छ, गोला प्रणालीको प्रयोगपछि यसले पूर्णता पाएको छ”, प्रधानन्यायाधीश राउतले भने, “हरेक दिन गोला प्रणालीले गर्दा इजलासमा आउने नयाँ विषयका विषयमा पनि छलफल गरिन्छ, समस्या देखिए कानुनी बाटो खोजेर सल्टाउने काम गरिन्छ ।” उनले इजलासमा हरेक दिन केही नयाँ विषय आउने गरेको र पुराना मुद्दाका साथै धेरै मुद्दाको आदेश वा फैसला गरेका विषयमा पनि छलफल हुने गरेको जानकारी गराए । सर्वोच्च अदालतमा ...
मंसिर २३ गतेबाट निर्वाचन आयोगले मतदाता नामावली दर्ताको काम सुरु गर्ने

मंसिर २३ गतेबाट निर्वाचन आयोगले मतदाता नामावली दर्ताको काम सुरु गर्ने

ताजा अपडेट, राजनीति, समाचार
२१, मंसिर काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने बताएकी छिन् । अयसअघि गत मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो । निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ । आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।    ...
नेपालमा ३ विषादी प्रतिबन्ध

नेपालमा ३ विषादी प्रतिबन्ध

ताजा अपडेट, वातावरण, समाचार
२१ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३ वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २ कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको हो ।सूचना अनुसार ‘पाराक्वाटरपाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको हो । यस्तै ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको हो । जीवनाशक विषादी व्यवस्थापन समितिले २५ असारमा पाराक्वाटरपाराडाइक्लोराइड झारपातनाशक विषादी र क्लोरोपाइरिफस कीटनाशक विषादी प्रतिबन्ध गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । यस्तै फोरेट कीटनाशक विषादी ३० कात्तिकमा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो यी विषादी अब उत्पादन, संश्लेषण, निकासी र पैठारीमा प्रतिबन्ध हुनेछ । मन्त्रालयका अनुसार सूचना प्रकाशन हुनुअघि नेपालमा पैठारी भएका विषादी खपत गर्न दुई वर्षको समयावधि तोकिएको...
राज्य व्यवस्था समितिले निजामती विधेयक अघि बढाउँदै

राज्य व्यवस्था समितिले निजामती विधेयक अघि बढाउँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२१, मंसिर काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमाथि छलफल अगाडि बढाउने भएको छ । समितिले ‘सङ्‌घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आइतबार दिउँसो १ बजे छलफल राखेको छ । निजामती विधेयकमाथि छलफल अगाडि बढाउने तय भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।यो विधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । संघीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरूले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन परेको छ । २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो ।...
सुनको मूल्य घट्यो, आज कतिमा कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२१, मंसिर काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँमा आइपुगेको हो । बिहीबार यस्तो मूल्य १ लाख ५० हजार ७०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ ।बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।...
नेपाल आइपुगे भुटानी राजा जिग्मे

नेपाल आइपुगे भुटानी राजा जिग्मे

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, मंसिर काठमाडौं । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक काठमाडौँ आइपुगेका छन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गरेका राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्दै छन् । प्रहरी स्रोतका अनुसार उनले आज स्वयम्भूको दर्शनका लागि जाने छन् । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ । दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएका छ । भुटानी राजाको सुरक्षा तथा अन्य सेवा सुविधाको व्यवस्था नेपाल सरकारले गरेको बताइएको छ । भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था बुधबारदेखि कडा बनाइएको छ ।...
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

ताजा अपडेट, वातावरण, समाचार
२१, मंसिर कास्की । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए । आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ ।...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१, मंसिर काठमाडौं । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ बारे छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
भुटानी राजा जिग्मे आज काठमाडौँ आउँदै

भुटानी राजा जिग्मे आज काठमाडौँ आउँदै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
२१, मंसिर काठमाडौं । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँ आउने भएका छन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका हुन्। चार–पाँच घण्टाको सो ट्रान्जिटका अवसरमा राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्ने बताइएको छ । प्रहरी स्रोतका अनुसार बिहान ९स्५० बजेतिर नेपाल आइपुग्ने राजा सिग्मे एयरपोर्टबाट सिधै स्वयम्भूको दर्शनका लागि जाने बताइएको छ । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ ।...
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव

विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२१, मंसिर काठमार्डौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका छन् । विवाह पञ्चमीको सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै विभिन्न जाति र समुदायका मानिस सामूहिक रूपमा एकसाथ मिलेर ‘विवाह पञ्चमी’ पर्व मनाउनुले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरे । विवाह पञ्चमीले भगवान् श्रीराम र माता सीताको दिव्य विवाहको सम्झना गराउँदै प्रेम, आदर, सदाचार, सत्कार, विश्वास र सद्भावको भावनालाई उजागर र अनुशरण गर्नमा सहयोग पुग्ने विश्वास छ । परापूर्वकालदेखि यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व एवं उपादेयता रहँदै आएको छ । विवाह पञ्चमी मनाउने परम्परा, विधि, विधान र अनुष्ठान मौलिक छन् ।...