स्थानीय तह उपनिर्वाचनको मतदान सुरु
१६ मंसिर, काठमाडौं । विविध कारणले रिक्त पदमा जनप्रतिनिधि चुन्नका लागि मतदान सुरु भएको छ ।आज मंसिर १६ गते बिहान ७ बजेदेखि सुरु भएको मतदान भरे साँझ ५ बजे सम्पन्न हुने छ ।
नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि आज उपनिर्वाचन भएको हो।कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष भने यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख,जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका,हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पद,ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरप...








